एन्टीबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा असर

बुटवल, मंसिर १५ गते । जथाभावी एन्टीबायोटिकको प्रयोगले मानव स्वास्थ्यमा असर पुराएको सरोकारवाला निकायका जानकारहरुले बताएका छन् । पछिल्लो समयमा जथाभावी पशुपंक्षीमा प्रयोग भएको एन्टीवायटीकले मानव स्वास्थ्यमा हानी पुराएको बताए । एन्टीबायोटिक रेजिष्टेनको मात्रा बढ्दै जांदा भविश्यमा गम्भीर समस्या आउने भएकाले अब जथाभावी एन्टीबायोटिक प्रयोग नर्गन आग्रह गरेका छन् ।

पशुपंक्षी तथा मत्स्य विकास निर्र्देशनालय बुटवलको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा बुटवलमा आयोजित प्रतिजैविक प्रतिरोध विषयक गोष्ठीमा बोल्ने सहभागीले एन्टीबायोटिकले मानव जीवन गम्भीर संकटमा परेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्ववय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले सरकारले एन्टीवायोटिक बिक्रि वितरण र प्रयोगमा रोक लगाउनु पर्ने बताए ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. प्रवेशसिंह कुंवरले कार्यपत्र प्रस्तुत गर्दै सबै भन्दा ठूलो मानव स्वस्थय भएको उल्लेख गर्दै एन्टवायोटिकको प्रयोगमा सावधानी अपनाउनुको अर्को विकल्प नभएको बताए ।

पशु तथा पंक्षीपालन क्षेत्रमा यसको प्रयोग बढी हुने गरेको बताउंदै पशुपंक्षीबाट मानिसमा ६१ प्रतिशत रोग सर्ने भएकाले प्रयोगशालाले गुणस्तरीय प्रमाणित गरेको मासु खान आग्रह गरेका छन् । मानिसको मृत्युको प्रमुख कारण विश्वमा सन् २०५० एन्टीबायोटिक रेजिष्टेन हुनेतर्फ विश्व स्वाथ्य संगठनले सचेत गराएकाले एन्टीबायोटिक प्रयोगबारे सचेत बन्न उनको सुझाव छ ।

पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. परवेज आलमले पशुबाट मानिसमा सर्ने ६१ प्रतिशत रोग जुनोटिक रोग रहेको बताउंदै पशु तथा पंक्षीमा प्रयोग हुने एन्टीबायोटिकको प्रयोगबाट मानिसमा नकारात्मक असर पुराउने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालकी कन्सल्टेन्ट माईक्रोलोजी डा. प्रियका उप्रेतीले सन् २०५० सम्ममा मानिस मृत्युको मुख्य कारण एन्टीबायोटिक रेजिष्टेन्ट हुने आकलन गरिएकाले एन्टीबायोटिकले मानव स्वास्थ्यमा ठूलो असर पुराउने बताइन । एन्टीबायोटिक रेजिष्टेनको प्रभाव एशीया र अफ्रीकी मुलकमा सबैभन्दा बढी पर्ने डा. उप्रेतीको भनाइ छ ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक लोकराज भुसालले मानव र प्राणी स्वास्थ्यमा जोखिम बढेकाले एन्टीबायोटिक प्रयोगमा सबै मानिस सचेत नबने अवस्था जटिल हुने बताए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका प्रमुख रामप्रसाद पाण्डे, पशु क्वारेन्टनाईन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरे, पशुरोग अन्वेशण प्रयोगशाला नवलरासी प्रमुख डा. भरतराज काफ्ले, डा. युवराज पन्थ, प्रकाश श्रेष्ठ, दुग्ध उत्पादक सहकारी संघ रुपन्देही अध्यक्ष लेखनाथ पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका संयोजक तेजकुमार पाठक लगायतले बोल्दै एन्टीबायोटिक विक्री वितरण र प्रयोगमा रोक लगाउन माग गरेका छन् ।