कानून संकायको पहिलो ‘व्यच’का विद्यार्थी प्रदेश कानून मन्त्री

बुटवल । अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामीला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले आन्तरिक मामीला तथा कानून मन्त्रीका रुपमा अर्घाखाँची क) बाट प्रदेशसभा सदस्य रहेका आचार्यलाई नियुक्त गरेका हुन् । कानूनका विद्यार्थी समेत रहेका आचार्य अर्घाखाँचीमा लामो समय देखि सकृय राजनीतिक नेतृत्वमा छन् ।

को हुन् आचार्य  ?

अर्घाखाँची जिल्लाको साविकको अर्घा गा.वि.स. वडा नम्वर ९ अधेरी (हाल सन्दिखर्क नगरपालिका वडा नम्वर ९) मा वि.सं. २०२५ सालमा जेष्ठ २१ गते जन्मिएका आचार्य बाल्य काल देखि नै राजनीतिक जीवनमा सकृय छन् । उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक देखिन्छ । उनका बुवा टिकाराम आचार्य कम्युनिष्ट पार्टी अर्घाखाँचीका संस्थापक सदस्य थिए । बुवाको मुख्य प्रभावबाट नै उनी कम्युनिष्ट राजनीतिमा लागेको बताउँछन् ।

माइलो छोराका रुपमा जन्मिएका आचार्यका एक दाजु र दुई भाइहरु छन् । दुइ दिदिवहिनी छन् । आचार्यका जेठा दाजु पूर्व जागिरे हुन् । साइलो भाई व्यवसायमा जमेका छन भने कान्छो भाई लुम्बिनी विकास कोषमा अधिकृतका रुपमा कार्यरत छन् ।

आचार्य की धर्मपत्नी सेवा निवृत शिक्षक हुन् । दुइ सन्तान रहेका आचार्यका दुवै डाक्टर छन् । एक छोरा र एक छोरीका पिता रहेका आचार्य जीवनमा सफल राजनीतिज्ञ हुन् ।

अध्ययनमा आचार्य :

नवनियुक्त मन्त्री आचार्यको औपचारिक शिक्षा वि.एल. सम्मको हो । यद्यपी उनी अध्ययनमा रुची राख्दछन् । राजनीतिक उच्च छवी बनाएका आचार्य कानून, राजनीतिशास्त्र, समसामयिक विषयसँग सम्वन्धित पुस्तक अध्ययनमा विषेश रुचि राख्दछन् ।

औपचारिक शिक्षा अन्तरगत कक्षा ७ सम्म शान्ति मावि बाँगीमा अध्ययन गरेका आचार्यले माध्यमिक शिक्षा भने सिद्धार्थ मावि हंसपुरबाट पुरा गरे । आचार्यले वि.स. २०४२ सालमा सोही विद्यालयबाट एसएलसी पास गरे । एसएलीको अनुभव बताउँदै मन्त्री आचार्य भन्छन्, ‘उति बेला निकै कडा परीक्षा हुन्थ्यो । १ सय ५ जना सहभागि थियौँ । ती मध्ये जम्मा ५ जना पास भएका थिए । ती पाच जनामा म पनि परेको थिए ।’
उच्च शिक्षाका लागि बुटवल आएका आचार्यले वि.स. २०४३ सालमा बुटवल बहुमुखी क्याम्पसमा आई आइ.एल बढ्न सुरु गरे । उनी बहुमुखीमा कानून संकायका पहिलो व्याचका विद्यार्थी हुन् ।

अध्ययनसँगै राजनीति सुरु गरेका आचार्यले वि.स. २०५४ सालमा नेपाल ‘ल क्याम्स’ काठ्मान्डौबाट वि.एल गरेका हुन् । मन्त्री आचार्यको रुचीको विषय समेत कानून रहेको बताउँछन् । ‘मेरो रुचीको विषय मात्र होइन अध्ययनको विषय समेत हो । त्यसैले मन्त्रालयका कामलाई रुचीका साथ गर्नेछु ।’–उनी भन्छन् ।

राजनीतिक यात्रा :

आचार्य शान्ति मावि बाँगीमा कक्षा ७ मा अध्ययन कै क्रममा अखिल छौँठौँमा संगठित भए । तर उनको त्यो संगठन भने एक बर्षमा परिवर्तन भयो । २०३९ सालमा सिद्धार्थ मावि रतन्मारेमा अध्ययन सुरु गरेपछि उनको राजनीतिक लाईन परिर्वतन भएको हो । आफ्ना बुवा टिकाराम र विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार क्षेत्रीको सुझाव अनुसार उनी तत्कालिन अखिल (पाँचौँ)को विद्यालय स्तरको नेतृत्वमा रहेर काम गर्न थाले ।

राजनीतिक जीवनमा उनी निकै सकृय हुन थाले पछि संगठनको जिम्मेवारीमा रहन थाले । बुटवल बहुमुखीमा अध्ययनका क्रममा समेत विद्यार्थी राजनीतिमा नेतृत्वदायी भूमिका खेल्न थाले । २०४३ साल देखि ०४५ साल सम्म अनेरास्वयू (पाँचौँ) बुटवल बहुमुखीको प्रारम्भिक कमिटिमा रहेर काम गरे । २०४६ सालको आन्दोलनमा अर्घाखाँचीको पूर्वी इलाका समालेका आचार्य सरल स्वभावका नेता हुन् । वि.स. २०४७ सालमा तत्कालिन नेकपा (माले)को अर्घाखाँची ५ नम्वर इलाका कमिटि सदस्य भई काम गरे । सोही सालको कार्तिक महिनामा अर्घाखाँची जिल्ला सदस्यमा चयन भए ।

वि.स. २०४९ सालमा नेकपा (एमाले) अर्घाखाँची जिल्लाको पहिलो अधिवेशनबाट जिल्ला सदस्यका रुपमा छनोट भएका नेता आचार्य निर्वाचन क्षेत्र नम्वर एक को इन्चार्ज भएर काम गरे ।

वि.सं. २०५४ साल देखि २०६५ साल सम्म ११ वर्ष पार्टी सचिवका रुपमा काम गरेका उनी वि.स. २०६५ देखि ०६९ सम्म अन्चल कमिटी सदस्य भए । वि.स. २०७० साल देखि हाल सम्म अर्घाखाँची नेकपा एमालेको नेतृत्व समालेका मन्त्री आचार्य प्रदेश सचिवालय सदस्य समेत हुन् । २०६४ सालको संविधानसभाको निर्वाचनमा उम्मेद्धार भएका आचार्य २०७४ को प्रदेशसभा निर्वाचनमा अर्घाखाँची क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

‘सुशासनलाई जोड दिन्छु’

आफ्नो मन्त्रालय आन्तरिक मामीला समेत भएकाले पहिलो प्राथमिकता सुशासन नै हुने उनी बताउँछन् । कारागार व्यवस्थापन, विपद् व्यवस्थापन, यातयातमा देखिएका समस्याहरु समाधान गर्ने देखि कानून निमार्ण जस्ता विषयहरुमा काम गर्ने योजना रहेको उनीको भनाई छ ।
यातयातमा लाइसेन्स वितरण प्रणालीलाई व्यवस्थित बनाउने योजना समेत उनले सुनाए । संचार क्षेत्रको उचि व्यवस्थापनमा लाग्ने समेत उनले बताए ।