रामचन्द्र मैनादेवी अनाथ आश्रमको २९ औं वार्षिक साधारणसभा


श्यामलाल पोखरेल
बुटवल, पुस १८ गते । अभिभावक बिहिन तथा असहाय बालवालिकाको संरक्षण गर्ने उद्देश्यले रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा अनाथ आश्रम सञ्चालन गरिएको छ । सडक बालवालिकादेखि अभिभावक बिहिन बालबालिकाको संरक्षण गर्नका लागि रामचन्द्र मैनादेवी अनाथ आश्रम सञ्चालन गरिएको हो । २०५३ सालमा स्थापना भएको रामचन्द्र मैनादेवी अनाथ आश्रमले शनिबार २९ औं वार्षिक साधारण सभा मनाएको छ ।

अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमको साधारण सभामा सहभागिहरुले आश्रमको दीगो विकास र निरन्तरताका लागि सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् । साधारण सभामा बोल्ने जनप्रतिनिधि, समाजसेवी, विभन्न आमा समूह तथा महिला समूहका अध्यक्षहरुले आश्रम सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने प्रतिवद्वता जनाएका हुन् । अभिभावक बिहीन बालवालिकाको संरक्षणका लागि सबैको साथसहयोग आवश्यक पर्ने उनीहरुको साझा भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले अनाथ बालवालिकाको संरक्षणका लागि आश्रम सञ्चालनका लागि वडाबाट सहयोग गर्ने र नगरपालिकामा पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।
आमा, बाउ तथा अभिभावक नभएका कारण घरबारबिहिन बालवालिकाले तिलोत्तमा मागेर खान नपर्ने बताउंदै त्यस्ता वालबालिकाको संरक्षणका लागि सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रम चलाउन समस्या नहुने बताए । वडाध्यक्ष पाठकले राजनीति भन्दा माथि उठेर सामाजिक क्षेत्रको विकास लाग्ने बताउंदै आश्रमको दीगो विकास र भौतिक संरचना बनाउन व्यक्तिगत रुपमा सहयोगी बन्ने बताए ।

रामचन्द्र मैनादेवी अनाथ आश्रमकी अध्यक्ष मैनतादेवी भण्डारीले आश्रम सबैको सम्पति भएको बताउंदै सबैको आर्थिक, भौतिक र नैतिक सहयोगबाट आश्रमले गति लिएको बताइन । आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले अनाथ आश्रमको आजको मितीसम ७५ लाख अक्ष्यकोष रहेको जानकारी गराउंदै अक्ष्यकोष १ करोड पुराउने लक्ष्य पुरा गर्नका लागि पहल गरिरहेको बताइन ।
अध्यक्ष मैनादेवीले आश्रम सञ्चालन र अक्ष्यकोष पारदर्शी रुपले सञ्चालन गरिएको बताउंदै अक्ष्यकोषबारे सबैलाई चासो राख्न आग्रह गर्दै उनले भनिन् – सहयोग दाताको सहयोग र अक्षय कोषको ब्याजबाट आश्रम सञ्चालनमा खर्च गर्ने गरिएको छ । तर अब ७५ लाखको व्याजबाट आश्रम चलाउन समस्या छ । मानवीय सेवामा कर्म गर्दै आएकी मैनादेवीले वृद्दवृद्दा आश्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराइन ।
कार्यक्रममा समाजसेवी शान्ति नमुना माविका पूर्व प्रअ घनश्याम ज्ञवाली, तिलोत्तमा २ बरपिपल पथ महिला समूहकी संस्थापक अध्यक्ष कमला आचार्य, आनन्दवन आमा समूहकी अध्यक्ष लक्ष्मी कडेल, समाजसेवी इश्वरी बस्याल, सीता वास्ताकोटीलगायतले आश्रमलाई सहयोग गर्ने प्रतिबद्दता जनाउंदै बाल अधिकार सुनिश्चित गर्न पनि आश्रम निरन्तर रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सयौं वालबालिकालाई संरक्षण गरी उच्च शिक्षा दिएको आश्रम तिलोत्तमा मणिग्रामकी मैनादेवी भण्डारीको एकल प्रयासमा सञ्चानमा छ । अनाथ आश्रममा अहिले १३ जना बालवालिका छन् ।
आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीको अध्यक्षता र चन्दा भुसालको सञ्चालनमा भएको कार्यक्रम आश्रमका विद्यार्थी दिनेश जागर, सुरेन्द्र वानिया र नेत्र वानियाले कथा कविता बाचन गरेका थिए ।























