कृषि तथा पशुपालनमा देवदह अब्बल

श्याम पोखरेल
बुटवल, बैशाख २५ गते । रुपन्देहीको देवदह कृषि र पशुपालनका लागि पकेट क्षेत्र मानिन्छ । देवदहमा खेतीयोग्य जमिन र पशुपालनका लागि उपयुक्त ठाउं मानिन्छ देवदह । रुपन्देहीमा सबै भन्दा बढी व्यवसायिक कृषि तथा पशुपालन गर्ने गरिएकाले देवदह कृषि क्षेत्रका लागि अब्बल मानिन्छ ।

पहिलेदेखि नै देवदहमा बस्दै आएका धेरै मानिसले कृषिलाई मुख्य पेशा बनाएकाले देवदह कृषि तथा पशुपालनका लागि पकेट क्षेत्रको रुपमा विकास भएको पशुसेवा शाखा देदवहका प्रमुख हर्क बानीले बताए ।

कृषि तथा पशुपालनमा भनेजति लगानी गर्न नसकिएपनि नगरपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकता दिएको कार्यबाहक प्रमुख विद्यालक्ष्मी गुरुङले बताइन ।
सिमित लगानी र श्रोतसाधन भएपनि कृषि र पशुपालन क्षेत्र फस्टाउंदै गएको बताउंदै उनले भनिन् रुपन्देहीमा नै देवदह कृषिको क्षेत्रमा अब्बल भएकाले कृषि तथा पशुपालनको क्षेत्रमा लगानी बढाई यहांका किसानहरुलाई पेशाप्रति थप उत्साहित बनाउन नगरपालिका पोजेटिभ छ र हामी त्यही अनुसार काम गरिखाखेका छौ ।

सरनटारी सिमी पकेट क्षेत्र, मकै पकेट क्षेत्र, वडा नम्बर ९ मा कृषि स्मार्ट भिलेज, किसानलाई घासको विउमा अनुदान, कृषि औजार वितरण गरिएको कार्यबहाक प्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी गराइन । कार्यबहाक प्रमुख विद्यालक्ष्मी गुरुङका अनुसार चक्लाबन्दी कार्यक्रम अगाडि बढाईएको र चिस्यान केन्द्र बनाउने देवदह नगरपालिकाले योजना बनाएको छ ।

पशुपालनका लागि डो टु डोर कार्यक्रम सञ्चालन गरी उन्नत जातका पशुपालनका लागि किसानहरुलाई सहयोग गरिएको छ  । व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका किसान र साना किसानका लागि पनि नगरपालिकाले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा बताए ।

देवदह नगरपालिकामा चालु आर्थिक वर्षमा कृषि तथा पशुपालन क्षेत्रमा चालु आर्थिक वर्षका ३ करोड लगानी गरिएको छ । देवदहको पशुसेवा कार्यालयमा २ सय ७३ वटा पशुपालन फार्म दर्ता भएका छन् । वडामा पनि दर्ता भएर सञ्चालन भएका पशुपालन फार्महरुको गणना गर्दा करिब ४ पशुपालन फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय देवदहले बताएको छ ।

कृषि अन्तरगत पशुपालनसंगै दुध उत्पादन, बाख्रा, कुखुरा, सुगुर बंगुर पालनका लागि उपुक्त मानिने देवदह १३६.९१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । १७ हजार ३ सय घरधुरी रहेको देवहको ७२ हजार ४५७ जनसंख्यामा धेरैजसो मानि कृषिमा निर्भर छन् । देवदहमा २७ सय हेक्टर जमिनमा कृषि तथा पशुपालन गरिएको पत्रकार त्रिलोचन दाहालले बताउनु भयो ।

पछिल्लो समय जग्गा खण्डीकरणका कारण कृषि क्षेत्र प्रभावित हुंदै गएकोप्रति देवदहका स्थानीय चिन्तित् छन् ।