सहमतिमा संविधान संशोधन – सञ्चार मन्त्री

बुटवल, माघ १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्यवीसुब्बा गुरुङले मुलुकको लागि अध्यादेश आवश्यक भएको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारुले आवश्यक्ताका आधारमा विध्येक ल्याएर काम गर्न थालेको बताए ।

पे्रस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजाना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यादेश अध्यादेश अबैधानिक होइन, संवैधानिक र बैधानिक हो भने ।उनले संविधान संशोधन हुन्छ, तर पहिला कुन विषय र एजेण्डामा संशोधन गर्ने विषयमा सहमति जुटाएर संशोधन हुन्छ सरकारले यस विषयलाई गम्भीर रुपमा लिएको बताए । संविधान संशोधनको विषयलाई प्रतिपक्षले बढी उचालेको आरोप लगाए ।
उनले जनतालाई समयमा डेलिभरी दिन र सुशासन कायम राख्न सरकारले प्राथमिकता दिएको बताउंदै मन्त्री गुरुङले भने सरकार गम्भीर र चनाखो भएर काम गरेको छ ।

मन्त्री गुरुङले यो सरकार आएपछि विकासका कामहरुले गतिलिएको दाबी गर्दै रोकिउकार र अबरोधमा परेका राष्टिय गौरवका आयोजनाहरुको काम भएको दाबी गरे ।

उनले सामाजिक सञ्जालबाट भएका बेथिति रोक्ने बताउंदै समयमा नियमन नहुंदा सामाजिक सञ्चजालको बेथितिले समस्या ल्याएको बताए ।
सहकारीको पसा अपचलन तथा अनियमितता गर्न कसैलाई छुन नभएको र जुनसुकै पार्टीको भएपनि सहकारीको पैसा अपचलन गर्नेलाइ कारबाही हुन्छ भन्दै उनले भने कारवाहीका लागि सरकारले केही ढिला गरेको हो मन्त्री गुरुङले बताए ।

प्रेस चौतारी नेपाल, रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलकोा अध्यक्षता र सचिवकेशव भण्डारीको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।