भजन प्रतियोगितामा मुक्तेश्वर मन्दिर भजन समूह प्रथम


बुटवल, माघ २ गते । हाम्रो चाहना लोक सँस्कृतिको जगेर्ना भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको समन्वयमा बुटवलमा लोक भजन प्रतियोगिता भएको छ ।

यही माघ १र २ गते आयोजित दोश्रो लोक भजन प्रतियोगिता बुटवलको शिवनगर गौशालामा सम्पन्न भएको हो । दुई दिनसम्म चलेको उक्त लोक भजन प्रतियोगितामा मुक्तेश्वर मन्दिर भजन समूह प्रथम भएको छ ।
प्रतियोगितामा परोपकार एकादशी भजन समूह बुटवल– १२ द्वितीय, शिवालय मन्दिर भजन समूह बुटवल – ७ तृतीय र राधाकृष्ण मन्दिर भजन समूह बुटवल– ८ शान्त्वना भएका छन् । विजेता प्रथम, द्वितीय, तृतीय र शान्त्वनाले ३० हजार, २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
भजन प्रतियोगिता समापन कार्यक्रममा बिजेता र उपबिजेताहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डयले पुरस्कार प्रदान गरेका थिए । सोही कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले पाण्डेयले लोक संस्कृति जोगाउनु सबैको साझा लायित्व भएको बताउंदै नयां पुस्तालाई लोक भजनमा आर्कषित गराउनु पर्नेमा जोड दिए ।

उनले लोक भजन हाम्रो संस्कृतिसंग जोडिएको बताउंदै लोपउन्मुखको अवस्थामा रहेको हाम्रो परम्परादेखिको लोकभजन जर्गेनका लागि स्थानीय सरकारेको तर्फबाट सक्दो सहयोग पुराउने प्रतिवद्दता जनाए ।
पछिल्लो समय लोप हुँदै गएको लोक भजनको संरक्षण र प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष दिपु मगरेले बताए ।
लोक भजनप्रति सबैकोचासो बढेकाले प्रतियाागिता आयोजना गरिएको र अब प्रतियोगितालाई निरन्तरता दिने प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दामोदर बस्यालले बताए ।
प्रतियोगितामा नेपाल लोक भजन चुट्का संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष नारायण लेकाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका संरक्षक तथा केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डेय र प्रतिष्ठानका पूर्व सदस्य नारायण भुसाल निर्णायकको भूमिकामा थिए ।
लोक भजन प्रतियोगितामा बुटवल भित्रका २८ टिमको सहभागिता रहेको कार्यक्रमका सहसंयोजक तथा प्रतिष्ठान लुम्बिनीका प्रथम उपाध्यक्ष दीपक कार्कीले जानकारी गराए ।
लोक दोहोरी गीत प्रतिठान लुम्बिनी प्रदेशका अध्यक्ष दीपु मगरको अध्यक्षता र प्रतिष्ठानका सचिव योगराज पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।























