प्यूठानको मुख्य सडकको दुर्दशा र कक्षपति घरानाको दायित्व

सरोज न्यौपाने
असार ६ गते २०८० । प्यूठानीहरू राजनैतिक रूपमा असाध्यै चेतनशील भएको मानिन्छ । यसको राजनैतिक पहुँच पनि माथिसम्मै रहेको बताइन्छ । उता, कर्मचारीतन्त्र र प्रहरी सेवामा पनि प्यूठानीहरूको पहुँच राम्रै छ । तर, त्यसले प्यूठानको विकासमा कुनै पनि किसिमको योगदान दिन सकेन । त्यतिमात्र होइन, गणतन्त्र स्थापना पछि स्थानीय तहहरू गठन भए । पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरू आएपनि विकासका आधारभूत कामहरू हुन नसकेको यो एउटा गतिलो प्रमाण हो ।

अझ, विकासका लागि बजेटको पहलगर्ने ठानिएको दुई दुई जना संघीय सांसदहरू प्यूठानले पायो । ४ जना प्रदेश सांसद पनि पायो ।संघीय संसदमा प्रतिनिधित्व गर्नुभएकी दुर्गा पौडेलको कार्यकाल औसत रहेपनि त्यसले प्यूठानको सडकहरूको बिस्तार र स्तरउन्नतिका लागि उल्लेख्य योगदान पु¥याउन सकेन । सूर्य थापाको के कुरा गर्नु, यिनकाबारे एक शब्द पनि खेर नफालौँ भन्ठान्छु म ! खासगरी प्यूठान जिल्लाको सडक अवस्था अत्यन्तै दयनीय छ । सबैभन्दा धेरै चाँप रहेको प्यूठानको बाग्दुलादेखि मच्छिहुँदै अर्खा–रजबारा पुग्ने सडको हालत त्यस्तै कहालीलाग्दो छ । बाग्दुलादेखि बहानेसम्मको बाटोको हालत उस्तै बिजोग ! त्यतिमात्र होइन, व्यापारिक नगरी मानिने बाग्दुलाबाट खलंगाजाने बाटो अत्यन्तै साँगुरो छ । यसरी, प्यूठानको मुख्य बजारक्षेत्र बाग्दुला र बिजुवारबाट गाउँ–गाउँमा पुग्ने सबै ग्रामीण सडक संजालहरूको हालत अत्यन्तै दयनीय र जिर्ण छ । यसप्रति सरोकारवालाहरूको प्रयाप्त ध्यान नपुगेको तितो यथार्थ हाम्रा सामु छ ।

यहाँ दृश्यमा देखिएको सडक प्यूठानको मुख्य व्यापारिक केन्द्र मानिने बाग्दुलाको हो । बाग्दुला यसकारण मुख्य व्यापारिक नगरि हो कि यहाँ लुम्बिनी प्रदेशकै ठूला र प्रख्यात व्यापारिक घराना, कक्षपति घराना छ । उक्त घरानाले दैनिक लाखौं, मासिक करोडौं र वार्षिक खर्बौं रकमको कारोबार गर्छ । यसले राज्यलाई त्यही अनुपातमा कर÷राजस्व तिर्नेगर्छ । हो, यो व्यापारिक घरानाकै कारण बाग्दुला प्यूठानको मात्रै नभई व्यापारिक दृष्टिले छिमेकी जिल्लाको पनि आकर्षणको केन्द्र हो । यस घरानाले बाग्दुलाको व्यापारिक गतिविधिमा ठूलो योगदान पु¥याएको छ ।

 


हरेक कुराका दुइटा पक्ष हुन्छन् भनेझैं, कक्षपति घरानाका कारण बजारक्षेत्र भित्रका अन्य व्यापारीहरू, ट्राफिक व्यवस्थापन, सडक यात्रुहरूको आवतजावत, स्थानीय बासीहरूलाई समेत ठूलो असर पारेको छ । सामान लोड गर्ने गाडीहरू र सामान अनलोड गर्ने ठूला ट्रकहरू दिनभर बजारमा, सडकमा पार्किङ गर्दा त्यसले बजारक्षेत्र नै ठप्प पारिदिन्छ । यसलाई कसरी व्यवस्थित गरेर लैजाने, यो अर्को विषय हो । तर, अहिले मैले उठाउन खोजेको विषय, स्थानीय तह र जनप्रतिनिधिहरू निकम्मा भए । उनीहरू दैनिक आवतजावत गर्ने यो सडकलाई कालोपत्रे गर्ने काममा कहिल्यै अग्रसरता देखाएनन् । यसको समाधान अब कक्षपति घरानाले खोज्नुपर्छ ।

यसलाई कालोपत्रे गरेर समाजका लागि योगदान पु¥याउनुपर्छ । बाग्दुला बजारक्षेत्र नै कक्षपति घरनाको पुँजी हो, यो सडक पनि त्यही पुँजीकै एक हिस्सा हो । त्यसकारण, यो सडकलाई व्यवस्थित गर्ने दायित्व पनि कक्षपति घरानाको हो । यसकाप्रति कक्षपति घरानालाई म ध्यानाकर्षण गराउन चाहन्छु । कि, उहाँहरू अतिरिक्त सामाजिक कार्यमा पनि जोडिनोस् र आफूले कमाएको नाफाको निश्चित रकम समाजका लागि पनि खर्च गर्नुहोस् । यो ज्यादै पुण्यको काम हुनेछ । र, सबैका लागि तपाईंहरू धन्यवाद र उदाहरणको घराना बन्नुहुनेछ । धन्यवाद !
(पुनःश्च, यो केवल कक्षपति घरानालाई सुझाव हो ! हामीलाई थाहा छ, सुझाव बाध्यकारी हुँदैन)