लुम्बिनीमा खोरेत रोगविरुद्वको खोप प्रयाप्त छैन, संक्रमण कमी

बुटवल, असार ८ गते । लुम्बिनी प्रदेशमा दुधालु गाइ, भैसीलाई खोरेत रोगविरुद्व खोप अभियान चलाएको ४ वर्ष भयो । खोरेत रोगको संक्रमणबाट गाइ, भैसाीलाई जोगाउन लुम्बिनी प्रदेशमा खोप अभियान सञ्चालन गरिएको हो ।

खोरेत रोग उन्मुलनका लागि लुम्बिनी प्रदेशले बनाएको १० वर्षे रणनीतिक योजना अनुसार खोप अभियान चलाइएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा खोरेत रोगविरुद्व खोप अभियान जारी छ ।लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको मातहतमा खोरेत रोगविरुद्व अभियान चलाईएको हो ।

खोरेत रोगविरुद्वको अभियान चलाउनुको मुख्य उद्वेश्य स्वच्छ तथा गुणस्तरीय दुध र मासु उत्पादनवृद्वि गर्नु हो । लुम्बिनी प्रदेशमा खोरेत रोग उन्मुलनको आधार बनाउन सरकारले खोरेत रोगविरुद्व खोप प्रयाप्त मात्रमा उपलब्ध गराउन पशु चिकित्सक तथा प्राविधिकहरुको माग छ ।

लुम्बिनीमा माग अनुसार खोरेत रोगविरुद्वको खोप कमी भएकाले सबै दुधालु गाइ, भैसीलाई खोप लगाउन सम्भव छैन । गाइ, भैसीलाई वर्षको दुई पटक खोरेत रोगविरुद्वको खोप लगाउनु पर्छ । लुम्बिनी प्रदेशमा ४० लाख खोपको माग छ, तर सरकारले यस वर्ष जम्मा ६ लाख खोप उपलब्ध गराएको छ । खोरेत रोगविरुद्वको खोप अभियानले लुम्बिनी प्रदेशलाई दुध र मासुबाट आत्मनिर्भर बनाउन सकिने पशु चिकित्सक लोकराज भुसालले बताए ।

चार वर्षदेखिको निरन्तर प्रयासपछि अहिले खोरतको संक्रमणमा कमी आएको डाक्टर प्रवेज आलम र पशु विकास अधिकृत हुमाकान्त पाण्डेयले बताए । खोरेत रोगविरुद्वको खोप अभियानलाई थप प्रभावकारी र व्यवस्थित गराउने उद्वेश्यले फोकल पर्सन र प्राविधिकहरुलाई बुटवलमा प्रशिक्षण दिइएको छ ।

लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मनत्रालय लुम्बिनी प्रदेशका १२ जिल्लाका फोकल पर्सन र प्राविधिक गरी ६० जनालाइ प्रशिक्षण दिइएको हो ।
एक दिने उक्त कार्यक्रममा खोरेत रोग र खोरेत रोगविद्वको खोपबारे सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका थिए ।

कृषि भूमि व्यवस्था मनत्रालय महाशाखाका प्रमुख घनश्याम चौधरीको अध्यक्षता र पशु विकास अधिकृत हुमाकान्त पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।