असार १५ र रोपाईको नाममा नाटक

श्यामलाल पोखरेल

असार १५ को नाटकले सबैलाई आर्कषित गरेको छ । २० औं राष्ट्रिय धान दिवस अर्थात असार १५ गते जे हुनुपर्ने थियो, त्यो नभएकाले असार १५ को नाटकप्रति सबै आर्कािषत भए । मानिस सकरात्मक रुपमा र नकरात्मक रुपमा आर्कषित हुन्छन् । असार १५ को नाटक मञ्चनबाट आमनेपाली नकरात्मक रुपले आर्कषित भए । मानो रोपेर मुरी फल्ने दिनमा किसानका नाममा भएका भद्वा मजाकका नाटक मञ्चनले के गर्नेलाई भन्दा……. देख्नेलाई लाज भयो ।

वास्तबमा राष्ट्रिय धान दिवसका दिन तिनै तहका सरकार, राजनीतिक दल र कृषिसंग सम्बन्धीत निकायले किसानका समस्या केके हुन् भनेर बुझ्नु पर्ने हो । किसनाका समस्याबारे चिन्तन मनन् गर्ने हो । तर त्यसो गरिएन । किसानहरुको नाममा पूर्वप्रधानमन्त्रीदेखि मन्त्री, सांसद, नेता, ठूलावडा कर्मचारी, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, वडाध्यक्षदेखि वडा सदस्यस र स्थानीय कर्मचारीहरुले आआफ्नो ठाउंमा असार १५ गते धान रोप्ने बाहाना बनाएर नाटक गरे ।

सामाजिक सञ्जालमा हेर्नपनि लाज लाग्ने गरी असार १५ र किसानको नाममा भद्वा नाटक मञ्चन गरी लाजमर्दो काम गरियो । लामो समय खडेरी परेर धान रोप्न नसकेका वास्तविक किसानका समस्या फरक थिए । किसानका लागि विउ, मलको सारै अभाव थियो । सरकारले सिंचाईको व्यवस्था गर्न सकेको थिएन र छैन । विउ, मलको अभावले किसान ठूलो समस्यामा छन् । खेतीपाती गर्ने बेला किसानलाई विउ, मल दिन नसकेर सरकार लाचार बनेको छ । अर्को तिर खेत रोप्ने बेला गाउंघरमा लम्की रोगले किसानका हल गोरु नै मरेका छन्, भने थुप्रै गोरु विरामी हुंदा किसान यतिबेला आफ्नै चिन्तामा छन् । किसानका समस्यामा परेको बेला सहयोग गर्ने बेला असार १५ मा नाटक गरियो ।

असार १५ गते खेत रोप्ने नाउंमा देशभर गरिएको नाटकले किसानलाई फाइदा होइन उल्टै घाटा लाग्यो । देशलाई पनि कुनै फाइदा भएन । पूर्वप्रधानमन्त्री केपी ओलीदेखि मन्त्री, सांसद, नेता, स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु सुकिला मुकिलाको भेषमा खेतमा गएर गरेको रोपाईको नाटकले किसानलाई घाटा लाग्यो, भने अनावश्यक रुपमा ठूलो धनराशी खर्च भयो र धान रोपाईको नाममा भ्रष्टाचार भयो । तीनै तहका सरकारमा धानरोपाईका लागि थुप्रै विल बढे । असार १५ गते किसानका खेतमा रोपाई भएको नाममा किसानलाई भजाएर खाने काम भयो । र तीनै तहका सरकारले असार १५ गतेको अनावश्यक नाटकलाई काम भएको सूचीमा राखेर बजेट पनि छुट्टाए ।

अधिकांस जिल्ला र स्थानीय तहमा असार १५ अर्थात राष्ट्रिय धान दिवसको नाममा लाखौलाख खर्च भयो । आम्दानी र उत्पादन भने शुन्य । वास्तविक किसानले काम गर्न पाएनन् । जनतन खाइनखाई जम्मा गरेको अर्नीपनि सुकुला मुकुलाहरुले खाइदिए । जसले गर्दा उल्टै घाटा लाग्यो किसानलाइ ।
किसानले रोपाई गर्ने बेला सबै भन्दा पुराना र फाटेका लुगा लगाएर रोपाई गर्न खेतमा जाने गर्दछन् । किनकी उनीहरुलाई राम्रा र नयां कपडामा हिलोमैला लाग्छ फाड्छन भन्ने चिन्ताले पुराना लुगा लगाएर रोपाई गर्न जान्छन् ति वास्तविक सिकान हुन् । तर असार १५ गते भने किसानका बाधकहरु नाटकीय ढंगले नयां – नयां लुगा लगाएर सुकिला मुकिला बनेर किसानका खेतमा फोटा र सेल्फी खिंचेर सामाजिक सञ्जालहरु रंगाए । जसले गर्दा किसानका नाममा नाटक गरेको संसारभर रहेका नेपालीले प्रष्ट देखे र रोजागारका लागि विदेश गएका र स्वदेशका सच्चा नेपालीले असार १५ को नाटकको घोरे बिरोध र भ्रत्सना गर्दै आपत्ती जनाएका छन् ।

पहिला– पहिला वास्तविक किसानहरुले खेतीपाती वा रोपाई गर्थे र खान पुग्थ्यो । अहिले किकसानलाई भजाएर खानेहरुले खेतीपाती वा रोपाई गर्न थालेपछि खान पुग्न पनि छोड्यो । पहिला– पहिला किसानले काम गर्थे र धानचामल विदेश निर्यात हुन्थ्यो । अहिले किसानलाई भजाएर खानेहरुले खेतीपाती वा रोपाई गर्न थालेपछि वार्षिक रुपमा करोडौको धान, चामल निर्यात गर्नुपर्ने भएको छ । फरक यत्तीमात्रै हो ।

सरकार र राजनीतिक दलका नेताहरुले कृषि प्रदान देश नेपाल भन्ने तर कृषिलाई सहुलियत नदिंदा देश टाट पल्टिएको छ । कृषि प्रदान देशमा वार्षिक रुपमा करोडौं करोडको अन्न बेसायर खानुपर्ने अवस्थाले अहिले सम्मका सरकारको नेतृत्व गरेको नेतृत्व र सरकार सञ्चालक दलका नेताहरु असफल भएकै हुन् ।

असार १५ गते अर्थात राष्ट्रिय धान दिवसका दिन सबै भन्दा बढी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भद्वा मजाक गरेर देख्नै लाज लाग्ने काम गरे । काठमाण्डौबाट सुरक्षाकर्मी र कार्यकर्ताको सयौंको संख्या बटुलेर चितवन आएर ओलीले किसानको खेतमा धान रोपेको नाटक गरे । किसानका नाममा बढी मजाक नै गरे । केही कार्यकर्ता र केही आसेपासे खुशी भए होलान् तर ओलीको त्यो नाटकप्रति बहुसंख्यक नेपाली रुष्ट बने । उनको कृषि र किसानप्रति नियत ठिक होला तर उनको त्यो काम गराई पटक्कै राम्रो भएन । गाडले पछाडीबाट छोपेर जबरजस्त खेत रोपेको दृष्य देख्दा ओलीको कामप्रति धेरैले राम्रो मानेका छैनन् । घुडासम्का जुत्ता लगाएर अघिपछि प्रहरी र कार्यकर्ताको बिचमा विवहा तथा कुनै धार्मिक कार्यक्रममा सहभागि हुने जस्तो पहिरनमा धान रोप्नुलाई देश दुनिया कसैले मन पारेको छैन, ओलीको त्यो नाटकलाई । ओलीले मात्रै नाटक गरेका छैनन् । ओलीको मात्र बिरोध गर्दा ओलीमाथि अपमान पनि हुन सक्छ । ओली पूर्वप्रधानमन्त्री र एमालेको अध्यक्ष भएकाले बढी ओलीको कुरा उठेको हो ।

यहां ओली जस्ता असार १५ अर्थात राष्ट्रिय धान दिवसलाई भजाएर खाने थुप्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद…… ले पनि अरुलाई छाता ओड्न लगाएर रोपाईको नाममा नेपाल र नेपालीको शीर झुकाउने गरी नाटक गरिन् । राम्रा राम्रा कपडा लगाएर मुखमा लाली पाउडर र लिपिष्टी लगाएर खेत रोपिन्छ माननीय ज्यू ? किसानको नाममा भजाउने र साथमा गाड राखेर खेत रोप्ने यस्ता सांसद, मन्त्रीहरुलाई कारवाही गर्नुपर्छ ।

राज्य, सरकार र राजनीतिक दलहरुको सहभागितामा गरिएको नाटकले उत्पादन घट्ने निश्चित छ । उनीहरुले मल र विउ नभएका सिकनाहरुलाई मल र विउ उपलब्ध गराउनु पर्दथ्यो । किसानहरुले पैसा तिरेर पनि अहिले मल र विउ नपाएको अवस्था छ । सिंचाई नहुंदा खेत बाजै छोड्ने अवस्था छ । तर यहां किसना, कृषिका नाममा नाटक गरिन्छ । लाखौलाख राज्यको ढुकुटी उडाइन्छ । अनी कृषि प्रदान हाम्रो दशे नेपाल भन्निछ ।

किसना र कृषिका नाममा रोपाइ जात्रा गरेर राज्यको ढुकुटी कोही बोल्दैन । नागरिक समाज कहांछ थाहा छैन ।

१७ असार २०८०