प्राध्यापक डाक्टर नुरजङ केसीको निधन

बुटवल, चैत ७ गते । बुटवल बहुमुखि क्याम्पसमा प्रध्यापन गराउंदै आएका प्राध्यापक डाक्टर नुरजङ केसीको निधन भएको छ । बुटवल बहुमुखि क्याम्स स्नातकोत्तर तह अर्थशास्त विभावका प्रमुख प्रा.डा नुरजङ केसीको उपचारको क्रममा निधन भएको हो ।

केही दिन अघि बुटवलस्थित बुटवल हस्पिटल प्रालिमा उपचार गराएपछि थप उपचारका लागि काठमाण्डौको टिचिङ अस्पतालमा लगिएको थियो । उपचार गराउंदै जांदा निमोनिया देखिएको थियो । उपचारकोक्रममा चैत ६ गते राती टिचिङ अस्पतालमा निधन भएको नेपाली कांगे्रस बुटवल नगर सचिव छायां पोखरेलले जानकारी गराए । शुरुमा सामान्य पिसावमा इन्फ्याक्सन देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

लामो समयदेखि क्याम्पसमा अध्यापन गराउंदै आएका स्व. केसी यस क्षेत्रका अर्थशास्तका विज्ञका रुपमा मानिन्थ्य । सबैसंग मिल्न सक्ने हक्की र निडर स्वभावका केसी कांगे्रसका क्रियाशिल सदस्य हुन् । प्रजातन्त्रवादी प्रध्यापक संघ स्वं केसी प्रजातन्त्रवादी प्रध्यापक संघ बुटवल बहुमुखि क्याम्पसका पूर्व अध्यक्ष हुन् । समाजमा भएका विकृति र विसंगतिबिरुद्व खरो रुपमा कार्यक्रमका मञ्च, क्याम्पसको प्राङणदेखि सामाजिक सञ्चाजलमा खरो रुपमा बोल्ने निडर स्वभावका केसीको निधनले समग्र क्षेत्र स्तब्ध बनेको छ ।

बुटवल बहुमुखि क्याम्पस प्रमुख बन्नका लागि योग्यता पुरा पुगेका केसी राजनीतिक भागबण्डामा क्याम्पस प्रमुख एमालेलाई परेपछि क्याम्पस प्रमुख हुनबाट बन्चित भएका थिए । बुटवल बहुमुखि क्याम्पसको क्याम्पस प्रमुख हुने धोक्का बोकेका प्रा.डा. केसीको धोक्को अपुरै रह्यो । योग्यता र बरिष्ठताका आधारमा क्याम्पस प्रमुख बन्नबाट राजनीतिक भागबण्डाबाट बन्चित भएपछि स्वं केसीले खरो रुपमा बिरोध जनाएका थिए ।
बुटवल ३ निवासी स्वं केसीप्रति आफ्नै निवासमा श्रदाञ्जली अर्पण गरी आजै तिलोत्तमा नदीमा अन्तिम दाहासंस्कार गरिने कांगे्रस बुटवल नगर सचिव छायां पोखरेलले जानकारी गराएका छन् । स्व. केसीका श्रीमतीसहित २ छोरा र २ छोरी छन् ।

शिक्षा क्षेत्रका नक्षेत्र प्राध्यापक डाक्टर नुरजङ केसीप्रति नयांदिशा परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।