शान्ती नमूनाको बस दुर्घटना

बुटवल । मणिग्रामस्थित शान्ती नमूना माविको कक्षा ११/१२ का विद्यार्थी बोकेको लु १ ख ८६७५ नम्वरको बस मंगलवार (आज) बिहानी साढे ६ बजे दुर्घटना भएको छ । रुपन्देही प्रहरीका अनुसार ओमसतिया गाउँपालिका ४ टुलट्याक्समा नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको बस र भैरहवाबाट धकधई तर्फ जाँदै लु ३ त ३५३० नम्वरको धान लोड गरेको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा २२ जना विद्यार्थी घाईते भएको र घाइतेहरुको भिम अस्पताल र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जनाएका छन् । दुबै सवारीका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।