क्यान्सरदेखि एमफिल सम्म
मुकुन्दराज पोखरेल
२०७१ साल फाल्गुन ८गतेका दिन मेरो क्यान्सरको समस्या समाधानका लागि केमोथेरापी चढाउनु पर्ने भयो ८ फाईल मध्ये पहिलो फाईल दिनको ४ बजे देखिसुरू भयो। करिब ८ घण्टा समयावधि लाग्ने रहेछ, एक फाईल केमोथेरापी दिंदा मलाई केमोथेरापी चढाउनु भन्दा अगाडि मेरो विस्ताराको सामुन्ने करिब करिब ३४÷३५ वर्षका व्यक्ति जो करिब करिब ५० वर्ष काटिसकेको जस्तो देखिने वारा वा पर्सा जिल्लाको बासिन्दा रहेछन्। उनका साथी सहयोगी र आफन्तका बीचमा उनको औषधोपचारको बारेमा छलफलमा चलिरहेको थियो। मैले बडो सचेत पूर्वक उनीहरू बीचको अन्तरसम्वादलाई मनन् गरिरहेको थिएँ। त्यहां अब बिरामीलाई के गर्ने कसो गर्ने भन्ने बहस चलिरहँदा निकै रमाईलो लागि रहेको थियो मलाई पनि। मेरो भाई संकर पनि सो कुरा सुनिरहेका रहेछन् ।
म मेरो पनि हालत त उनको जस्तै हुने कुरामा पुरा आशावादी थिएँ। त्यसैले पनि मेरो ध्यान बढी आकर्षित थियो उनीहरु बीचको अन्तरसम्वाद प्रति। उनको बारेमा कुनै पनि विरामीको बारेमा चार तरिकाले सूचीत गराउंदा रहेछन् पहिलो तरिका तपाईलाई केही भएको छैन, दोश्रो तरिका उपचार गराउंदा निको हुन्छ, तेश्रो तरिका भनेको उपचार गराउंदा निको हुने सम्भावना पचास प्रतिसत र चौथौ तरिका भनेको चांही अब उहांलाई निको हुदैन जेजे खान माग्र्नु हुन्छ सबै खानदिनु, आफन्त इष्टमित्र बन्धुबान्धव जजसलाई भेट गराउनु पर्नेछ सबैसंग भेट गराउनु निको हुंदैन अनावश्यक खर्च नगर्नुस् तर विरामीलाई यो कुराको कुनै जानकारी नदिनुहोला भनि सल्लाह दिएको कुरा मेरो कानमा गुन्जियो। अनि उनिहरु विरामीलाई घर लैजाने सल्लाहमा पुग्नुभयो। अनि सोही अनुसार तयारी गर्न लाग्नुभयो।
अनि म सो संवादलाई मनन् गर्दै कतै मेरो अबस्था पनि त्यस्तै हुने होकी भन्ने भुतले मेरो मानसपटलमा अड जमाई सकेको थियो। करिब ४ बजेको हाराहारीमा मेरो केमोथेरापी चढाउन शुरुवात भयो। जब मेरो शरिरमा केमो प्रवेश गर्यो तब मेरो दुखाइ निकै टाढा हुन पुग्यो। जब केमो चढाउन शुरुवात भयो तबदेखि अस्पतालमा कार्यरत नर्सहरु समयसमयमा आई पिसाब कति फेर्नु भयो पानी कति खानु भयो भनी हरेक घण्टामा आई पिसाबको नापेर जाने गर्थे। किन यसो गर्नु परेको भनि सोध्दा केमोले मृगौलामा असर गर्दछ भन्थे । उनीहरूको कडा निगरानी हुने भएकोले पानीको मात्रामा कमी आउनबाट बचाउन पानी उनीहरूको भनाइ अनुसार खान मनगर्नै पर्ने भयो।
फागुन ८ गते ४ बजेदेखि शुरु भएको केमोथेरापी करिब करिब ८ घण्टाको समयमा पुरा भयो। केमोले मेरो शरिरमा विभिन्न प्रकारका लक्षणहरू देखा पर्छन् भनेर डाक्टरले भन्नु भएको थियो। तेश्रो फाईल केमोथेरापी दिंदासम्म ज्वरो आउने,उल्टी हुने, पखाला लाग्ने,गोटा पर्ने, मुखमा घाउ हुने, कपाल झर्ने जसले गर्दा कपाल नआउने, आएपनि कालो, रातो, तथा खैरो आउने हुन सक्छ भन्नु भएको थियो । तर मलाई केमो चढाउदै गर्दा खासै कुनै असर देखा परेन ।
अर्को दिन करिब ४ बजे तिर केमो चढाएर सकियो अनि म डिस्चार्ज भएर घरतिर लाग्यौ रातको १२ तिर हामी घर पुग्यौं । अर्को दिन राती १२ बजेतिर उल्टी शुरु भयो करिब १२ घण्टा जती चलिरहयो । तर ज्वरो चाही आएन तर पनि डाक्टर जया श्रेष्ठलाई फोन गरी जानकारी दिए अनि उहांले न्चबलमष्गm ज्ञःन खानु भन्नु भयो अनि मुखमा खटिरा आएमा तुरुन्त नै फिजिसियनलाई देखाई औषधि उपचार गर्नुहोला भन्नु भयो। नभन्दै अर्को दिन मुखमा कुनैपनि चिज हाल्न नमिल्ने गरी घाउ भयो अनि म डाक्टर सुदर्शन थापासंग भेटी औषधि उपचार गरेर केही विशेक भयो । यो क्रम निरन्तर चलिरहयो ।
फागुनको २५ गते मेरा मित्र सह्रदय सहप्राध्यापक लीलबहादुर केसी मेरो घरमा आउनु भयो। नेपाल सरकारले उपलब्ध गराउने १ लाख जति आर्थिक सहयोग गर्दो रहेछ त्यसको लागि आएको हुं भन्नुभयो । सोको लागि नागरिकताको प्रमाणपत्र र अस्पतालको रोगको विवरण उल्लेख गरिएको प्रिस्कृप्सन आबश्यकता पर्दोरहेछ। अति विपन्न नागरिक औषधि उपचार निर्देशिका २०६७ अनुसार औषधि उपचार वापत आर्थिक सहयोगका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको अनिवार्य रहेछ। सो प्रक्रियाको लागि आबश्यक कागजात मिलाई दिनु भै छोरी सरितालाई अर्थाउनुभयो । त्यसक्रममा लिला सरलाई मेरो रोग पहिलो चरणको होला भनेको त तेश्रो बी पो रहेछ भन्नुभयो र मलाई निको हुने कुरामा मायां मारेर सान्त्वना दिई जानु भयो। अनी उहांले काका माधब पोखरेलाई मेरो बारेमा वास्तविकता बताई दिनु भएछ । अनि हस्यांफस्यांग गर्दै दुबैजना भेट गर्न आउनु भयो। सबैकुराको जानकारी भाई गोपाल पन्थी, कान्छी साली कृष्णा र घर परिवारका सदस्यसँग सल्लाह गरी फर्कनु भयो। जिल्ला जनस्वास्थ्य कार्यालयबाट साथी कृष्ण रिजालले २७ फागुनमा ल्याईदिनु भयो भने मैले चैत १ गते पाएं । क्रमशः