पशुपंक्षीको जातीय शुद्दता आवश्यक – विज्ञहरु

बुटवल, असार १३ गते । दुध र मासुमा लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन पशुपंक्षीको जातीय शुद्वता कायम गर्नुपर्ने कृषि तथा पशु प्राविधिकहरुले बताएका छन् । पशु पंक्षीमा जातीय शुद्वता ल्याउन सके लुम्बिनी प्रदेशलाई दुध, मासु र अण्डाबाट आत्मनिर्भर बनाउन सकिने कृषि प्राविधिकहरुको भनाइ छ ।

लुम्बिनी प्रदशे कृषि तथा भूमि व्यवस्था मन्त्रालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने पशुपंक्षी विज्ञ तथा प्राविधिक र पशु चिकित्सकहरुले पशु पंक्षीको जातीय शुद्वता कायम गर्ने विषयमा सरकारको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिलरले पशुपंक्षीको आनुवांशिक शुद्वताका लागि जातीय शुद्वता कायम गर्न प्रदेश सरकार प्रतिवद्व भएर काम गर्ने आश्वासन दिए ।

लुम्बिनी प्रदेशका कृषि सचिव यामनारायण देवकोछटाले पशुपंक्षीको उत्पादक वृद्विका लागि जातीय शुद्वता आवश्यक रहेको बताए । पशुपंक्षीको जातीय शुद्वता कायम भएमा लुम्बिनीलाई दुध, मासु र अण्डाबाट आत्मनिर्भर प्रदेश घोषणा गर्न सकिने बताए ।
पशुपंक्षीको जातीय शुद्वता कायम हुन सकेमा उत्कृष्ट नतिजा ल्याउन सकिने र प्रदेशलाई पशुपंक्षदेखि क्रमस कृषिमा आत्मनिर्भर बनाउन सकिने पशु तथा कृषि क्षेत्रका प्राविधिकहरुको भनाइ छ ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव तथा कृषि विज्ञ लोकनाथ पौडेल, पशु विकास अधिकृत डाक्टर माधव अर्याल, लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डाक्टर परवेज आलमलगायतले बोल्दै पशुपंक्षीको जातीय शुद्वताका लागि सरकारको ध्यान केन्द्रीत हुनुपर्ने र किसानहरु पनि सचेत हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेपालमा पशुपंक्षि स्रोत÷स्रोत केन्द्रहरुको अवस्था , नीति, नियम तथा मपादण्डको विषयमा यस्तै कार्यशालामा लुम्बिनी प्रदेशमा ब्रीड हर्ड÷स्रोतकेन्द्रहरुको अवस्था, भोगीरहेको समस्या , चुनौति र भावि दिशाको विषयमा लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनाल बुटवलका निमित्त प्रमुख डा. परवेज आलमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

ब्रिड उत्पादक किसान, समुह तथा सहकारी सहित प्रदेश, संघीय र स्थानीय तहका सम्बन्धीत मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यशालामा विषय विशेषज्ञहरुले पशुपंक्षिको आनुवांशिक सुधारका लागि गर्नुपर्ने कार्यको विषयमा सहजीकरण समेतगरेका थिए ।

कार्याशालामा केन्द्रीय पशु चिकित्सक डा. टंक प्रसाई, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका डा। जगदिश पाण्डेय, कृषि विकास निर्देशनालय बुटवलका निर्देशक रामप्रसाद पाण्डे, राष्ट्रिय पशु प्रजनन तथा अनुवांशिक अनुसनधान केन्द्र खुमलटारका डा. विना अमात्य, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार ललितपुरका दिपक अधिकारी, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरका राजु कडेल र महाशाखा प्रमुख अनिल मरासीनी, घनश्यमा चौधरी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखांची, दाङ, बांके, रुकुमम पूर्व, रोल्पा र बर्दिया जिल्लाबाट सहभागीता थियो ।