बजारमा कौशी खेती फस्टाउंदै, कौशी खेतीबाट गौतम उत्साहित

बुटवल, मंसिर ११ गते । बुटवलका गणेश गौतमले तरकारीका लागि कौशी खेती गर्न लागेको ५ वर्ष बढी भयो । राजनीतिकर्मी गणेश गौतमले विगत पांच वर्ष यतादेखि सांझ बिहानको समय कौशी खेतीमा बिताउने गरेका छन् ।

राष्ट्रिय जनमोर्चा लुम्बिनीका कोषाध्यक्ष गौतमले पार्टीको काम बाहेक अन्य सबै समय कौशी खेतीमा बिताउने गरेको बताए ।उनको आजभोली कौशी खेती दिनचार्य जस्तै भएको छ, गशेण गौतमको । कौशी खेतीबाट सिजन अनुसारको सबै प्रकारका तरकारीहरु उत्पादन गरेर जीविका निर्वाह चलाएका छन् । तरकारसंगै घरको छतमा विभिन्न प्रकार फूलसमेत उत्पादन गरेका छन् । साग, काउली, सेवी, कुरीलो, खुर्सानी, पदिना, धनिया, पदिनो, कागती, डिडालु, आंप, बेलाउती, स्टबेरी, मेवा, उंखु, बोजोलगायत खाने वस्तु उत्पादन गरेका छन्, गशेण गौतमले ।

 

तरकारी किन्दा महङो पर्ने र ताजा तथा गुणस्तरीय तरकारी नपाएपछि पांच वर्ष अघिदेखि कौशी खेतीबाट मौसम अनुसारका सबै प्रकार तरकारी उत्पादन गरेका गणेश गौतम एउटा पात्र मात्रै हुन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, भैरहवा क्षेत्रमा धेरै मानिसले काशै खतीबाट तरकारी उत्पादन गर्न थालेका छन् ।

 

पछिल्ला केही वर्ष यतादेखि बजार क्षेत्रमा बसोवास गर्ने मानिस कौशी खेतीमा आर्कषित हुन थालेका छन् । घरको छत र ब्राण्डमा मौसम अनुसारका तरकारी लगाएर गर्जो टार्नेहरुको संख्या बजार क्षेत्रमा बढ्दै गएको छ । बजारमा तरकारी खेतीका लागि जग्गाको अभाव र सानो क्षेत्रमा बनाईएका घरहरुमा कौशी खेती गर्न थालिएको हो ।
गाउंमा भन्दा बजारमा तरकारीमा बढी खर्च हुने भएपछि मानिसहरु कौशी खेतीमा आर्कषित भएको देखिन्छ । बजारको बसाई आफैमा महङो हुने भएकाले पनि कौशी खेतीप्रति बजारका मानिस आर्कषित भएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बजार क्षेत्रमा मौसम अनुसारका तरकारी उत्पादनका लागि कौशी खेतीले बढी प्राथमिकता पाएको हो । महङीसंगै आर्थिक मन्दी भएपछि बुटवलमा कौशी खेतीप्रति मानिस बढी आर्कषित भएका छन् । .कौशी खेतीका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले किसानलाई तालिम र विउ मलको व्यवस्था गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले बुटवल कौशी खेती प्रवद्र्वन समिति नै गठन गरेर कौशी खेती गर्नेहरुलाई कृषि तालिम दिंदै आएको छ । बुटवल उपमहानगरले वडा नम्बर १ देखि १३ वडाको लागि वार्षिक नीति तथा कार्यक्रममा कौशी खेतीलाई प्राथमिकता दिएको छ । कौशी खेतीका लागि माग अनुसार सहयोग गरिने बुटवल उपमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जीसीले बताउनुभयो । कृषि शाखा प्रमुख सन्तोष जीसीका अनुसार कौशी खेतीका लागि बुटवलमा १ हजार ९८ जनालाई कृषि तालिम दिईएको छ ।

कौशी खेतीका लागि घरकै फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्न सकिन्छ । मेहेनत गर्नेहरुका लागि मलको पनि अभाव नहुने र घरखर्चका लागि गर्जो पनि टर्ने भएकाले बजारमा मानिस कौशी खेतीप्रति आर्कषित हुंदै गएका छन् ।