मुख्यमन्त्रीमा चेतनारायण आचार्यको दावी पेश
बुटवल, साउन ७ गते । लुम्बिनीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आचार्यले सोमबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज साँझ साढे ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए ।
कांग्रेस र एमालेका गरी ५६ सांसदको हस्ताक्षरसहित आचार्यले दाबी पेस गरेको बताइृएको छ । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा ४४ जनाले बहुात पुग्छ ।
मुख्यमन्त्रीमा आज विहानसम्म संसदीय दलका नेता लिला गिरीको पक्कापक्की भएको भनिएपनि अपरान्ह एकाएक उपनेता चेतनारायणको नाम एमालेले सिफारिस गरेको हो ।