टुना टेक्नोलोजीद्दारा बुटवलमा सफ्टवेयर उत्पादन शुरु

बुटवल, जेठ २२ गते । टुना टेक्नोलोजी प्रालिले बुटवलमा सूचना प्रविधिसंग सम्बन्धित सफ्टवेयरको उत्पादन शुरु गरेको छ । काठमाण्डौ बाहिर बुटवलमा पहिलो पटक टुना टेक्नोलोजी प्रालिले सूचना प्रविधिको उद्योगका रुपमा काम शुरु गरेको हो । सफ्टवेयर र वेवसाईट निर्माणका लागि अव काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ । काठमाडौंमा केन्द्रित प्रविधिको उद्योगलाई पहिलो पटक टुना टेक्नोलोजीले बुटवलबाट संचालनमा ल्याएको हो ।

सोमबमार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवलबाट सबै प्रकारका आईटीसंग सम्बन्धित सफ्टवेयर निर्माण गरी सेवा दिन थालिएको टुना टेक्नोलोजी प्रालिका अध्यक्ष गणेशचन्द्र पोखरेलले जानकारी गराएका छन् ।

बुटवललाई आइटी हवको रुपमा विकास गर्ने गरी नयांनयां सूचना प्रविधिका सफ्टवेयर निर्माण गरी सेवा दिन थालिएको अध्यक्ष पोखरेलले बताए ।
दक्ष युवाहरुलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका विद्यार्थीलाई इन्टर्न गराउन कम्पनी सफल हुने अध्यक्ष पोखरलको दावी छ ।

कम्पनीले विदेशमा सिड्नी अष्ट्रेलिया तथा नर्वेमा बुटवलबाटै सेवा उपलब्ध गराएको टुना टेक्नोलोजी प्रालिका निर्देशक राजीव गौतमले जानकारी गराए ।
सबै प्रकार उद्योग, विद्यालय, होटल, सञ्चारगृह र प्रतिष्ठानहरुका लागि आवश्यक पर्ने सफ्टवेयर तथा प्रविधि प्रयोगका लागि देशका मुख्य शहरहरुमा कार्यालय स्थापना गरी सेवा विस्तार गरिने निर्देशक गौतमले बताए । निर्देशक गौतमका अनुसार कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपी, एचएमएस र साझा मेनु बजारमा लन्च भैसकेका छन् ।
तीन तारे होटलसहित ठुला उद्योग र कतिपय स्थानीय तहले पनि टुनाको सफ्टवेयरबाट कामगर्न थालेको निर्देशक गौतमले बताए ।
कार्यक्रममा प्राविधिक टिम प्रमुख (सिटिओ) सर्वजित मिश्राले टुनाले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग गरेको जानकारी गराउंदै टुनाले निर्माण गरेको डाटा सुरक्षित रहने उनको दावी छ । सर्भर डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले सम्भव नरहेको मिश्राले बताउनले बताए ।

टुनामा बनेका सामाग्रीको प्लेटफर्म नै सुरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहकाले ग्राहकलाई आवश्यक तालिमहरु दिदै आएको बताए ।
कम्पनीका संचालक धुर्व न्यौपानेले टुनाले बजारमा छिटोछरितो सर्भिस र बजारीकरण गरी उत्पादनसहित तीनवटा विभाग बनाएर सेवा दिएको बताए ।
न्यौपानेले टुनाका उत्पादनमा आउने कुनैपनि समस्या तुरुन्तै समाधान गर्ने दक्ष जनशक्रिको संयन्त्र तयार गरिएको बताए ।

कार्यक्रममा संचालक ईन्जिनियर प्रदिप भण्डारी, जीवन कुंवर, दुर्गा भण्डारीलगायतले बजारको माग अनुसार नयां–नयां सफ्टवेयर उत्पादन गरिने बताए ।
१० करोडको लगानीमा स्थापना भएको प्रालिमा २५ जना कर्मचारीले रोजगारी पाएका छन् ।

टुना टेक्नोलोजीले विदेशमा सिड्नी अष्ट्रेलिया तथा नर्वेमा बुटवलबाटै सेवा उपलब्ध गराएको छ । बजारको माग अनुसार उद्योग कलकारखाना लक्षित ई कमर्श, होटल म्यानेजमेन्ट लक्षित एचएमएस र डिजिटल मार्केटिङ अन्तर्गतको साझा मेनु टुनाले बजारमा पठाईसकेको छ । प्रालिले बजार प्रतिनिधि तथा आधिकारीक विक्रेता मार्फत सेवा विस्तार गर्ने नीति लिएको छ ।