देशभर बादल,वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरु तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिनारहावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।