स्ववियु निर्वाचनमा राजावादी संगठनसंग तालमेल हुदैन – अखिल छैठौं


काठमाण्डौ, माघ २२ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्दार्थी अखिल (छैठौं) ले स्ववियु निर्वाचनमा राजावादी विद्दार्थी संगठनसंग द्विपक्षीय तालमेल नगर्ने भएको छ ।
अखिल छैठौंले गणतन्त्रवादी र प्रगतिशील विद्यार्थी शक्तिसंग तालमेल गर्ने छैठौंका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवरले बताएका छन् ।
२०७९ माघ २० र २१ गते काठमाडौँको कीर्तिपुरमा बसेको अखिल (छैठौं) को केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकपछि माघ २२ गते अध्यक्ष देवेन्द्र कुंवरद्वारा जारी प्रेसविज्ञप्तिमा जारी गरी जानकारी दिइएको छ ।
त्यस्तै, स्ववियु निर्वाचनमा “आत्मनिर्भर, प्रविधिमैत्री, सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षा हाम्रो अभियान – शैक्षिक भ्रष्टीकरण र व्यापारीकरणका विरुद्ध अखिल (छैठौं) लाई मतदान नाराका साथ अखिल (छैठौं) सहभागी हुने छ । त्यसका लागि अध्यक्ष देवेन्द्र कुंवरको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।
शिक्षामन्त्री शिशिर खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएकोमा संगठनले विरोध गरेको छ ।
त्यसैगरी, एम.बी.बी.एस. र बी.डी.एस. दोस्रो वर्षमा अध्यनरत विद्यार्थीसँग गत भदौ ३१ गते आई.ओ.एम. संग भएको सहमति कार्यान्वयन गर्न अखिल (छैठौं) ले माग गरेको छ ।
त्यस्तै, प्रेसविज्ञप्तिमा संगठनसम्बन्धी आन्तरिक र प्रकाशन सम्बन्धी निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रेसविज्ञप्तीको पूर्णपाठ
हाम्रो संगठनको पांचौँ पूर्ण बैठक यही २०७९ माघ २० र २१ गते अध्यक्ष देवेन्द्र कुंवरको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौँमा सम्पन्न भयो । बैठकले गरेका निर्णय सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।
१. बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देशको समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसै गरी, संठनका पूर्व केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले स्ववियु निर्वाचन र विद्यार्थी आन्दोलनको विषयमा समेत प्रशिक्षण दिएका थिए ।
२. त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनका लागि मिति घोषणा गरेकोप्रति हाम्रो संगठन हार्दिक स्वागत गर्दछ । हामीले निर्वाचन निष्पक्ष, स्वच्छ, भय रहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न त्रिवि र सम्पूर्ण विद्यार्थी संगठनसंग समेत अपिल गर्दछौ ।
स्ववियु निर्वाचन सम्बन्धी निम्नबमोजिम निर्णय भएका छन् ः
क) स्ववियु निर्वाचनमा हाम्रो संगठन एकल वा संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन सक्ने छ तर संयुक्त रूपमा जाँदा गणतन्त्रवादी र प्रगतिशील शक्तिसँग मात्र तालमेल गर्न सकिने छ । खास गरी राजतन्त्रवादी शक्तिसँग हाम्रो द्विपक्षीय तालमेल हुने छैन ।
ख) निर्वाचनको लागि वार्ता र सहकार्य गर्न अध्यक्ष देवेन्द्र कुँवरको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति निर्माण गरिएको छ† जसको सदस्यहरूमा गणेश अधिकारी, नवीन पाण्डे, सुवाश जिसी, सरोजमान सिंह, पुरन पोख्रेल र हेमराज भट्ट रहनुभएको छ ।
ग) स्ववियु निर्वाचनमा हाम्रो संगठन आत्मनिर्भर, प्रविधि मैत्री, सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षा हाम्रो अभियान ः शैक्षिक भ्रष्टीकरण र व्यापारीकरणका विरुद्ध अखिल (छैठौं) लाई मतदान” भन्ने मूल नाराका साथ सहभागी हुने छ ।
२. वर्तमान सरकारका शिक्षामन्त्री शिशिर खनालले कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेकोप्रति हाम्रो संठनको गम्भीर ध्यानाकर्षण भएको छ । जनक शिक्षा सामाग्री केन्द्र जस्तो पुरानो सार्वजनिक संस्थालाई डुबाउने र कमिसनका लागि निजी क्षेत्रलाई पाठ्यपुस्तक प्रकाशन गर्न दिने कार्यको हाम्रो संगठन विरोध गर्दछ र तुरुन्त जनक शिक्षालाई पुस्तक प्रकाशनमा सबल र सक्षम बनाई समयमै पाठ्यपुस्तक विद्यार्थीमाझ पु¥याउन सरकारसमक्ष जोडदार माग गर्दछौ ।
३. चिकित्सा शिक्षा सुधार संघर्र्ष समितिले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ ।
एम.बी.बी.एस. र बी.डी.एस. दोस्रो वर्षमा अध्यनरत विद्यार्थीसँग गत भदौ ३१ मा भएको दुई बुँदे सहमति कार्यान्वयन गर्नुको साटो आनाकानी गर्ने आइओएमको रवैयाको आलोचना गर्दै हामीले संघर्र्ष समितिको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछौ ।
४. संठन सम्बन्धमा निम्न निर्णयहरू भएका छन् ः
क) स्ववियु निर्वाचन तयारीका लागि सबै प्रदेशका बैठक माघ मसान्तसम्म र जिल्लाका बैठक फागुन १० गतेसम्म बस्ने निर्णय भएको छ ।
ख) बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी केन्द्रीय कार्यालयलाई दिने र गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी गणेश अधिकारीलाई दिने निर्णय भएको छ ।
ग) संठनमा लामो समयदेखि निष्क्रिय तथा अन्य मोर्चामा जिम्मेवारीमा रहनुभएका साथीलाई विगतमा गरेका काम र संगठनमा गरेको योगदानको उच्च सम्मानसहित बिदाइ गरी रिक्त हुन आएका पदमा पदपूर्ति गर्ने निर्णय गरियो† जसअनुसार केन्द्रीय सचिव इन्द्रमणि पाण्डे, कोषाध्यक्ष प्रतिभा आचार्य, सचिवालय सदस्य भीमराज जोशी, केन्द्रीय सदस्यहरू नमराज चन्द, टङ्क अवस्थी, विमला सापकोटा, लक्ष्मण विक, वैकल्पिक केन्द्रीय सदस्यहरू कर्म जोशी, तिर्सना श्रीनेत र टेकराज भुसाललाई बिदाई गर्ने निर्णय भयो ।
यसरी रिक्त भएको सचिव पदमा सचिवालय सदस्य पुरन पोखरेल, कोषाध्यक्ष पदमा सचिवालय सदस्य हेमराज भट्ट र रिक्त सचिवालय सदस्यमा विवेक जीसी, खगेन्द्र विष्ट र देवेन्द्र पौडेललाई जिम्मा दिइएको छ ।
त्यसैगरी रिक्त हुन आउने केन्द्रीय सदस्यमा वैकल्पिक सदस्य सन्ध्या भट्टराई, सरिता पुन (दाङ), विमल खरेल (रुपन्देही), महेश शर्मा (सुर्खेत), लेनिन रेग्मी (दैलेख), अजय विक (कैलाली), पवन विष्ट (डडेल्धुरा) लाई चयन गरिएको छ । त्यसैगरी रिक्त वैकल्पिक सदस्यहरूमा कृष्ण वाग्ले (काठमाडौं), अमिर बासकोटा (झापा), विवेक गुप्ता (भक्तपुर) र पूजा बेलवासे (काठमाडौँ) लाई पदपूर्ति गर्ने निर्णय गरिएको छ ।
४. फागुन १५ गतेसम्म केन्द्रीय कार्यालय र बाग्मती प्रदेशको संयोजनमा केन्द्रीय प्रकाशन सहयोद्धा प्रकाशन गर्ने निर्णय भएको छ ।
साथै अन्य प्रदेशले आआफ्नो प्रदेशको मुखपत्र प्रकाशन गर्ने निर्णय गरियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










