लेनिनवाद र लेनिनवादी कार्यशैली भनेको के हो ?

दुर्गानाथ खरेल

लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । सामान्य सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारा वर्गको अधिनायकतन्त्रको सिद्धान्त तथा कार्यनीति हो । यो माक्र्सवादको अरू विकसित रूप हो ।

माक्र्स, एङ्गेल्स र लेनिनबिचको सम्पूर्ण अवधि दोस्रो इन्टरनेसनलको अवसरवाद विरुद्ध निर्मम संर्घष चलाउने लेनिनको महत्त्वपूर्ण अभिभारा बनेको थियो । क्रान्तिका लागि मजदुर वर्गको तयारीको पुरानो अवधिको अन्त्य भएर पुँजीवादमाथि प्रत्यक्ष हमला गर्ने नयाँ अवधि सुरु भएको अवस्थामा लेनिनवाद फस्टाएर साकार बन्यो ।

साम्राज्यवादले पुँजीवादका अन्तरविरोधलाई अन्तिम सीमासम्म (चरम सीमासम्म) बढाउँछ र त्यो सीमा नाघेपछि क्रान्ति सुरु हुन्छ । ती अन्तरविरोधहरू (१) श्रम र पुँजीबिचको अन्तरविरोध या त आफूलाई पुँजीको दयाकृपाको भरमा राखेर पहिलै झैँ दुःखी जीवन झन् झन् तल खस्दै जाऊ या नयाँ हतियार अपनाऊ—यसरी साम्राज्यवादले मजदुर वर्गलाई क्रान्तिको पक्षमा ल्याउँछ । (२) विदेशी इलाकाबाट कच्चा पदार्थ ल्याउन सङ्घर्षरत वित्तीय समूह र साम्राज्यवादी शक्तिबिचको अन्तरविरोध दोस्रो हो । यसले सर्वहारा क्रान्तिका दिन नजिक ल्याउँछ । त्यो क्रान्तिको व्यावहारिक खाँचो पर्न जान्छ । (३) विश्वका करोडौँ औपनिवेशिक र पराधीन जनता र मुट्ठीभर शासक तथा सभ्य राष्ट्रबिचको अन्तरविरोध हो । यसले सर्वहारा वर्गको लागि साम्राज्यवादका जगेडा शक्तिबाट राष्ट्रिय चेतना जागृत भई सर्वहारा क्रान्तिको जगेडा शक्तिमा फेरिन्छ ।

रुसमा उठिरहेको विशाल जनक्रान्तिको नेतृत्व संसारको सबैभन्दा त्यसैले रुस लेनिनवादको जन्मभूमि बन्यो । त्यसैले लेनिन रुसी कम्युनिस्टको नेता बने ।

युद्धपूर्वको शान्तिपूर्ण अवधिमा दोस्रो इन्टरनेसनलका पार्टीहरूको क्रान्ति, सर्वहारावर्गको अधिनायकत्व, जनतालाई क्रान्तिकारी रूपले शिक्षित पार्ने जस्ता आवश्यक कामका बारेमा गम्भीरतापूर्वक सोच्ने विषयमा ध्यान गएको थिएन । त्यस्ता कार्यतरिकामा आमूल परिवर्तन ल्याएर क्रान्ति सम्पन्न गर्ने जिम्मा लेनिनको काँधमा आइप¥यो । त्यसैले लेनिनवादी तरिकाको उत्पत्ति र विकास भयो । सिद्धान्त र व्यवहारबिच खल्बलिएको एकतालाई फेरि स्थापित गरियो ।

दोस्रो इन्टरनेसनलका पार्टीहरूको नारा तथा प्रस्तावको आधारमा होइन, कामकारबाहीको आधारमा जाच्ने र सर्वहारा जनताको विश्वास प्राप्त गर्न योग्य बनाउने, सर्वहारा क्रान्तिका लागि जनतालाई तयार पार्न सम्पूर्ण पार्टीलाई क्रान्तिकारी आधारमा पुनर्गठित गर्ने, पार्टीका सच्चा नेताकार्यकर्तामाझ सर्वहारा पार्टीभित्र आत्मालोचना चलाउने, गल्तीबाट सिकेर आफूलाई प्रशिक्षित पार्न लगाउने आदि सिद्धान्तको परीक्षा व्यावहारिक परिणामद्वारा हुनुपर्छ ।

सिद्धान्तले व्यावहारिक क्षेत्रमा उठ्ने सवालका जवाफ दिनुपर्छ । क्रान्तिकारी सिद्धान्त कुनै जडसूत्र होइन, क्रान्तिकारी जनआन्दोलनको व्यावहारिक क्रियाकलापसित घनिष्ट सम्बन्ध कायम गरेर मात्र अन्तिम रूपधारण गर्दछ । क्रान्तिकारी व्यवहारसित अविछिन्न रूपले गाँसेर सिद्धान्तको निर्माण गरियो भने सिद्धान्तले र सिद्धान्तले मात्र आन्दोलनलाई विश्वास गर्ने, दिशाबोध गर्ने शक्ति र वर्तमान घटनाको भित्री सम्बन्धबारे समझदारी प्रदान गर्न सक्दछ । क्रान्तिकारी सिद्धान्त नभइकन क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।

स्वतःस्फूर्तताको सिद्धान्त आन्दोलनमा सचेत तत्त्वको भूमिकालाई कम पार्ने सिद्धान्त हो । सैद्धान्तिक मिथ्याकरणलाई खतम पार्नु पश्चिमा सच्चा क्रान्तिकारी पार्टी बनाउने पूर्वाधार हो । सर्वहारा क्रान्तिको सिद्धान्त पहिलो पुँजीवादी मुलुकभित्र सङ्कट तीव्र हुन्छ ।

मातृमुलुकको आन्तरिक सर्वहारा मोर्चामा विस्फोटक तत्त्व बढ्छन् । दोस्रो– औपनिवेशिक मुलुकमा सङ्कट तीव्र हुन्छ । बाह्य औपनिवेशिक मोर्चामा साम्राज्यवाद विरोधी विद्रोहका तत्त्व बढ्छन् । तेस्रो– साम्राज्यवादअन्तर्गत युद्धलाई हटाउन सकिन्न । यस क्रममा युरोपको सर्वहारा क्रान्ति र पूर्वको औपनिवेशिक क्रान्ति मिलेर एउटै संयुक्त विश्व मोर्चा बन्नु अनिवार्य छ । यी तीनओटा निष्कर्षलाई मिलाएर लेनिनले साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला हो भन्ने सामान्य निष्कर्ष निकाल्नुभयो ।

सर्वहारा क्रान्तिको साधनको रूपमा सर्वहारा वर्गको अधिनायकतन्त्रको पहिलो उद्देश्य सत्ताच्यूत शोषकको प्रतिरोधलाई चकनाचुर पार्ने र सर्वहारा क्रान्तिका उपलब्धिलाई सुदृढ पार्ने हो । दोस्रो उद्देश्य सर्वहारा क्रान्तिलाई चरम सीमासम्म बढाउने हो । क्रान्तिलाई समाजवादको पूर्ण विजयसम्म पु¥याउने हो । प्रत्येक क्रान्तिको आधारभूत सवाल सत्ताको सवाल हो । सत्ताच्यूत भएका पुँजीपतिवर्गका तागतका स्रोतमध्ये पहिलो स्रोत अन्तर्राष्ट्रिय पुँजी तथा सम्बन्धको तागत र स्थायित्व हो । दोस्रो स्रोत सुविधा, सम्बन्ध, सङ्गठन र प्रबन्ध अभ्यास, उच्च शिक्षा र प्राविधिकसँग एकता युद्धकला आदि हुन् । तेस्रो श्रोत– बानी र सानो उत्पादनको तागत हो । त्यसका विरुद्ध लामो र कठिन सङ्घर्ष गर्नुपर्छ । सर्वहारावर्गको अधिनायकत्व शोषक अल्पसङ्ख्यक माथि शोषित बहुसङ्ख्यकको अधिनायकतन्त्र हो । यो शोषक अल्पसङ्ख्यामाथि शोषित बहुसङ्ख्याको अधिनायतन्त्र हो । पहिलो शोषित बहुसङ्ख्याको प्रजातन्त्र हो भने अल्पसङ्ख्यक विरुद्ध परिलक्षित शासन हो । दोस्रो निष्कर्ष यसको उत्पत्ति पुँजीवादी राज्ययन्त्रलाई ध्वस्त पारेपछि मात्र हुन सक्छ ।

पुँजीवादी राज्ययन्त्रलाई ध्वस्त नपारिकन र नयाँ राज्ययन्त्र स्थापना नगरिकन सर्वहारा क्रान्ति असम्भव छ । मजदुर सिपाही र किसान प्रतिनिधिका सोभियतको गणराज्य उच्च प्रकारको प्रजातान्त्रिक संस्थाको रूपमा मात्र होइन बरु समाजवादतर्फ अत्यन्त पीडाहीन सङ्क्रमण प्राप्त गर्न सक्ने एक मात्र रूप हो ।

सर्वहारा वर्गले प्रत्येक किसान आन्दोलनलाई समर्थन गर्नुपर्छ भन्ने होइन । किसान वर्गलाई मजदुर वर्गको जगेडा शक्तिमा फेर्ने एक न एक रूपबाट सर्वहारा क्रान्तिमा सहयोग पुराउने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सर्वहारा वर्गको मुक्ति आन्दोलनलाई सघाउने किसानको आन्दोलनलाई सहयोग÷समर्थन पुराउनुपर्छ ।

रुसमा क्रान्तिबाट पुँजीपति वर्गको राजनीतिक शक्ति बढेन बरु घट्न गयो । त्यसको मुख्य जगेडा शक्ति किसान वर्ग गुम्न गयो । रुसमा पुँजीवादी जनवादी क्रान्तिले दसौँ लाख किसानलाई सर्वहारा वर्गको वरिपरि सङ्गठित पारिदियो । १९७१ को फेबु्रअरी क्रान्तिदेखि अक्टोबर क्रान्तिसम्मको आठ महिनाको परिस्थितिमा पुँजीवादी क्रान्तिबाट समाजवादी क्रान्ति सङ्क्रमणको लागि सुगम हुन गयो ।

त्यसैले रुसमा सर्वहारा वर्गको अधिनायतन्त्रको ढाँचा तयार पनि भयो । मेन्सेभिक र समाजवादी क्रान्तिकारीका मिठा शब्द र झुटा वाचाले साम्राज्यवादी र केडेटको नीति अवलम्बन गरेकाले मुलुकलाई ठिक बाटोमा बढाउन सक्ने एक मात्र सत्ता सोभियतको सत्ता भएको स्पष्टसँग बुझे । त्यही निष्कर्ष सत्य सावित भएकाले दसौँ लाख किसान र सिपाही सर्वहारा क्रान्तिको वरिपरि प्रत्यक्ष रूपले एकीकृत हुन लागेका थिए ।

पहिलो महत्त्वपूर्ण काम आफ्नो काम आफै गर्ने साना किसानलाई आफ्नो पक्षमा ल्याउन उदारता अपनाउने काम सोभियत रुसमा मात्र सम्भव छ । आर्थिक निर्माणका काम सुगम पार्न र अगाडि बढाउनु त्यसै गर्नुपर्छ । दोस्रो महत्त्वपूर्ण काम गर्न सोभियत सत्ता विद्यमान भएको र उत्पादनका मुख्य औजार र साधन राष्ट्रियकरण भएको अवस्थामा कृषिको विकास गर्न सहकारी संस्थामार्फत् बहुसङ्ख्यक किसानलाई समाजवाद निर्माणतर्फ तान्नुपर्छ ।

जातीय समस्या सर्वहारा वर्गको अधिनायकतन्त्रको समस्याको एक अङ्ग हो । प्रभुत्वशाली जातिका सर्वहारा वर्गले उत्पीडित तथा पराधीन जनताको जातीय मुक्ति आन्दोलनलाई दरो र सक्रिय रूपले समर्थन गर्नु आवश्यक छ । साम्राज्यवादलाई कमजोर पार्ने र त्यसको तख्ता पल्टाउने खालका जातीय आन्दोलनलाई सर्वहारा वर्गले समर्थन गर्नुपर्छ । जातीय अधिकारको सवाल सर्वहारा क्रान्तिको एक सामान्य समस्याको अङ्ग हो र यो सम्पूर्णको अधिनस्त रहन्छ । उत्पीडित मुलुकको जातीय आन्दोलनको मूल्याङ्कन अलग रूपमा होइन बरु विश्वस्तरमा गरिनुपर्छ । उत्पीडित जनताको मुक्ति आन्दोलन र सर्वहारा क्रान्ति पराधीन तथा औपनिवेशिक मुलुकका उत्पीडित जातिले साम्राज्यवादका विरुद्ध क्रान्तिकारी सङ्घर्ष चलाए मात्र थिचोमिचो र शोषणबाट मुक्ति पाउने छन् ।

विकसित मुलुकले सर्वहारा क्रान्ति र उपनिवेशको जातीय आन्दोलन दुवै एकजुट भएर साम्राज्यवाद विरुद्ध साझा मोर्चा बन्नुपर्छ । जुन जातिले अरू जातिको थिचोमिचो गर्छ, त्यो स्वतन्त्र रहन सक्दैन । जातिहरूबिचमा परस्पर विश्वास र भाइचारापूर्ण सम्बन्धको आधारमा मात्रै राजीखुशीले एक हुन सक्छ । विद्यमान परिस्थितिबाट अन्तर्राष्टवादमा पुग्ने र उपयुक्त लक्ष्य प्राप्त गर्ने अर्को कुनै बाटो छैन र हुन पनि सक्दैन ।

क्रान्तिको आधारमा पार्टीका सबै कामलाई पुनसङ्गठित पार्नु, जगेडा शक्ति तयार पार्नु र परिचालन गर्नु सर्वहारा वर्गसामुका नयाँ अभिभारा हुन् । सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहाराको नेतृत्व गर्न सक्ने अनुभवी पार्टी, जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थामा पनि आफ्नो बाटो पहिल्याउन सक्ने क्षमता भएको हुनुपर्छ । नयाँ पार्टीका विशेषताहरू पार्टीलाई साँच्चिकै मजदुरको अगुवा बनाउने हो भने पार्टी क्रान्तिकारी सिद्धान्तबाट र क्रान्तिसम्बन्धी नियमबाट सुसज्जित र दिक्षित हुनैपर्छ । यदि पार्टीले सर्वहारा वर्गको वर्गीय हितको स्तरसम्म आम जनताको चेतना उठाउन सक्दैन भने त्यो सच्चा पार्टी बन्न सक्दैन । सर्वहारा वर्गले नेतृत्व गर्न सके मात्र पार्टीलाई स्वतन्त्र राजनीतिक शक्तिमा फेर्न सकिछ ।

पार्टी मजदुरवर्गको राजनीतिक नेता हो । सर्वहारा वर्गले अधिकारी गणबिना झनै काम चलाउन सक्दैन । क्रान्तिकारी पार्टीबिनाको मजदुर वर्ग अधिकारी गणबिनाको सेना हो । पार्टी सर्वहारा वर्गको अधिकारी गण हो । यदि पार्टी र गैरपार्टी जनताको बिचमा सम्बन्ध छैन, गैरपार्टी जनताले पार्टीको नेतृत्वलाई मान्दैन तथा आम जनताको बिचमा पार्टीको नीति तथा राजनीतिक प्रतिष्ठा छैन भने पार्टीले वर्गको नेतृत्व गर्न सक्दैन । पार्टी मजदुर वर्गको एक अभिन्न अङ्ग हो । अगुवा र त्यसतर्फ आकृष्ट हुने आम जनताबिचको भेदलाई बिर्सनु र अधिकाधिक व्यापक जनसमुदायलाई उच्चतम स्तरमा उठाउने अगुवाको कर्तव्यलाई बिर्सनुको अर्थ आफैलाई धोका दिनु हो ।

पार्टीले वर्गसङ्घर्षलाई साँच्चिकै सञ्चालन गर्न चाहन्छ भने आफ्नो वर्गको सङ्गठित दस्ता पनि हुनैपर्छ । पार्टीमा अधिकारको स्थापना भइसकेको हुनुपर्छ । विचारको शक्ति अधिकारको शक्तिमा फेरिनुपर्छ । तल्ला निकायले माथिल्ला निकायको आदेश मान्नुपर्छ ।

एउटा केन्द्रबाट पार्टीको काम सञ्चालन हुनुपर्छ ।

पार्टी सर्वहारा वर्गको अधिनायकतन्त्र स्थापना नभएको ठाउँमा स्थापनाका लागि एउटा साधन हो भने अधिनायकतन्त्र स्थापना भइसकेको ठाउँमा सुदृढ तथा विस्तारित गर्ने साधन हो । त्यसको अर्थ दसौँ लाख सर्वहारालाई अनुशासन र सङ्गठनको भावनाले प्रेरित गर्नु आफ्नो एकता र अनुशासनले गर्दा बलियो रहेको पार्टी नभएमा ती कार्य पूरा गर्नु असम्भव छ । अधिनायकतन्त्रलाई स्थापित गर्न र कायम राख्नका लागि सर्वहारा वर्गलाई पार्टी चाहिन्छ । वर्ग बिलाइसकेपछि र सर्वहारा वर्गको अधिनायकतन्त्र लोप भएपछि पार्टी पनि लोप हुन्छ ।

फलामे अनुशासनको लागि सचेत तथा स्वेच्छापूर्ण आज्ञापालनको आवश्यकता छ । अत्यधिक केन्द्रीकृत ढङ्गबाट सङ्गठित रहेर सैनिक अनुशासनसहितको फलामे अनुसासन मान्य हुनुपर्दछ । केन्द्रीय सङ्गठन व्यापक शक्तिको प्रयोग गर्ने सबै पार्टीसदस्यको विश्वासप्राप्त एउटा शक्तिशाली र अधिकारिक निकाय हुनुपर्दछ ।

जसले सर्वहारा वर्गको पार्टीको फलामे अनुसाशनलाई अलिकति पनि कमजोर पार्छ, उसले वास्तवमा पुँजीपतिवर्गलाई सहायता पु¥याउँछ । पार्टीभित्र अनेकौँ केन्द्र रहन सक्दैनन् । विभिन्न नीतिको आधारमा बनाइएका तत्काल विघटन गर्ने र यो कुरा नमान्नेलाई पार्टीबाट बिनासर्त तत्काल निष्काशन नगरी हुन्न ।

पार्टीभित्र गुटबन्दीको स्रोत अवसरवादी तत्त्व हुन् । मजदुर अमिरको यो जमात आफ्नो रहनसहन र सम्पूर्ण दृष्टिकोणमा पुँजीपतिको नक्कल गर्दछ । कुनै उपायबाट निम्न पुँजीपति समूह पार्टीभित्र घुस्छन् । यस्ता तत्त्वहरू विरुद्ध निर्मम सङ्घर्ष चलाएर तिनीहरूलाई पार्टीबाट निकालेर पठाउनु साम्राज्यवाद विरुद्धको सफल सङ्घर्षका लागि एक पूर्वाधार हो । पार्टीले समयमा नै आफूलाई अवसरवादी फोहोरमैलाबाट मुक्त पार्न सकेको छ । अवसरवादीलाई निकालेपछि पार्टी बलियो बन्छ ।

कार्यशैली लेनिनवादी व्यवहारको विशेष खालका लेनिनवादी कार्यकर्ता पैदा गर्ने पाठशाला हो । यसले सिद्धान्त र व्यवहारको, पार्टी र राज्यको विशेष खालको कार्यकर्ता तयार पार्न मदत गर्छ । यसको विशेष लेनिनवादी कार्यशैली हुन्छ । यसका दुईओटा विशेषता छन् ः पहिलो– रुसी क्रान्तिकारी जोश हो । यसले विचारलाई प्रेरणा दिन्छ । कामलाई अघि बढाउँछ र अतितको बन्धनलाई चकनाचुर पार्छ ।

साथै ती सम्भावनाको ढोका खोल्छ । यसको अभावमा प्रगति हुन असम्भव छ । कम्युनिस्ट पार्टीको सदस्य रहेको व्यक्ति। जसलाई पार्टीबाट निकालेर पठाइसकिएको छैन, त्यसले कम्युनिस्ट आदर्श निकालेर सबै समस्या समाधान गर्ने ठान्दछ भने त्यो कम्युनिस्ट अहङ्कार हो । भड्किलो भाषाको प्रयोग कम गर्ने, कम्युनिस्ट निर्माणका सबभन्दा साधारण र महत्त्वपूर्ण तथ्यप्रति बढी ध्यान दिने लेनिनको आग्रह थियो ।

दोस्रो अमेरिकाली कार्यदक्षता हो । त्यसले काल्पनिक योजनाबाजी गर्दैन । अदम्य शक्ति हो र बाधा भन्ने जानेको छैन । व्यावहारिक लगनशीलताद्वारा बाधा पन्छाउँछ । सानै भए पनि एकपटक थालेको काम नसकी छाड्दैन । त्यसको अभावमा गम्भीर रचनात्मक काम पूरा गर्न सकिन्न । उपर्युक्त दुवै कडीलाई आपसमा गासेर सङ्कीर्ण व्यावहारिकता र सिद्धान्तहीन व्यवहारवादबाट मुक्त हुन जरुरी छ । यी दुईको संयोगबाट मात्र पक्का लेनिनवादी कार्यशैली पैदा हुन्छन् र तब मात्र काममा लेनिनवादी शैली पैदा हुन्छ ।