मरेपनि बांचीरहने विशाल बा

श्यामलाल पोखरेल
जन्मपछि मृत्यु अनिवार्य छ । यो धुर्वसत्य हो । मानिसको जन्मपछि मृत्यु । तर मानिसको मरण फरक–फरक हुन्छ । कसैको मरण सारै गहै पहाडै भत्के जस्तो भान हुन्छ, भने कसैको भुवा उडे जस्तै भान हुन्छ ।
जुन मानिसले समाजमा सामाजिक, राजनीतिक, सेवा तथा विकास, धर्म र अन्य क्षेत्रमा काम गरेर समाजको अगुवाई गरेको हुन्छ । त्यस्ता मानिसको मरण अली बढी गहै हुन्छ । कोही सामान्य खालको हुन्छ, त्यस्तो मानिसको मरण अली बढी हल्का हुने गर्दछ ।
जसले समाजलाई केही दिएर मृत्यु भएको हुन्छ । त्यो मानिस मरेर पनि बांचीरहेको भान हुन्छ । किनकी उसले समाजमा आफ्ना थुप्रै काम तथा कृति छोडेर गएको हुन्छ । जुन समाज र बांचेका मानिसलाई काम लाग्ने हुनछन् ।
केही दिन अघि अर्थात यही २०७९ फागुन २४ गते हामी धेरैका अभिभावक र मेरो जीवनको असल एक अभिभावक पदमहादुर जीसीको ७३ वर्षको उमेरमा निधन भयो ।
सहयोगी भावनाका ब्यक्तित्व पदमबहादुर जीसी । प्यूठानको साविक ओखरकोट गाविसको ओखरकोटमा आमा मोतीकुमारी जीसी र बुवा यमबहादुर जीसीको कोषबाट २००७ साल माघ १४ गते जन्म भएको थियो पदमबहादुर जीसीको ।

साविक प्यूठानको ओखरकोट गाविस र हाल झिमरुक गाउंपालिका ५ मा २००७ साल माघ १४ गते जन्मनु भएका हाल बुटवल ६ चांदवारी (चन्द्रनगर) निवासी स्व. पदमबहादुर जीसीले राजनीतिक र सामाजिक सेवामा ठूलै योगदान पुराउनु भएको थियो ।
जसले गर्दा उहांको मरण सारै दुख्दायी, पहाड जस्तो गरुङो बनेको छ । किनकी उहांले समाजलाई धेरै चिज छोडेर जानुभएको छ । उहांले देखाएको असल मार्गचित्र, उहांले राजनीतिक क्षेत्रमा पुराएको योगदान, सामाजिक क्षेत्रमा सेवाभावका राम्रा तथा असल काम गरेर ति बांचेकाहरुले अनुशरण गर्ने असल कृतिका रुपमा छोडेर जानुभयो । जसले गर्दा उहां भौतिक रुपमा मरेर गएपनि बाचिरहनु हुनेछ ।

हक्की र निडर स्वभाव । कम्युनिष्ट आन्दोलनमा लागेर निष्ठापूर्वक काम गर्नुभएका पदमबहादुर जीसी २०५१ साल बैशाकमा सपरिवारसहित बुटवल झर्नुभएको हो ।
भारतको भुवनेश्वरको उडिसामा जागिर गर्दै आउनुभएका पदमबहादुर जीसी नेकपा मासलको भारतस्थित संगठन एकता समाजका नेता हुनुहुन्थ्यो ।
उडिसाबाट पार्टीको सल्लाहामा बुटवल आउनुभएको हो । बुटवल आएर विशाल पुस्तक पसल सञ्चालन गरेर कम्युनिष्ट आन्दोलनमा लाग्न हजारौ मानिसलाई प्रोत्सान गर्नुभएको थियो, पदमबहादुर जीसीले ।अति सहयोगी र खुल्ला दिलका पदमबहादुरले भेटहुने सबैलाई मायां गर्नुहुन्थ्यो ।
बुटवल जस्तो व्यस्त बजार अस्पताललाईनमा रहेको विशाल पुस्तकमा जुनसुकै समयमा जाने चिनजानका मानिसलाई आफ्नो व्यवसाय छोडेर सन्चो बिसन्चो सोध्ने र खाना खानुभएकी भएन भनेर सोध्ने उहांको भुल्न वा विर्सनै नसकिने बानी थियो । जसले गर्दा उहांको मृत्यु भएपनि बाचिरहनु भएको छ ।
खाना नखाएको थाहा पाएमा नजिकै रहेको होटलबाट चिया वा केही नास्ता खुवाउने र समस्यामा परेका मानिसलाई सांझ घरमै लगेर वास दिने उहांको कहिल्यै भुल्न नसकिने व्यवहारिक पक्ष थियो ।उहांले निःशुल्क खान बस्नको व्यवस्थासमेत बुटवलमा धेरैलाई गर्नुभयो ।

मानवीय सेवादेखि सामाजिक सेवामा क्रियाशील पदमबहादुरले सहयोग गर्नुका साथै गाली पनि गरीहाल्ने उहांको बानी थियो । तलाई गरिब मारा खा । खानुपर्छ राम्रो काम गनुपर्छ भनेर गाली गर्ने पनि उहांको बानी थियो । तलाई गरिब मारा भनेपनि उहांसंग कोही रिसाएनन् ।
सबैका प्रीय पात्रा पदमबहादुर जीसी रुपन्देहीको बुटवल लगायत विभिन्न ठाउंमा स्थायी, अस्थायी रुपमा बस्ने हरेक प्यूठानीको अभिभावक हो पदबबहादुर जीसी बा ।
मैले घर छोडेपछि मेरो जीवनको अभिभावक पनि हो उहां । म बुटवल क्याम्पसमा पढ्न २०५६ सालमा बुटवल झरेपछि मेरो उहांसंग २०५३ देखि नै नजिकको चिनजान थियो ।
पछि म करिव एक वर्षको बुटवल बसाइपछि प्यूठान गएर पुनः पढ्का लागि २०५६ मा बुटवल झरेदेखि मेरो उहांसंग निरुन्तर भेटघाट भयो र मेरो जीवनको एउटा असल अभिभावक बन्नुभयो ।
प्यूठान र प्यूठानी भनेपछि हुरुक्कै हुने उहां २०५१ सालदेखि हालसम्म रुपन्देहीमा रहेका सबै प्युठानीको अभिभावक हुनुहुन्छ ।
उहांकै नेतृत्वमा हामीले २०५७ सालमा रुपमा प्यूठान रुपन्देही सम्पर्क मञ्च गठन गरियो । २०५९ सालमा हाम्रो प्यूठान – रुपन्देही सम्पर्क मञ्च २०५९ सालमा जिल्ला प्रशासनमा दर्ता गरायौ र उहांलाई नै अध्यक्ष बनायौ । उहां प्यूठान रुपन्देही सम्पर्क मञ्चको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
साझा संस्था प्यूठथान रुपन्देही सम्पर्क मञ्चमा राजनीति गर्न नहुने र कुनैपनि पार्टीको सार्वजनिक पदमा रहेका मानिसलाई मञ्चको कार्यसमितिमा राख्न नपाइने भनी उहांले संस्था गठन गर्दा भन्नुभएको मलाई अहिल्यै झै लाग्छ ।

उहां हाम्रो अभिभावक मात्र बन्नुभएन प्यूठानबाट उपचार गर्न बुटवल आएका हरेक जसो मानिसलाई डाक्टरकोमा पुराउन व्यवस्था मिलाउने र पसलबाट सबै व्यवस्था मिलाएर अहिलेसम्म हजारौ प्यूठानीको स्वास्थ्य उपचार गराएर पठाउने काम गर्नुहुन्थ्यो ।
स्व. पदमबहादुर जीसी बासंग भेट भएपछिका छुप्रै अविशमरणीय छेडका कथा व्याथा छन् । मेरो जीवनका लागि दुई वटा भुल्नै नसकिने घटना छन् । जुन घटनामा उहांकै आर्थिक लगानी थियो । तर काम भने नितान्त सामाजिक थियो ।
एउटा काम थियो । हामीले बुटवलबाट प्यूठानको मच्छीहुंदै ठुलावेसी र बुटवलबाट वाहाने र खलंगा हुंदै चुंजाठाटी बस लैजानु पर्छ भनेर प्यूठान रुपन्देही सम्पर्क मञ्चमा निर्णय गराएर हामी त्यो काममा लाग्यौ ।

एक दिन पश्चिमाञ्चल यातायात व्यवसायी समितिसंग करा गरेर पहिला प्यूठानको मच्छीसम्म बस चलाउने निर्णय भयो । मच्छी बस चलाइसकेपछि अन्य ठाउंमा चलाउने एक प्रकारको बुटवलमा रहेको त्यतिबेलाको पश्चिमाञ्चल बस व्यवसायी समितिसंग सहमती भयो ।
बुटवलबाट मच्छी बस पठाएको समयमा दाङको भालुवाङमा राप्ती समितिले बस रोक्यो । बस रोकेको थाहा पाएपछि तत्कालि प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष स्व. पदमबहादुर जीसीको नेतृत्वमा हामी केही जना भालवुवाङ गयौ र त्यहांको समिति र प्रहरीसंग जाडेतोडका साथ छलफल गरी फर्केयौ । कानुनी प्रावधान अनुसार दाङको राप्ती समितिलाई निवेदन दिनुपर्ने भयो र म पत्र लिएर दाङको घोराही गए ।त्यतीबेला नेत्र छामिछाने अध्यक्ष थिए । नेत्र पक्कै हो थर अली याद भएन नाम नेत्र नै थियो । उनी राप्ती बस समितिका अध्यक्ष थिए । सारै गर्मीको बेला थियो पत्र बुझाएर एक पाउ अंगुर किनेर पलाष्टिकमै पानीले धोएर अंगुर खांदै थिए ।

तत्कालिन माओवादी र राज्यपक्षबीच द्वन्द्व उत्कर्षमा थियो । अंगुर खांदै थिए पछाडी र अगाडीबाट आएर आर्मीले मलाई छोपी हाल्यो र सोधपुछ गर्दागर्दै आंखामा कपडाले छोपेर मलाई गाडीमा राखी हाल्यो । पहिला सारै डर लाग्यो जब लगेर सोध्न थालेपछि डर हरायो । मैले जे हो त्यो बताए । त कुन पार्टीको होस् भन्यो । विचारका रुपले मैले समर्थन गर्ने पार्टी नेकपा मसाल हो भने । म पत्रकार पनि हु र प्यूठान रुपन्देही सम्पर्क मञ्चको सहसचिव हु बुटवल बस्छु, घर प्यूठान हो भनेर जे कामले गएको थिए सबै बताए ।
त्यसपछि पुलिस आर्मीलाई चिन्छस भन्यो । आर्मीको रामबहादुर केसीलाई चिन्छु भने उहांको नाता सम्बन्ध र फोन नम्बर पनि भने र हाम्रो प्यूठान रुपन्देही सम्पर्क मञ्चको अध्यक्ष स्व. पदमबहादुर जीसीको नाम र विशाल पुस्तक सदनको नम्बर पनि दिए ।

आर्मीले आर्मीका अधिकृत रामबहादुर केसी र पदमबहादुर विशाल बा लाई फोन गरेछ । आर्मीले चार घण्टापछि उसै दिन मलाई छोड्यो ।
म त्यदिन तुल्सीपुर अंकलकोमा बस्न गएर अर्को विहानै बुटवल फर्के फर्केपछि विशाल बा लाई सबै कुरा बताए । उहांले ओहो गुरु एक जना मान्छेले त फोन गरेको थियो । तपाईको मान्छे हो भनेर सोधेको थियो अ हो, भने मच्छी गाडी चलाउने हो सहयोग गर्नुस है भन्दाभन्दै राख्यो त्यो बांदरले भनेर उसलाई गाली गर्नुभयो । उहांले यो सब माओवादीका कारणले हो यि गरिब माराहरुले गरिखान दिनी भएनन् भनेर माओवादीलाई पनि गाली गर्नुभयो ।
धन्न केही भएन्छ गुरु लौ पानी खानुस भनेर भन्नुभयो । पैसाले पुग्यो की पुगेन भाडा कति लाग्यो ? भने सोध्नुभयो र घर्रामा हात हालेर ५० दिनुभयो । म चिडियाखोला तिर लागे । त्यसबेला ५० रुप्पेको ठूलो महत्व थियो ।
त्यस्तै स्व. पदमबहादुर जीसी बासंग अर्को पनि विर्सन नसकिने काम तथा घटना छ ।
यो घटना २०५७ फागुन तिरको हो । प्यूठानको पूंजाबाट एक जना गर्भवती महिला बुटवलमा उपचार हो वा सुत्केरी हुन आउनुभएको रहेछ ।
अहिले मलाई ति महिलाको नाम थर थाहा भएन । ति महिलाको तत्कालिन लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएछ र विशाल बाले मलाई फोन गरेर बोलाउनुभयो र हामी केही जना विशाल पुस्तक पसमा गयौं । हामी जम्मा भइम र ति महिलालाई गाड्नका लागि तिनाउ खोलामा लगियो । उनको पेटमा बच्चा भएकाले बच्चासंगै जलाउन वा गाड्न नपाइने हिन्दु संस्कार रहेछ । मलाई थाहा थिएन । रिक्सामा राखे ति महिलालाई जनतन तिनाउ खोलको किनारमा पुराएपछि विशाल बाले गोजाबाट १० को नोठ निकालेर मलाई विलटे किन्न पठाउनुभयो । म नजिकैको दुकानमा गएर ५ वटा विलेट किनेर ल्याए । त्यसपछि ति महिलाको हामी आफै पेट चिरेर त्यो बच्चालाई निकालेर आमा र बच्चालाई फरक– फरक ठाउंमा गाडेका थियौं ।

यस्ता विर्सन नसकिने अन्य काम पनि स्व. पदमबहादुर जीसी बासंग गरियो । त्यसैले उहां सामाजिक कामका लागि आफै लगानी गरेर पनि काम गर्ने असल व्यक्ति हुनुहुन्थ्यो । त्यही भएरपनि उहांलाई धेरैले मन पराउंथे ।
पुस्तक तथा पत्रपत्रिका बेचेर हुने सानो आम्दानीलाई पनि उहांले सामाजिक कामहुंदा २, ४ सय निकाल्ने विषयमा कहिल्यै कन्जुसाई गर्नुभएन । सधै समाजप्रति बपदार बन्नुभयो । त्यसैले उहां मरेर पनि बाचीरहनु हुनेछ । उहांले राजनीतिमा गरेका त्यागबारे फेरी लेख्ने प्रतिवद्वता जनाउंदै ।
मरेपनि बांची रहने पदमबहादुर जीसी विशाल बा प्रति हार्दिक श्रदाञ्जली ।