मुलुकको विकास कांग्रेसबाट मात्रै सम्भव – कांग्रेस नेताहरु


बुटवल, माघ १२ गते । कांग्रेस नेताहरुले कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्ने दाबी गरेका छन् । मुलधारको लोकतान्त्रिक पार्टी कांग्रेस मात्रै भएको दाबी गर्दै उनीहरुले कम्युनिष्टका कारण मुलुक कमजोर भएको आरोप लगाए ।

शनिबार बुटवलमा आयोजित पूर्व आप्रवासी समन्वय अभियान लुम्बिनी प्रदेश स्तरीय प्रथम भेलामा बोल्ने कांग्रेस नेताहरुले कांग्रेस भित्र एक अर्कालाई गाली गलोजको राजनीति छोडेर एक ढिक्का कांग्रेस बनाउन आवश्यक रहेको बताएका छन् ।
सोही कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्काले कांगे्रसको नीतिले मुलुकमा भौतिक पूर्वाधारको विकास भएपनि कांगे्रसले त्यसलाई प्रचार गर्न नसकेको बताए । उनले कांग्रेको संस्कार र शैलिलाई सच्चाएर जनताको पक्षमा कांगे्रसलाई उभाएर विकासका कामलाई थप महत्व दिनुपर्ने बताउंदै उनले भने आप्रवासीको महत्व बुझ्न आवश्यक छ ।

उपाध्यक्ष खड्काले आप्रवासीको महत्वलाई कांगे्रसले बुझेर संस्था गठन गरेको उल्लेख गर्द तर कांगे्रसले त्यसलाई सही ढंगले चलाउन भने नसकेको स्वीकार गरे । उनले आप्रवासीहरुमा भएको ज्ञान, सीप र पूजीलाई परिचालन गर्न सके देश बन्न सक्ने बताउंदै आप्रवासीसंग भएको पूंजीले देश बनाउन सकिने उनले बताए ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले कांग्रेसले मात्र देश बनाउन सक्ने बताएका छन् । मुलुकमा मुलधारको लोकतान्त्रिक पार्टी कांग्रेस भएको दाबी गर्दै उनले कांगे्रसले मात्रै देश बनाउन सक्ने तर्क गरे । कमजोर अवस्थामा पुगको मुलुक बनाउन पहिला कांगे्रसलाई सुधार गर्नुपर्ने र कांग्रेसमा सुधार आए मुलुक बन्ने उनको भनाइ छ । मुलुक कांग्रेसलेबाहेक अरु कसैले बनाउन नसक्ने जिकिर गर्दै अरु शक्ति र पार्टीबाट मुलुक बन्छ भन्ने कल्पना पनि गर्न नसकिने उनले दाबी गरे ।
अर्का कांग्रेस नेता डा. मिनेन्द्र रिजालले कांग्रैसले मलुकलाई निकास दिन सक्ने बताए । आप्रवासी नेपालीको हितमा कांगे्रसले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांगे्रस नेताहरु लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, रुपन्देही सभापति रामकृष्ण खांण, प्रदेश सांसद निमा गिरी, दिनेश कोइराला, चित्रबहादुर केसी लगायतले बोलेका थिए । यदुनाथ पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको थियो ।























