भूमिकास्थानमा बजार अनुगमन, उपभोक्तामा लेवल हेर्ने बानीको विकास

अर्घाखांची, माघ १८ गते । अर्घाखाँचीको भूमिकास्थानमा बजार अनुगमन गरिएको छ । ग्रामिण क्षेत्र बढी भएको भूमिकास्थानका पसलहरु अनुगमन गरिएको छ । स्थानीय सरकारले बजार अनुगमन गर्न थालेपछि ग्रामीण भेगमा उपभोग्य बस्तुको लेवल हेर्ने बानीको विकास भएको पाईएको छ ।

भूमिकास्थान नगरपालिकाले १० वटै वडामा नियमित रुपमा बजार अनुगमन गर्न थालेको छ । नगरवासीले उपभोग्य वस्तुको गुणस्तर हेरेर मात्रै उपयोग गर्न थालेको अनुगमनपछि बजार अनुगमन टोलिका संयोजक तथा अधिकृत शंकर अधिकारीले बताए । अनुगमनका टोलिका संयोजक तथा अधिकृत शंकर अधिकारीका अनुसार “सुरु–सुरुमा हामी अनुगमनमा जाँदा पसलेहरु ढोका लाएर हिड्ने गर्नुहुन्थ्यो, अहिले व्यवसायी र उपभोक्ता दुवै सचेत हुंदै जानुभएको छ ।

नगरपालिकाबाट नियमित अनुगमन, सूचना सम्प्रेषण र सचेतनामूलक अभियान संचालन गर्न थालेपछि अहिले आफ्नो व्यवसाय दर्ता गर्ने, सामानको लेभलिङ्ग जाँच गर्ने र राज्यलाई कर तिर्ने विषयमा सबै व्यवसायी अग्रसर हुन थालेको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले बताए । व्यबसायिले मात्रै नभएर अहिले उपभोक्तासमेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने लेभलको जाँच गरेर प्रयोग गर्नेहरुको संख्या बढेको नगर प्रमुख थापाले बताए ।

उपभोग्य वस्तुमा उत्पादन मिति, एक्सपायर मिति र बिक्री मुल्य जस्ता लेभल हेरेर खरिद बिक्रि गर्ने, कानुनी मापदण्ड अनुसार व्यवसाय दर्ता गर्ने र राज्यलाई कर तिर्ने बानीको विकास भएको देख्दा खुशी लागेको भूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले बताए ।

चालु आर्थिक बर्ष २०८१÷०८२ को ६ महिनामा मात्रै पालिकाका विभिन्न वडामा १० पटक बजार अनुगमन गरि सकिएको र जसबाट अघिल्ला बर्षहरुमा भन्दा व्यवसायी र उपभोक्तामा सचेतना बढेको पाइएको प्रमुख प्रशासकिय अधिकृत जग्दीश चन्द्र नेपालीले बताए ।

भूमिकास्थानको ढाकावाङ्ग, धारापानी, असुरकोट, खिल्जी र ढिकुराका विभिन्न स्थानमा बजार अनुगमन गरिसकेको भूमिकास्थानले भूमिकास्थान–१ को राजिमे, साम्नेगाउँ र सिटेनीमा अनुगमन गगरिसकेको छ । अनुगमन टोली संयोजक अधिकारीको नेतृत्वमा, योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, लेखाशाखा प्रमुख जुना पाण्डे, पशुसेवा शाखाका पशु प्राविधिक बलराम खनाल, राजश्व शाखा प्रमुख जगतप्रसाद भुसाल,पत्रकार गोपालप्रसाद भट्टराई र ढाकावाङ्ग प्रहरी चौकीको प्रहरी टोलीले भूमिकास्थानका २० वटा बढी पसलमा अनुगमन गरेको हो ।

अनुगमन गर्दा केही पसलहरुमा मुल्य सूची नभएको, केही ब्यवसायीहरुले पसल दर्ता नगरेको, दर्ता अनुसारको सेवा प्रवाह नगरेको, नविकरण नगरेको, बोर्ड तथा मुल्य सूची नराखेको पाइएको टोली संयोजक शंकर अधिकारीको भनाइ छ ।

दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाइ ३५ दिन भित्रमा नगरपालिकामा पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको अनुगमन टोलिले बताएको छ । ढाकावाङ्गमा गरिएको बजार अनुगमनमा कुनैपनि पसलमा म्याद नाघेका र अखाद्य वस्तु नभेटिएको पाइएको छ ।

ब्यापार, व्यवसायमा गुणस्तरिय सेवा र वैद्यता प्रदान गर्नाले पालिकाको आन्तरिक आयमावृद्धि हुने र नागरिकको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ ।