नांसोका रुपमा पुर्खाहरुले छोडेका पोखरी संकटमा

श्यामलाल पोखरेल
        बुटवल, कार्तिक १९ गते । पहाडी क्षेत्रका गाउं घरका पोखरीहरु अहिले प्रयोगमा छैनन् । गाई भैसी तथा चौपायांलाई पानी खुवाउनका लागि खनिएका पोखरीहरु अहिले प्रयोग बिहिन छन् । नवपाषण युगदेखि गाउं घरमा प्रयोग हुंदै आएका पोखरीहरु अहिले २१ सौं सताब्दीमा आइपुग्दा प्रयोगमा नआएपछि पुरिदै गएका छन् ।

पुर्खाहरुले पशुपालन शुरु गरेसंगै नवपाषण युगमा गाउं घरका चौरहरुमा पानी पोखरी खनेर पशुलाई पानी खुवाउन शुरु गरेका थिए । पशुपालन शुरु गरेपछि हाम्रा पुर्खाहरुलाई आत्मर्निभर बनाएका तिनै पोखरीहरु अहिले पशुपालनमा कमी आएपछि प्रयोग बिहिन भएका हुन् ।

नेपाल कृषि प्रदान देश भएपनि पहाडी जिल्लाको गाउं घरमा बस्ने मानिसले कम मात्रमा गाई भैसी पाल्न थालेपछि पोखरीहरु प्रयोगमा नआउंदा पुरीदै गएका हुन् । पहाडी क्षेत्रबाट ठूलो संख्यामा बसाई– सराई भएकाले केही वर्ष यतादेखि पशुपालनमा कमी आउंदा पनि गाउं घरका पोखरीहरु प्रयोगमा आएका छैनन् । प्रयोगमा नआउंदा पोखरीहरु माटोले पुरिएको र घांस उम्रेको अवस्थामा देख्न सकिनछ । आधुनिकता र गाउं घरमा विकासले पहिले भन्दा अहिले फड्को मारेकाले पशुपालका लागि घरघरमा पानिका धारा पुगेका कारण पनि पोखरीहरु प्रयोगमा नआउंदा पुरिदै गएका हुन् ।

प्यूठानको गौमुखि गाउंपालिका भित्रका सबै पोखरीहरु अहिले प्रयोग नहुंदा पुरिदै गएको स्थानीय ज्ञामुराम न्यौपानेले बताए । गौमुखि गाउंपालिकाको विभिन्न गाउं वस्तीमा ५ सय बढी पोखरी छन् । ति सबै पोखरी अहिले पुरिदै गएका छन् । धार्मिक तथा सांस्कृतिक रुपले परापूर्व कालका ऐतिहांसिक पोखरीहरु संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ज्ञामुराम न्यौपाने । गौमुखि गाउंपालिका पूजांको गोद्रे चौरको ३ सय वर्ष अगाडी खनिएको पोखरी पनि प्रयोगमा नआउंदा जीर्ण अवस्थामा छ । प्यूठानको गौमुखिमा मात्र हैन देशका सबै पहाडी जिल्लामा रहेका पोखरीहरु प्रयोगमा नआउंदा पुरिदै गएका छन् ।

पहिला गाउंघर जांदा मनमोहक रुपमा देखिने पोखरीहरु अहिले देख्न पाइदैन । पहिला धर्म कमाउन, सन्तान प्राप्त गर्न वा कृति राख्न पोखरी खन्ने चलन थियो । अहिले त्यो पनि हराउंदै गएको छ । आजकल पोखरी खन्ने प्रचलन हराउंदै गएको छ, भने पशुहहरु पाल्ने चलन पनि हराउदै गएको छ । जसले गर्दा पोखरीहरु पुरिदै गएपछि गाउंघर पनि उजाड जस्तै देखिन थालेको छ ।

नवपाषण युगदेखि प्रयोगमा आएका पोखरीहरुको लामो इतिहांस बोकेका पोखरीहरु नयां पुस्तालाई हस्तानत्रण गर्नका लागि संरक्षण गर्नुपर्ने बताउछन् ईतिहांस विद् डाक्टर गितु गिरी ।

पहिला पोखरी आसपास गोठाला र गाईवस्तु भरिभराउ देखिन्थे । आजकल पोखरीहरू रित्ता र सुनसान बनेकाले गाउं घरका पोखरीहरु कतै पुरिएका छन्, भने कतै अतिक्रमण भएर समाप्त भैरहेका छन् ।
पोखरी हाम्रा ऐतिहासिक सम्पदा र पुर्खाहरुले छोडेका सम्पतिको रुपमा छोडेका नासो तथा ऐतिहांसिक चिनोहरु हुन् पोखरीहरु । संरक्षणको पर्खाइमा रहेका पोखरीहरु संरक्षण गरी नयां पुस्तालाई हस्तान्त्रण गर्न आवश्यक छ ।