चित्रबहादुर केसीका कुरा शुष्म रुपले बुझौ


खिमबहादुर बिक
अहिले नेपाली मिडिया र धेरै जनमानसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जीको सिआईले कब्जा गर्यो भन्ने उहांको भनाइको चर्चा धेरै छ! ।
स्वभाबिक रुपले नै बिदेसमा बस्ने लाखौ नेपाली विद्यार्थी र श्रमिकहरुलाइ नराम्रो लागेको छ वा धेरैजसोले चित्रबहादुर जस्तो सोझा, इमानदार र राष्ट्रबादी नेताले यस्तोे नबोल्नु पर्ने अभिव्यक्ति सामाजिक संजालमा ब्यक्त गर्नु भएको छ ।

उहांले पत्रकारहरले सोधेका प्रश्न हरुको जवाफ दिने क्रममा ““ यहांसम्म लाजमर्दो कि बिदेसमा बस्ने विद्यार्थी, कामगर्न गएका नेपालीलाई सिआईएले कब्जा गरेर घरमा आफ्ना अबिभाकलाइ फोन गरेर भोट घण्टिमा हाल्नु नत्र हामी घर आउदैनौ““ भनेको हामी सबैले पनि सुनियो! ।
तर हामिले उहांको भनाइलाइ बुज्न अलि पछाडी र बिशेष गरेर भदौ २३÷२४ पछिका गतिविधि हरुलाइ शुष्म तरिकाले केलाउन जरुरी देखिन्छ! ।
आमेरिकी गुप्तचर सस्था सिआइएले संसारभरका नेपालीलाई भौतिक रुपमा गरेर वा भेट भएर कब्जा गरेको होइन! तर सिआईएले नेपालमा आफ्नो स्वार्थको लागि जसरी नेपाली नेताहरु वा यहांको भुराजनितिलाइ कब्जा गरेको छ । त्यसैको उपजको रुपमा बिदेसमा बस्ने नेपालीलाई कब्जा गरेको छ भन्न खोजेको हो ।
बास्तबमा भन्ने हो भने अहिलेको जेन्जी आन्दोलन वा रास्वपा वा रबि लामिछानेले उठान गर्न खोजेका बिषयहरु राष्ट्रिय जनमोर्चाले वर्षौ अघिदेखि सदनदेखि सडकसम्म उठान मात्र होइन आन्दोलन गरेको रनै गरेको छ । स्वंम चित्रबहादुर जीले जेन्जी आन्दोलन भन्दा केही दिन पहिला सम्सदको रोष्टम बाटै“ सरकार र राजनैतिक नेताहरुलाइ सचेत गराउदै राजनिती देसको लागि गरौ,आफू, आफ्नाका लागि मात्रै गर्यो भने, बंगलादेश र श्रीलंकाको अबस्था आउन सक्छ,““लगायत राष्ट्रियता जनजिबिका र भष्ट्रचार,बेतिथी सबै जनबिरोधी गतिविधि हरुको बिरोध गर्दै जनतालाइ सचेत गराउने गर्नुभएको छ ।

अर्को महत्त्वपूर्ण कुरा भदौ २३ को जेन्जी आन्दोलन सहि,जाहेज र शान्तिपूर्ण हुदाहुदै पनि ७६ जनाको ज्यान जानू र देसका महत्त्वपूर्ण निकायहरु,देसको ईतिहास मेटाउने काम कसले गर्यो वा गरायो?? पक्कै पनि जेन्जिहरुले त गरेनन! प्रष्ट भैइसकेको छ कि अमेरिकी साम्राज्यवादले नै यो सबै गरायो,नेपाली ले नेपालको झण्डा ओडेर आफ्नै देस जलायो त ।
ये त होइन होला नि? स्कुले विद्यार्थीलाई पोसाकमा झोला भिरेर आन्दोलनको अगाडि कस्ले राखेर संसद भबन तोडफोड र जलाउन गयो । स्वयंम जेन्जी अगुवाहरुले भनेको सुनियो नि““ हाम्रो शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भयो, हाइज्याक भयो हामी सबै घर फर्कौ!!
आन्दोलन जेन्जिको अनि आन्दोलनमा त्इद्य लेखेको कालाबर्दिमा को कुन किन आय?? पुलिसलाइ गोलि चलाउन बाध्य कस्ले पार्यो??
आन्दोलनमा स्वयंसेवक बनेर पानी बाडने “ अमेरिकी ष्लनय हामी नेपाल का सुदन गुरुङ्ग तेति शक्तिशाली कसरी भय ?? सुशिला कार्किलाइ प्रधानमन्त्री कस्ले र कुन मध्यम बाट चुनियो? नागरिक सरकार भनेर, बारबरा फाउन्डेसन,अमेरिकी युथ काउन्सिल ,र समता फाउन्डेसन भन्दा बाहिरका कुन मन्त्री बने?? महाबिर पुन बाहेक!!
समग्रमा धेरै तथ्यहरु,गतिविधिहरु,र रास्वपा पार्टी र सभापति रबिका समेत गतिविधि अमेरिका पस्त भयेकाले बिदेसस्तिथ ,युबाहरुलाइ आह्वान गरेको झुटा आस्वासन हरु दियेकाले ,घण्टी पार्टीका नेताहरु,नेतृत्वहरुलाई अष्म रुपले चलाएकाले उनीहरुकै पक्षमा घरमा फोन गर्ने भोट घण्टीमा नहाले घरमा न आउने, पैसा न पठाउने जस्ता काम भए भन्ने अर्थमा भन्न खोजेको हुनुपर्छ!!
नोट– राष्ट्रिय जनमोर्चा र नेकपा मसाल नै बिदेसमा छरिएर रहेका लाखौं नेपालीकोे पक्षमा बोल्ने, संगठित गर्ने पार्टी र नेताले ती नेपालीलाई अपमान गर्ने कल्पना पनि गर्न सक्दैन! ।
लेखक मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका नेता हुन् ।























