माक्र्सवादी दर्शनको मान्यता

गणेश आचार्य

दर्शन भनेको सिङ्गो जीवन र जगत तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पद्धती हो । यसले जीवन र जगतको अध्ययन कसरी र केका आधारमा गर्ने भन्ने कुरा सिकाउँदछ । दर्शन शास्त्रको पहिलो प्रगोग कर्ता युनानी दर्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसफि ९एजष्यिकयउजथ० शब्दको प्रयोग गरेका थिए । फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलन बाट फिलोसफि बन्यो । जसको अर्थ प्रेम, विवेक र विद्यानुराग हुन्छ ।

दर्शनलाई विभिन्न दार्शनिकहरुले भिन्न–भिन्न तरिकाले परिभाषित गरेका छन् । दर्शन यस्तो चीज हो जसको ज्ञान विना समग्र समाज, मानव जीवन, राजनीति, शिक्षा विज्ञान केही कुरामा सही दृष्टीकोण बनाउन सकिँदैन । एक भारतीय दर्शन शास्त्रीले दर्शन जगतको विषय बोध गर्ने मानव प्रयास हो भनेका छन् । हेगेलले दर्शन सत्यको वस्तुवादी विज्ञान हो भनेका छन् । रुसी दर्शन शास्त्री स्पीरिकिनले दर्शन सामाजिक चेतनाको एउटा विषेश रुप हो र चिन्तनको मौलिक शैलिमा आधारित हुन्छ । दर्शन विश्व दृष्टिकोणको सैद्धान्तिक गुदी होे भनेका छन् । पूर्वीय दर्शनको समेत गहन अध्ययन गरेका एक पश्चात्य दर्शन शास्त्रीले दर्शन चिन्तन पद्धति मात्र नभएर जीवन पद्धति पनि हो भनेका छन् । त्यस्तै अर्का एक पाश्चात्य विद्वानले दर्शन विज्ञान र धर्म बीचको विषय हो भनेका छन् । त्यसैगरी अर्का एक पाश्चात्य विद्वानले दर्शन हाम्रो विश्व दृष्टिकोण हो । विश्व र मानव जाति तथा विश्वमा मानवको स्थान वा बुभ्mने प्रयास हो भनेका छन् ।

द्वन्द्वात्मक भौतिकवादी दर्शनका प्रर्वतक कार्ल माक्र्सले दर्शन सस्कृतिको सजिव आत्मा हो । हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम वौद्धिक सारतत्व हो । यदी सच्चा दर्शन भएमा त्यो आफ्नो युगको वौद्धिक सारतत्व हुने बताएका छन् । यो सानो आलेखमा दर्शनका सम्पूर्ण कुरा उल्लेख गर्न सम्भव छैन । यहाँ सामान्य रुपमा माक्र्र्सवादी दर्शनको चर्चा मात्र गरिने छ । बितेको १९ औं शताब्दीका विश्वका क्रान्तिकारी दार्शनिक, आमुल सामाजिक परिवर्तनका प्रवर्तक एवं सर्वहारा वर्गको मुक्तिका मार्ग दर्शक जर्मनीका कार्ल माक्र्सको क्रान्तिकारी दर्शनलाई माक्र्र्सवादी दर्शन भनिन्छ । उनले आफ्नो ३० वर्षको उमेर पनि नपुग्दै विश्वलाई एउटा युगान्तकारी विचार, दर्शन र सिद्धान्त प्रकासमा ल्याइदिए । त्यो सम्पुर्ण मानव समाज, वर्माण्ड तथा प्रकृतिलाई हेर्ने, व्याख्या गर्ने र बदल्ने द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यो दर्शन यस भन्दा अघिका अरु सम्पूर्ण दर्शनहरु भन्दा जीवन्त, वैज्ञानिक, भिन्न, उन्नत सु–संगत र प्राकृतिक दर्शन हो ।

जर्मनीका दार्शनिक तथा क्रान्तिकारी नेता माक्र्र्सद्वारा प्रतिपादित दर्शन अर्थात माक्र्र्सवाद आज विश्वका सबै देशका शोषित उत्पीडित जनताको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । यो मानव समाजको मुक्ति, विकास र समानताको विज्ञान पनि हो । सभ्य, सुन्दर, समान र शोषणविहीन सु–सस्कृत समाज निर्माणको प्रतिकको रुपमा यो दर्शन रहेको छ । माक्र्र्स अरु दार्शनिकहरु जस्तो केवल कितावी दार्शनिक मात्र थिएनन् । उनले आफ्नो व्यक्तिगत जीवन व्यवहार र संघर्षमा उतारेका थिए । त्यति बेलाका मजदुर आन्दोलनहरु र क्रान्तिकारी राजनीतिक आन्दोलनमा निकट रुपमा जोडिने मात्र होइन् बैचारिक नेतृत्व नै गरेका थिए । उनका विचारहरु यतिधेरै प्रभावकारी र खतरनाक थिएकी सरकारलाई खुल्ला रुपमा चुनौति थियो । उनलाई कयौं देशका सरकारले ती देशबाट देश निकाला समेत गरेका थिए । उनले लेखेका लेख, किताव र विचारहरु माथि पनि प्रतिबन्ध थियो । देश निकाला गर्दा विभिन्न देशमा वस्दा उनलाई गरिबीले ज्यादै दुःख सहनु परेको थियो । उनले उपचार गर्न नसकेर आफ्ना धेरै सन्तानहरु पनि गुमाएका थिए । तर उनि सत्यताको विज्ञान र दर्शनबाट कहिले पछि हटेनन् ।
माक्र्र्सवादी दर्शन
माक्र्र्सवादी दर्शन सबैभन्दा विकसित तथा वैज्ञानिक भौतिवादी दर्शन हो । यो संसारका सबै वस्तु र घटनालाई तिनीहरुका गतिको द्वन्द्वात्मकतामा र विकासको ऐतिहासिक प्रकृयामा हेर्ने बुझ््ने तथा व्याख्या गर्ने र परिवर्तनका लागि बाटो देखाउने वैज्ञानिक विश्व दृष्टिकोण हो । अरु दर्शनले संसारको व्याख्या मात्रै गर्छन् भने यसले संसार परिवर्तन गर्ने मान्यता राख्दछ ।
माक्र्र्सवादी दर्शनका मान्यताहरु
हरेक दर्शनका निश्चित मुलभुत सिद्धान्त हुन्छन् । माक्र्र्सवाद एउटा क्रान्तिकारी वैज्ञानिक चिन्तन र एक नविन विश्व दृष्टिकोण हो । विश्वको भौतिक, दर्शनको पक्षधरता तथा सिद्धान्त र व्यवहार बीचको एकता माक्र्र्सवादी दर्शनको मुलभूत मान्यताहरु हुन् । माक्र्र्सवादका मुलभुत सिद्धान्त र मान्यतालाई निम्न बुँदामा थप व्याख्या गर्न सकिन्छ ।
१. द्वन्द्वात्मक भौतिकवाद
माक्र्र्सवादी दर्शनको केन्द्रीय भाव द्वन्द्ववादी भाव हो । अर्थात हरेक चीज निरन्तर गतिमा हुन्छ, विकसित हुन्छ र बदलिन्छ भन्ने हो । द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्नु भनेको कुनै घटना र वस्तुलाई गतिमा र परिवर्तनको प्रकृयामा हेर्नु हो । द्वन्द्ववादी पद्धतिबाट विश्लेषण गर्नु भनेको हरेक घटना र वस्तुमा सकरात्मक पक्ष र नकारात्मक पक्ष, जीवनशील पक्ष र मरणशिल पक्ष, सबल पक्ष र दुर्वल पक्ष, नविन पक्ष र पुरातन पक्ष जस्ता दुई पक्ष हुन्छन् भनेर विश्लेषण गर्नु हो । यसरी सम्पूर्ण कुरालाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्ने द्वन्द्ववादी विश्लेषण गर्ने दृष्टिकोण माक्र्र्सवादी मुल दार्शनिक दृष्टिकोण हो । यो नै सबै भन्दा प्रमुख मन्यता पनि हो । त्यसैले माक्र्र्सवाद द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण हो ।
२. परिवर्तनशीलता
माक्र्र्सले दर्शनको व्याख्या मात्र होइन सिङ्गो समाज र मानव जीवनलाई पनि परिवर्तन गर्ने कुरामा जोड दिए । त्योभन्दा अघिका दार्शनिकले संसारको विभिन्न कोण माक्र्सबाट व्याख्या मात्र गरेका थिए तर उनले बदल्ने कुरा अगाडि सारेर चिन्तन मै क्रान्ति ल्याइदिए । उनले समाज र भौतिक अवस्थामा मात्र होइन मान्छेको चिन्तन धारामा पनि परिवर्तन ल्याउने कुरा अगाडि सारे ।
३. श्रमजीवी वर्ग पक्षधरता
माक्र्र्सवादी दर्शनको आर्को मुलभूत मान्यता वर्ग पक्षधरता हो । उनको श्रमजीवी वर्गको पक्षधरताको मान्यता हो । माक्र्र्सवाद स्पष्ट रुपले सर्वहारा श्रमजीवी तथा उत्पीडित जनताको पक्षम खाडा भएको र तीनै वर्गको हितको प्रतिनिधित्व गर्ने दर्शन हो ।
४. व्यवहारवादिता
माक्र्सले मानव चिन्तनले वस्तुनिष्ट सत्यको वोध गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न शैद्धान्तिक नभएर व्यवहारिक प्रश्न हो । मानवले आफ्नो चिन्तनको सत्यता व्यवहारमा प्रमाणित गर्नुपर्छ भनेका छन् । यही भनाईबाट पनि माक्र्सले सिद्धान्त र व्यवहार विच अभिन्न एकता हुनुपर्नेमा र सिद्धान्त व्यवहारसँग जोडिने कुरामा जोड दिएको प्रष्ट हुन्छ । त्यसैले यो केबल सिद्धान्त मात्र होइन । सिद्धान्त र व्यवहारको अभिन्न एकता भएर व्यवहारवादिता यसको विषेता हो ।
५. जनसार्वभौमसत्ता र राज्यसत्ता विनाको नया“ समाज
माक्र्सको राजनीतिक दर्शन आर्थिक सामाजिक अधिकारसहितको लोकतन्त्र, राजनीतिक सत्ताको अन्त्य, जनसार्वभौमसत्ता र समानतासहितको स्वतन्त्रता स्थापना गर्नु हो । उनले राजनीतिक मुक्ति र मानविय मुक्तिका बीच आधारभूत भिन्नता रहेको निष्कर्ष निकाले र मानवीय मुक्ति राजनीतिक जगतमा मात्रै प्राप्त हुन सक्दैन । यसले आर्थिक सामाजिक व्यवस्थामा क्रान्तिकारी रुपान्तरणको माग गर्दछ भन्ने धारण अगाडि सारे ।
माक्र्र्सवादी दर्शनका पक्षहरु
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद माक्र्र्सवादी दर्शनका यी दुई पक्ष हुन । त्यसैले यसलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन पनि भनिन्छ । यसलाई निम्न अनुसार परिभाषित गर्न सकिन्छ ।
१. द्वन्द्वात्मक भौतिकवाद
द्वन्द्वात्मक भौतिकवाद पदार्थमा अन्तर्निहित द्वन्द्वात्मक गतिलाई प्रकृति, जीवन, समाज र चिन्तनको उत्पती, विकास र परिवर्तनको मुल कारण एवं आधार मान्ने दृष्टिकोण हो । यो वस्तुगत जगत र मनोगत जगतका बीचमा द्वन्द्वात्मक सम्वन्ध हुन्छ । मनोगत जगत वस्तुगत जगतमा आधारित हुन्छ भने मनोगत जगतले वस्तुगत जगतमा क्रिया गर्छ भन्ने मान्यता राख्ने वा सिद्धान्त र व्यवहारका बीच निरन्तर अन्तत्र्रिmया भैरहन्छ र यिनीहरु दुवै निरन्तर विकास र परिवर्तनको प्रकृयामा हुन्छन् भन्ने दार्शनिक दृष्टिकोण हो । माओका अनुसार द्वन्द्वात्मक भौतिकवाद विश्व व्रहमाण्डको विकासको नियम सम्बन्धी मानव ज्ञानको समग्र इतिहासमा रहेका दुई अवधारणा मध्य एक हो । लेनिनका अनुसार द्वन्द्ववाद विपरित तत्वहरुको एकताको सिद्धान्त हो । एंगेल्सका अनुसार द्वन्द्ववाद ऐतिहासिक विकासका दुई पक्ष (प्रकृति र मानव समाज)का साथै चिन्तनका अति सामान्य नियमहरुको विज्ञान हो ।
द्वन्द्ववादका मुल नियम
दर्शनमा नियम भन्नाले कुनैपनि घटना वा वस्तुको अस्तित्व र विकासमा निर्णायक भूमिका खेल्ने स्थायी एवं दोहोरी रहने आवश्यक आन्तरिक सम्बन्धहरुलाई बुझिन्छ । ती नियमहरु सार्वभौम चरित्रका हुन्छन र कुनै एउटा खास क्षेत्रमा सीमित नभई समाज प्रकृति र विचारका सबै क्षेत्रमा लागु हुन्छन । जसलाई निम्न बँुदामा थप परिभाषित गर्न सकिन्छ ।
१. मात्रात्मक परिवर्तनबाट गुणमा रुपान्तरणको नियम
अस्तित्वमा रहेका सबै वस्तु, घटना र प्रक्रियाहरु गतिशील छन् कोही स्थीर छैन् । तिनीहरु सबै परिवर्तनको प्रवाहमा प्रवाहित छन् । ती सबै परिवर्तनहरु सुरुमा मात्रात्मक हुन्छन र त्यसको रुप, आकार र अवस्थामा वदलावट हुँदा गुणत्मक रुपमा परिवर्तन भएका हुन्छन् ।
२. प्रतिपक्षको आक्रमनको नियम
पदार्थका सबै रुपहरुमा मेल र वेमेलका पक्षहरु हुन्छन तिनीहरु भिन्न–भिन्न र विपरित दिशामा क्रियाशील हुन्छन् । यही मेल र वेमेल तथा भिन्न–भिन्न र विपरीत दिशामा क्रियाशिल रहने पक्षहरु नै प्रतिपक्ष वा विरोधी पक्षहरु हुन् । मेल र वेमेलको यो अवस्था पदार्थको सर्वव्यापी गुण हो । जस्तो कि भौतिक पदार्थका हरेक परमाणुमा ऋणात्मक र धनात्मक विधुत धारा भएका इलेक्ट्रोन र प्रोटोन हुन्छन, कण र प्रतिकर्ण हुन्छन् । चुम्वकमा उत्तरी धु्रव र दक्षिणी धुर्व हुन्छन् । यस्तै प्रकृति र समाज बीचको अन्तक्र्रियाबाट भौतिक मूल्यहरुको सृजना हुन्छ । उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । शोषक र शोषित वर्गहरु बीचको द्वन्द्वात्मक सम्बन्धबाट वर्गीय समाजका विभिन्न रुपहरुको निर्धारण हुन्छ । आर्थिक, सामाजिक, वैचारिक र राजनीतिक जीवनको हरेक क्षेत्रमा नयाँ र पुरानाहरु बीचको संघर्षबाट समाज विकासको गति अगाडि बढ्दछ ।
३. निषेधको निषेध
निषेधको निषेध वस्तु वा घटनामा प्रतिपक्षहरुको अन्तर्गमनमा हुने गुणत्मक परिवर्तनको प्रकष्टीकरण हो । निषेध हुँदा पुरानो लोप हुन्छन र नयाँ प्रकट हुन्छन् । निषेध हँुदा पुरानो मुल चारित्रको त्याग हुन्छ र नयाँ मुल चरित्र ग्रहण हुन्छ । निषेध विकासको पुरानो चरण र नयाँ चरण बीचको सम्बन्धको कडी हो । विकासको अविछिन्नता र विच्छिन्नता बीच द्वन्द्वात्मक एकताको कडी हो । एंगेल्सले विकासको आरोही रुप भनेका छन् ।
ऐतिहासिक भौतिकवाद
ऐतिहासिक भौतिकवाद समाजलाई विकासको गति र ऐतिहासिक प्रकृयामा हेर्ने, बुझ््ने तथा व्यवहारमा गर्ने र बदल्नका निम्ति बाटो देखाउने दर्शन हो । यसका अनुसार समाज भनेको मानवीय जीवन निर्वाहका लागी आवश्यक पर्ने भौतिक साधनहरुको उत्पादन गर्ने शीलशीलामा मानिसहरु एक आपसमा मिलेर बस्न र काम गर्न थालेपछि निर्माण भएको आर्थिक सामाजिक संरचना हो ।
समाज विकासका नियमकहरु
ऐतिहासिक भौतिकवादका अनुसार समाज विकासको मुख्य आधार उत्पादक शक्तिको विकास हो । ऐतिहासिक भौतिकवादले इतिहासको अमुर्त होइन मुर्त व्याख्या गर्छ । यसले इतिहासका चालक नियमको व्याख्या गर्छ । इतिहासका चालक नियम भनेका समाज विकासकोे ती नियमहरु हुन् । जसलाइ निम्न बुँदामा व्याख्या गर्न सकिन्छ ।
१. भौतिक उत्पादनको निर्णायक भुमिका हुन्छ ।
जीवनको अभिन्न सन्बन्ध भोजन, पानी, आवास र पोशाक सँग हुन्छ । त्यसैले यी आवश्यक्ताको परिपूर्ति गर्ने साधनहरुको उत्पादन गर्नु प्रथम ऐतिहासिक कार्य हो ।

२. आधार अनुरुपको संरचना
समाजको आधार आर्थिक उत्पादन प्रणाली हो । त्यसैले आर्थिक आधार जस्तो हुन्छ, त्यसै अनुरुपको संरचना बन्दछ । मानिसले आधार जस्तो बनाउँछ, अरु सामाजिक, राजनितिक सम्बन्ध पनि त्यही प्रकारको हुन्छ । सामाजिक सम्बन्धहरु उत्पादक शक्तिसँग घनिष्ठ रुपमा जाडिरहेका हुन्छन । उत्पादन पद्धतिमा पारिवर्तन गर्दा जीविकोपार्जनको तरिकामा पनि परिवर्तन आउँछ । यसले सारा सामाजिक सम्बन्धलाई पनि परिवर्तन गर्दछ ।
३. वर्गीय समाज परिवर्तनको मूल सम्वाहक वर्गसंघर्ष हो ।
माक्र्स र एंगेल्सका अनुसार आजसम्म अस्तित्वमा आएका सबै समाजको सम्पूर्ण लिखित इतिहास वर्गसंघर्षको इतिहास हो । वर्गीय समाजको मुल विभेद वर्गीय विभेद हो । अन्य विभेद सहायक वा गौण हुन् । वर्गीय विभेद अन्त्य गर्ने मुल माध्यम वर्गसंघर्ष हो ।
४. अस्तित्वद्वारा चेतनाको निर्धारण हुन्छ ।
भौतिक परिवेशले चिन्तनको निर्माण र विकासलाई आधार प्रदान गर्दछ । माक्र्सका अनुसार मानिसको चेतनाले उनिहरुको अस्तित्व निर्धारण गर्ने होइन बरु उनीहरुको भौतिक अस्तित्वले चेतनाको निर्धारण गर्दछ । त्यसैले चेतनाको आधार भौतिक अस्तित्व हो ।
५. इतिहासका निर्माता श्रमजिवि जनता
श्रमजिवि जनताले मानविय जीवन निर्वाहका वस्तु वा साधनको उत्पादन, भौतिम संरचना निर्माण, श्रमका औजारको निर्माण र परिमार्जन, वौद्धिक मुल्यहरुको सृजना, सामाजिक–राजनितिक संगठन निर्माण परिचालन तथा परिवर्तनका निम्ति संघर्ष सञ्चालन जस्ता कार्यहरु गरेर समाज र समाजको इतिहास निर्माण गर्ने कार्य गर्दछन् । त्यसैले उनिहरु नै इतिहासका निर्माता हुन् ।
६. निष्कर्ष
दर्शनको अध्ययन बेगर सही दृष्टिकोण निर्माण हुन सक्दैन । माक्र्र्सवादी दर्शन सही दृष्टिकोण निर्माण गर्ने मुख्य साधन हो । दर्शन वा माक्र्र्सवादी दर्शनको बारे यो सानो आलेखमा व्याख्या गरेर सकिने विषय होइन । यो वृहत विषय हो । यहाँँ निकै संक्षिप्त रुपमा यसलाई परिचित गराउने कोशिस मात्र गरिएको छ ।