सहकारी दिवस : निवन्ध लेखनमा अक्स्फोर्ड र स्कलर्सहोम उत्कृष्ट

बुटवल । रुपन्देहीमा पनि ६४ औँ सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम भैरहेका छन् । जिल्लामा रहेका विभिन्न सहकारीहरुले संयुक्त तथा एकल रुपमा कार्यक्रमहरु गरी दिवस मनाइरहेका छन् । यसै क्रममा विहिवार बुटवलमा निवन्ध लेखन कार्यक्रमको आयोजना गरिएको छ । निवन्धलेखनमा बुटवलको अक्स्फोर्ड उच्च मावि प्रथम भएको छ भने बुटवल कै स्कलर्स होम उच्च मावि द्धतीय भएको छ ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी विषयमा निवन्ध लेखन प्रतियोगिता भएको थियो । कार्यक्रममा बोल्दै हिसानका अध्यक्ष कृष्ण पौडेलले सहकारीहरु शिक्षा अभिबृद्धिमा लाग्नु अवश्यक रहेको बताए । उनले अवको सहकारी अभियान योजना सहितको हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको प्रमुख अंग नै सहकारी शिक्षा र सेयर सदस्यको उत्प्रेरणा भएको बताए । उनले सहकारीहरुले सहकारी शिक्षालाई अभियान कै रुपमा संचालन गर्नुपर्नेमा जोड दिए । सहकारी अभियान्ता बाबुराम बन्जाडेले सहकारीहरु प्रविधिमैत्री व्यवसायमा संलग्न हुनु पर्ने बताए ।
विभिन्न क्षेत्रबाट सहभागी निवन्धकारहरु मध्येबाट उत्कृष्ट निवन्धको छनोट प्रा डा हिरण्ड्य ज्ञवाली र डा खग राज शर्माले गरेका थिए ।

सहकारी दिवसको मुल समारोह भने सुक्रवार हुँदैछ ।