हांस पालनमा आर्कषण बढ्दै
बुटवल, चैत १३ गते । मासु र अण्डा उत्पादनका लागि उपयुक्त मानिने हांस पालनमा आर्कषण बढ्न थालेको छ । हांसको मासु र अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुने भएपछि हांस पालन व्यवसाय पछिल्लो समय फस्टाउन थालेको छ । लुम्बिनी प्रदेशमा नै हांसका ठुला– ठुला फमहरु छैनन् ।
घरघरमा कम मात्रमा फाल्ने गरिएको हांस पछिल्लो समय व्यवसायीक रुपमा पाल्न थालिएको छ । हांसको बजार देखेपछि महेन्द्र खड्काले कपिलवस्तुको बुद्वभूमी वडा नम्बर २ को रेडामा व्यवसायीक रुपमा हांस पालन शुरु गरेका छन् । कुखुरा पाल्दा जोखिम बढी हुने र हांस पाल्दा फाइदा हुने भएकाले व्यवसायीक रुपमा हांस पालन शुरु गरेको महेन्द्र खड्काले बताए । शुरुमा एक सय चल्लाबाट हांस पालन शुरु गरेका कृषक खड्काले ३ हजार हांस पाल्ने गरी खोर तयार गर्दै छन् ।
गाउंघरदेखि शहर बजारमा हांसको माग बढेपछि हांस पाल्ने कृषकको संख्या बढ्न थालेको लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्य विकास निर्देशनालयका पशु चिकित्सक तथा सूचना अधिकारी लोकराज भुसालले बताए । हांसलाई छाडा छोडेर पाल्न सकिने र आफै चर्ने भएकाले दानामा कम खर्च र उत्पादन बढी हुने भएकाले हांस पालनमा कृषक आर्कषित हुदै गएका हुन् ।
अन्य पंक्षीको भन्दा हांसको अण्डा र मासु स्वास्थ्यकर हुने भएकाले हांस पालन अभियान शुरु गरेको दामोदर भुसालले बताए । लुम्बिनी प्रदेशका पूर्व योजना आयोगका सदस्य भुसालले रुपन्देहीको तिलोत्तमास्थित कान्छिबजारमा हांस पालन अभियान शुरु गरेका छन् । धान खेतमा पनि हांस पाल्न सकिने र हांस पाल्दा धानको उत्पादन बढ्ने र माटो अर्गानिक बन्ने भएकाले हांसको बहुआयमिक महत्व भएको भुसालले बताए । आफ्ना नागरिकलाई स्वस्थ्य बनाउन पनि सरकारले हांस पालन कृषकलाई आवश्यक अनुसार सहयोग गर्नुपर्ने उहांले बताउनुभयो ।
केही वर्ष यतादेखि हांस पालन अभियान चलाएका भुसालले हांस पालनमा कृकषकलाई आर्कषित गर्ने उद्देश्यले ३० घरपरिवारलाई २५–२५ वटा हांस निःशुल्क दिएर हांस पाल्न उत्साहित गरेका छन् ।
आफै चर्ने दानामा खर्च नलाग्ने र मर्ने जोखिम पनि कम हुने भएपनि हांस पाल्नका लागि धेरै जग्गाको आवश्यक पर्ने हुंदा कुखुरा पाल्न भन्दा हांस पाल्न धेरै जग्गा आवश्यक पर्दछ ।
छाडा छोडेर हांस पाल्नका लागि १ हजार हांस पाल्न १२ कठ्ठा जमिन आवश्यक पर्ने भएकाले जमिनको अभावले पनि हांस पालन फस्टाउन नसकेको कृषकहरुको भनाइ छ ।
पानी पोखरी र पानी विना हांस पाल्न सकिने भएपनि तिनै तहका सरकारले हांस पालनमा कुनै चासो कृषकहरुका गुनासा छन् ।