लामिडांडाको सुन्तलाले बजार पाएन

श्याम पोखरेल

बुटवल, पुस ६ गते । मौसम अनुसार फल्ने सुन्तलाले आजभोली जताततै बजार पाएको छ । स्वास्थ्यलाई फाइदा हुने र मिठो हुने भएकाले सुन्तलाप्रति मानि पनि आर्कषित छन् । किसनाहरु पनि व्यवसायीक रुपमा सुन्तला खेतीमा आर्कषित छन् । सुन्तलाबाट थुप्रै किसानले राम्रो आम्दानी पनि गरेका छन् ।

अर्घाखांची मालारानी लामिडांडा गाउंमा उत्पादन भएको सुन्तलाले बजार पाउन सकेको छैन । बारीमा फलेका सुन्तलाले बजार नपाएकाले किसानले कुनै फाइदा लिन पनि सकेका छैनन् ।

मालारानी गाउंपालिका वडा नम्बर ४ को लामिडांडा, रातामाटा, कालिमाटी, लुटपोखरी लगायतका गाउंमा फलेका सुन्तलाले बजार पाएको छैन । गाउंभरी सुन्तला भएपनि बिक्री नहुने भएकाले सुन्तलाबाट एक पैसामा आम्दानी नहुने किसानहरुले बताएका छन् । खादा गुलियो, ठूला दाना र वजनदार सुन्तला फलेपनि मुल्य नपाउंदा बिक्री गर्ने चलन नभएको माधव खनालले बताए ।

अर्घाखांचीको सदरमुकाम सन्धीखर्क र दुरीको हिसावले गुल्मीको तम्घास नजिकै पर्ने भएपनि मालारानीको लामिडांडा, रातामाटा, कालिमाटी, लुटपोखरी गाउंमा उत्पादन भएका सुन्तलाले बजार नपाउंदा किसानहरुले व्यवसायीक सुन्तला खेती गरेका छैनन् । व्यवसायीक रुपमा सुन्तला खेती नगरेपनि गाउंनै सुन्तलाले पहिलै देखिन्छ । गाउंमा सुन्तला फल्ने भएपनि स्थानीय तहले कुनै सहयोग नगरेको र मुल्य पनि नपाइने भएकाले व्यवसायीक सुन्ताल खेती नगरिएको हुमलाल खनालले बताए ।

सबै जसोको घरमा सुन्तला फल्ने भएकाले गाउंमा बिक्री नहुने र बजारको व्यवस्था नहुंदा प्रति किलो ४० रुपैयांमा पनि सुन्तला बिक्री नहुने गरेको लामिडांडा गाउंका किसानहरु बताउ छन् ।

स्थानीय सरकारले चासो दिएमा लामिडांडा, रातामाटा, कालिमाटी, लुटपोखरी गाउंलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ । स्थानीय सरकारले पनि खासै चासो दिएकाले पनि गाउंघरका किसानले लगानी गरेर व्यवसायीक रुपमा सुन्ताल खेती गरेका छैनन् ।

गाउंमा राम्रो सुन्तला फल्ने भएकाले स्थानीयको व्यवसायीक रुपमा सुन्तला गर्ने सोंचमा भएपनि सरकारी निकाय तथा कृषि क्षेत्रबाट सहयोगता परै जाओस सामान्य सहानुभुसति पनि नपाएकाले किसानहरुले रिक्स मोलेर व्यवसायी सुन्तला खेतीमा लागेका छैनन् ।

अर्घाखांचीका थुप्रै गाउंमा सुन्तला उत्पादन हुने गर्दछ । तर किसानहरुले मुल्य नपाएको गुनासो गर्ने गरेका छन् । बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स–साना रसले भरिएको थैलीहरु भएको फल हो सुन्तला । नेपालमा १ हजारदेखि १३ सय मिटर उचाइमा गुणस्तरको सुन्तला उत्पादन हुने एक अध्ययनले देखाएको छ ।