बुटवल क्षेत्रका केही सरकारी स्कुलले मनोमानी शुल्क अशुल, सरकारी निकाय मौन

श्यामलाल पोखरेल

   बुटवल, बैशाख ५ गते । शैक्षिक सत्र २०८० शुरु भएको छ । शैक्षिक सत्र शुरुभएसंगै देशभर नै विद्दार्थी भर्ना अभियान सुरु भएको छ । गुणस्तरीय शिक्षा, सबैको अभियान भन्ने नाराका साथ शैक्षिक सत्र शुरु भएको हो । शैक्षिक सत्र शुरुभएसंगै सरकारी र नीजि स्कुलहरुले भर्ना लिन थालेका छन् ।

देश भरको तथ्यांक अनुसार सरकारी भन्दा नीजि स्कुलहरुमा विद्दार्थीको आर्कषण बढी देखिन्छ । तर रुपन्देहीको बुटवलमा भने सरकारी स्कुलमा विद्दार्थीको आर्कषण बढ्दो छ । बुटवलमा सञ्चालित कालिका मान ज्ञान माध्यमिक विद्दालय, कान्ति माध्यमिक विद्दालय, नविन औद्दोगिक कदरबहादुर रिता माध्यमिक विद्दालय र शान्ति नमुना माध्यमिक विद्दालयमा विद्दार्थीको आर्कषण बढ्दो छ ।

बुटवलमा यि स्कुलहरुबाहेक अन्य थुप्रै सरकारी स्कुलहरु भएपनि विद्दार्थीको रोजाईमा कालिका मान ज्ञान माध्यमिक विद्दालय, कान्ति माध्यमिक विद्दालय, नविन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्दालय र शान्ति नमुना माध्यमिक विद्दालय पर्दछन् । यि विद्दालयहरुमा विद्दार्थीले पढ्न चाहेपनि भर्ना हुन कठिन छ ।
पढाई राम्रो भएकाले विद्दार्थीको रोजाईमा पर्नु स्वभाविक हो । तर सामान्य पहुंच भएका अभिभावले आफ्ना नानी बावु भर्ना गर्ने सम्भावना कम छ । कोही न कोहीको सोर्स लगाएर मात्र भर्ना गर्नुपर्ने बाध्यता छ ।

बुटवलको कालिका, कान्ति, नविन औद्दोगिक र मणिग्रामको शान्ति नमुना माध्यामिक विद्दालय सरकारी वोर्डिङ स्कुलका रुपमा चिनिन्छ । सरकारको लगानीमा सञ्चालन भएका यि सरकारी विद्दालयहरुमा सबैको पहुंच छैन । पढाई राम्रो मानिएका यि स्कुलहरुले नियम विपरित नीजि स्कुलहरुले जस्तै शुल्क असुल्न गरेका छन् ।

सरकारी स्कुलहरुमा पढ्न पाउने अधिकार भएपनि बुटवल क्षेत्रका केही स्कुलहरुले इन्टास लिएर विद्दार्थीलाई फेल र पास गराउने परिपाटीको अन्त्य गरिनु पर्ने, राम्रा र हाम्रा विद्दार्थी खोज्नका लागि सरकारी स्कुलहरुले टाढाटाढा गाडी सञ्चालन गरेर व्यापार गर्न नपाइने बताउछन् अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली ।

राज्यले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य निःशुल्क भनेको छ, भने माध्यामिक तहको शिक्षालाई निःशुल्क भनेको छ । तर बुटवलको कालिका, कान्ति, नविन औद्योगिक र मणिग्रामको शान्ति नमुना माध्यमिक विद्यालयले सिधै शुल्क उठाउन नपाइने भएपछि घुमाउरो पारामा सहयोग भनेर अभिभावकबाट शुल्क उठाई रहेको अभिभावक संघका अध्यक्ष ज्ञवालीको भनाइ छ । जुन संविधान विपरित हो ।

नेपालको संविधान २०७२ ले शिक्षा निःशुल्क भनेपनि यि सरकारी विद्यालयहरुले संविधान कै विपक्षमा काम गरेपनि शिक्षा क्षेत्र हेर्ने सरकारी निकायहरु मौन छन् ।
विद्यालय क्षेत्र भन्दा टाढा– टाढाको वस्तीमा गाडी लगेर खोजीखोजी टाठा, राम्रा र हाम्रा विद्यार्थी खोजेर आफ्नो स्कुलमा ल्याउने यि स्कुलहरुको होडवाजी नै छ ।

विद्दालयले रिजल्ट राम्रो दिनु, दक्ष विद्दार्थी उत्पादन गर्नु देशको लागि फाईदा भएपनि टाढा– टाढासम्म गाडी सञ्चालन गर्नु र नीजि स्कुलहरुले जस्तै फि अशुल्ने काम गलत भएको बताउछन् अभिभावक संघ लुम्बिनीका अध्यक्ष हेम थापा ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले राज्यले अनिवार्य निःशुल्क र निःशुल्क शिक्षा भनेपछि सरकारी स्कुलहरुले शुल्क उठाउन नपाइने बताए । कानुन छल्नका लागि घुमाउरो तरिकाले अभिभावकबाट सहयोगको नाममा पैसा उठाउनु र गाडी सञ्चालन गर्नु सरकारी र नीजि विद्दालयले गल्ती गरेको बताउछन् पत्रकार कृष्ण मल्ल ।

बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले सरकारी स्कुलहरुले अभिभावकबाट शुल्क उठाएको जानकारी नभएको बताउंदै उनले भने – सहयोगको नाममा शुल्क उठाएको अभिभावकबाट निवेदन आए छापा मारिन्छ र कारवाही गरिन्छ ।

बुटवलको कालिका, कान्ति, नविन औद्योगिक र मणिग्रामको शान्ति नमुना माध्यामिक विद्दालयले सहयोगका नाममा शुल्क उठाएको र टाढा– टाढाको वस्तीसम्म गाडी सञ्चालन गरेकोप्रति चौतर्फी रुपमा बिरोध भैरहेको छ ।

नियम विपरित शुल्क उठानु र टाढा– टाढा पुगेर विद्दार्थी उठाएर सरकारी स्कुलहरुले आफ्नो मनोमानी गर्दा पनि सरकारको त्यसतर्फ ध्यान गएको देखिदैन ।
गरिब तथा निमुखा विद्दार्थीले सरकारी स्कुलहरुमा पढ्नका लागि सहज रुपमा भर्ना हुन नपाएको बारम्वार आवाज उठेपनि सरकारी निकायबाट त्यसको सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ ।

सरकारले शिक्षामा सबै बालबालिकाको पहुंच सुनिश्चित गर्ने र आधारभूत शिक्षा अनिवार्य निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने शिक्षासम्बन्धी ऐन २०७५ सबै सरकारी स्कुलहरुमा कार्यान्वयन भएको छैन ।

बुटवलको कालिका, कान्ति, नविन औद्दोगिक र मणिग्रामको शान्ति नमुना माध्यमिक विद्दालयले शुल्क नउठाएको दावी गरेका छन् ।