पहाडी र हिमाली क्षेत्रमा मनाईयो होली पर्व, पाल्पामा फागु नांच


बुटवल, फागुन २२ गते । रङैरङहरुको होली पर्व सोमबार पहाड र मिाली षेत्रमा मनाईउको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व पहाड र तराई क्षेत्रमा फरकफरक दिन हर्षोउल्लासका साथ मनाईन्छ । आज र भोली दुईदिन होली पर्व मनाईदै छ ।
आज फागुन शुक्ल पूर्णिमाका दिन पहाड र हिमाली क्षेत्रमा फागु खेल्दै रङ लगाएर होली पर्व मनाईदै छ । तराई क्षेत्रमा भने भोली मंगलबार मनाईदै छ । वसन्त ऋतुको आगमनसंगै मनाईने फागु पूर्णिमालाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा लिने गरिन्छ । विशेष गरी युवा युवतीहरु माझ रङ लगाउने र पानी छ्याप्दै खुसी साटासाट गरेर मनाईने फागु पूर्णिमा पहाडी क्षेत्रमा फागु गाएर पनि मनाईने गरिन्छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउंदा होलिका भष्म भएपनि भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसंग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने र चिर जलाउने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा आफै मारिएको र उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

————
पाल्पामा फागु नाच
पाल्पा, फागुन २२ गते । पाल्पाको तानसेनमा परम्परागत फागु नाच नाचिएको छ । तानसेन बजारमा बुढापाका, युवा, वालवालिका र महिलाहरु रंगको होली खेल्दै घरघरमा पुगेर परम्परागत फागु नाच देखाएका हुन् । ग्रामिण वस्ती बौघागुम्वाको टोलीले फागु पूर्णिमा होलीको अवशरमा तानसेनमा परम्परागत फागु नाच देखाएको हो ।
फागु पूर्णिमा भन्दा एक हप्ता अगाडीदेखि नै गाउंघरमा अविरको रंग खेल्दै रामायण, कृष्ण चरित्र गाउदै ढोलक, टेम्को,मादल खैजरु, मझुरा बजाउदै परम्परागत फागु नाच नाच्ने प्रचलन दिनहु हराउदै गएपनि पाल्पाका केही स्थानमा भने यो परम्परा अझै कायम छ ।

पाल्पाको भैरव मन्दिरको वरीपरि क्षेत्र, ख्याहा, सोमादी र तानसेनका केही ग्रामिण स्थानमा परम्परागत फागु नाच अझै छ । फागु नाचमा रंग अविर खेल्दै रामायण, कृष्ण चरित्र, गोपीनीहरुको रस लिला, श्रृङ्गारीक रसका भाव प्रयोगले बुढापाकादेखि युवायुवती वालवालिकाहरु रमाईलो गर्ने प्रचलन छ ।
गाउंघरमा हराउंदै गएको फागु संस्कृती नयां पुस्तालाई देखाउनु पर्ने बताउनुहुन्छ लोकबहादुर लम्तरी । बुढापाका र नयां पुस्ताका वालबालिकालाई समेटेर लोकबहादुरले बौघागुम्वा फागु समुह बनाई फागु संस्कृती जर्गेना अभियानामा लाग्नु भएको छ । फागु संस्कृति जर्गेना अभियानको फागु नांचमा युवा पुस्ताको बाक्लो सहभागी गराईएको थियो । अहिलेको पुस्ता मोवाईल टिभी, सामाजिक सञ्जालमा मात्र केन्द्रित रहेकाले फागु संस्कृतिको देखाउन गाउंबाट शहरमा आएको सन्तोष लम्तरीले बताए ।
परम्परागत फागु नांचको संस्कृति जोगाउने उद्वेश्यले तानसेनमा फागु नांच प्रदर्शन गरिएको हो ।
—————-
फागु पूर्णिमाको सबैभन्दा सुन्दर पक्ष एकआपसमा रङ दलेर सद्भाव साटासाट गर्नु नै हो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवांबाट शीतकालका अनेकौ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंदै आएको छ ।
होलीको अवसरमा आज पहाडी क्षेत्रमा सार्वजनिक विदा दिईएको छ । तराईमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । साही अनुरुप तराई क्षेत्रमा भोली मंगलबार सार्वजनिक विदा दिईन्छ । बजारमा होलीको लागि रङ विक्री गर्ने र खरिदको चहलपहल बढेको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










