नगर अध्यक्षमा लेखा अधिकृत उठेको विषयले माओवादीमा विवाद


बुटवल, फागुन २७ गते । नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्षमा लेखा अधिकृत उठेको विषयले माओवादीमा भित्रभित्रै विवाद शुरु भएको छ । नगर अध्यक्षमा लेखा अधिकृत कृष्ण बन्जाडे उठेका थिए ।
यही फागुन ७ गते तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुको २२ गते सफथ ग्रहण तथा पदहस्तान्त्रण गरिएको थियो ।

नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाको नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सफथ ग्रहण तथा पदस्थापन गरिएको हो । नेकपा माओवादी केन्द्र बुटवल गरसमितिको यही फागुन ७ गते तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुको २२ गते सफथ ग्रहण तथा पदहस्तानत्रण गरिएको थियो ।
नेकपा माओवादी केन्द्र बुटवल गरसमितिको यही फागुन ७ गते तेस्रो अधिवेशन भएको थियो । उक्त अधिवेशनले पुनः महेन्द्र भुसाल अध्यक्ष रहेको ६१ सदस्य नगर समिति गठन गरेको थियो । नेतृत्व चयनमा सर्वसम्वत नभएपछि निर्वाचनको पक्रियाबाट महेन्द्र भुसाल अध्यक्ष रहेको टिम निर्वाचित भएको थियो । समितिको प्रथम उपाध्यक्षमा योगेन्द्र गौतम, बसन्ता खनाल र लालबहादुर थापा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा तुल्सीराम न्यौपाने सहसचिवमा रचना श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश परियार निर्वाचत भएका हुन् ।

उक्त निर्वाचन प्रक्रियालाई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले पार्टीमा लोकतान्त्रिक अभ्यास शुरु भएको बताएका छन् । सर्वसम्वत गराउन प्रयास गरिएपनि सम्भव नभएपछि भएको निर्वाचनलाई माओवादी केन्द्रले लोकतान्त्रिक अभ्यास बताएको छ ।
लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय स्थानीय नेता महेन्द्र भुसाल, कृष्ण बञ्जाडे र सागर न्यौपानेबीच अध्यक्षमा प्रतिष्पर्दा भएको थियो ।
लामो समयदेखि माआवादी आन्दोलनमा लागेका निवर्तमान नगर अध्यक्षसमेत रहेका महेन्द्र अर्यालले २५ मत प्राप्त गरेर निर्वाचित भएका थिए । त्यस्तै कृष्ण बन्जाडेले २१ र सागर न्यौपानेले १२ मत प्राप्त गरी पराजित भएका थिए । ६१ सदस्यबीच मतदान भएकोमा ५८ जनाको मत सदर र ३ जनाको म तबदर भएको माओवादी केन्द्रका एक स्थानीय नेताले जानकारी गराएका छन् ।
नगर अध्यक्ष बनाउने विषयमा माओवादी केन्द्रमा रस्साकस्सी भएको थियो । महेन्द्र अर्यालले ४ मत बढी ल्याएर जितेपनि लामो समयदेखि माओवादी पृष्टभूमिबाट आएको भन्दै माओवादी केन्द्रका कैयौ नेताहरुले दबाब दिएपनि अध्यक्षमा महेन्द्र भुसाल नगर अध्यक्षमा निर्वाचित हुनुभएको माओवादी केन्द्रका एक स्थानीय तथा नगर नेताले बताए । शहीद परिवारको सदस्य र युवा व्यवसायी भएकाले महेन्द्र भुसाललाई चुनिएको उनले बताए ।
माओवादी आन्दोलनमा रहेपनि, पढेलेखेका बौद्विक व्यक्ति भएपनि कृष्ण बन्जाडे सरकारी निजामती कर्मचारीको लेखा अधिकृत भएकाले अहिलेलाई अध्यक्ष बनाउन नसकिएको माओवादीका स्थानीय केही नेताहरुले बताए ।
सरकारको निजामती कर्मचारी जस्तो जिम्मेवारीमा रहेको कर्मचारी खुलमखुला पार्टीको मुलधारमा रहेर नगर अध्यक्षका लागि निर्वाचनमा प्रतिष्पर्दा गर्नुलाई माओवादी केन्द्र भित्र आलोचनाको विषय बनेको छ । बहालवाला लेखा अधिकृतलाई नगर अध्यक्षमा उठाएपछि माओवादी केन्द्र बुटवलमा भित्रभित्रै बिवाद उत्पन्न भएको छ ।
यो विषयमा बुझ्दा कृष्ण बन्जाडेले मतदाताले बन्द सूचीमा के भनेर मतदान गरे मलाई थाहा नभएको बताए । माओवादी केन्द्र बुटवलको नगर अध्यक्षमा उठेका बञ्जाडेले जागरिबाट राजीनामा दिएकाले अब स्वीकृत हुने प्रोसेसमा रहेको प्रतिक्रिया दिए ।
सफथ ग्रहण तथा पदस्थापन
अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति र नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालको प्रमुख आतिथ्यातामा पदहस्तान्त्रण कार्यक्रम भएको थियो । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल, नेकपा माओवादी केन्द्र प्रदेश मुख्यसचिव यज्ञ पोखरेल, हरि घिमिरे, माओवादी केन्द्रका केन्द्रिय उद्योग विभाग सदस्य डम्बरदेव अर्याल, बुटवल नगर इन्चार्ज पुष्पराज ढकाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
माओवादी नेतृ रिज्जु श्रेष्ठको अध्यक्षता र चेतन भण्डारकिो सञ्चालनमा कार्यक्रम भएको थियो । नवनिर्वाचित नगर अध्यक्ष महेन्द्र भुसालले पार्टीको नीति, सिद्दान्तलाई आत्मसाथ गरी पार्टीका सबै साथिहरुको सुझाब सल्लाहमा काम गर्ने प्रतिवद्दता जनाएका छन् । निर्वाचन प्रक्रियालाई आफुले सामान्य रुपमा उलएको नगर अध्यक्ष भुसालको भनाइ छ ।























