राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला


बुटवल, माघ २१ ग्ते । राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा सम्पन्न भएको छ । आगमी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनलाई तारगेट गरी भेला आयोजना गरिएको हो । भेलाले प्यूठानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तिलकबहादुर जीसीको प्रचार प्रसार गर्ने र मतदातालाई मत दिनका लागि प्यूठान लैजाने निर्णय गरेको समितिका सचिव नन्दु पोखरेलले जानकारी गराए ।

उक्त भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको बिरुद्द, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा मतदान गर्नका लागि आममतदातालाई सचेत गराउनका लागि घरघरमा पुगेर मतदातालाई देशको अवस्थाबारे बुझाउनु पर्ने बताए । मतदातालाई ठिक र बेठिक नछुटाउंदासम्म चुनावमा विदेशी शक्ति केन्द्रबाट परिचालित अराष्ट्रिय मान्छेहरुले चुनाव जित्ने भएकाले यो विषयमा समयमा नै सचेत हुनुको अर्को विकल्प नभएको अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ।
कांगे्रस, एमाले र माओवादीले देशमा चरम भ्रष्टाचार, अनिमियतता, बेथिति जन्माएका काराण देशले यो अवस्था भोग्नु परेको बताउंदै अहिलहेका नयां भन्ने भन्दा केही हदसम्म गणतन्त्र स्वीकारकाले यिनै कांग्रेस, एमाले र माओवादी ठिक भएको बताए । आफुलाई नयां शक्ति भन्नेहरु अमेरिका, भारतलगायतका साम्राज्यवादी शक्तिबाट नेपालमा चलखेल गरेकाले यस्ता गलत खालको प्रवृतिलाई पराजित गर्न गणतन्त्रबादी शक्ति एक हुनुपर्नेमा अध्यक्ष चित्रबहादुर केसीको भनाइ छ।

गणतन्त्रबादी शक्तिबीच पनि थुप्रै मतभेत र बिबाद कायमै रहेको उल्लेख गर्दै गणतन्त्रबादी शक्तिसंग बादविवाद र झगडा देशमै बसेर पनि गर्न सकिन्छ तर देशै रहेन भने के गन, कोसंग बादविवाद र झगडा गर्र्ने भन्दै अध्यक्ष केसीले भने – गणतन्त्रबादी शक्तिलाई यो चुनावमा जिताउनु पर्छ । नयां भन्नेलाई होइन ।
राष्ट्रिय जनमोर्चाका युवा नेता बासुदेव पोखरेलले देश संकको अवस्थामा रहेको बेला हुन लागेको निर्वाचनबाट देशभक्त, राष्ट्रबादी शक्तिलाई जिताउनु पर्ने र देशको हितमा बोल्दै र राजनीति गर्दै आएको दल राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई जिताउने गरी निर्वाचनमा लाग्नु पर्ने बताए ।
कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ शर्माले संगठनात्मक एकता, जनसम्पर्क विस्तार र आगामी दिनमा आन्दोलन तथा राजनीतिक गतिविधिलाई सशक्त बनाएर राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई जिताउने गरी आआफ्नो क्षेत्रमा सक्रियता पूर्वक काम गर्न सबैलाई आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव कृष्णप्रसाद पोखरेलले प्यूठानका उम्मेदवार तिलकबहादुर जीसीलाई जिताउने गरी जिल्ला केन्द्रित हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष दीपक योगीको अध्यक्षता र सचिव नन्दु पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।























