ट्राफिक लाइट जडानले बुटवलमा यातायात सञ्चालनमा केही सहज

बुटवल, माघ १४ गते । बुटवल उपमहानगरपालिकाका बिभिन्न स्थानम ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। ट्राफिक लाइटको प्रयोगबाट यातायात ब्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।

बुटवल उपमहागरले नगरका ४ स्थानमा जडान गरेको ट्राफिक लाइटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्वीच अन गरी शुभारम्भ गरे।

चालु आर्थिक वर्षको बजेटबाट बुटवल उपमहानरपालिकाले बुटवलका ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने गरी काम शुभारम्भ गरेको थियो। काम सूरु भएका मध्ये ट्राफिक चोक र कालिका नगरमा लाइट जडान भएको छ । मिलनचोकमा सडक विस्तारको काम सकिएपछि जडान गरिने छ ।गोलपार्कमा पनि लाइट जडान गरिने छ ।

नगर प्रमुख पाण्डेयले लाइटका क ारण यातायात सञ्चालनमा सहज हुने दुर्घटनाका घटनामा पनि कमी आउने बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको सहकार्यमा उक्त सीसि टीभीको मोनिटरिङ्ग गरिने छ ।
बुटवल उपमहानगरपालिकाले बजारको सुरक्षाका लागि करिब ५२ लाखको लगानीमा बुटवलको वडा नं ४,५,६,९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको छ ।

उपमहानगगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टी पर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको छ ।