जनताले अमेरिकी डिजाइन बुझेनन् – मोहनविक्रम


बुटवल, चैत ७ गते । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले गत फागुन २१ गते सम्पन्न चुनावको जनमत अमेरिकी डिजाइन र योजनामा आएको बताएका छन् । जनताले अमेरिकी साम्राज्यबादको खेल बुझ्न नसक्दा दलहरुले हार व्योहोर्नु परेको बताउंदै अमेरिकी डिजाइन जनताले बुझ्न नसक्दा यस्तो परिणाम आएको बताए ।

नेकपा मसाल केन्द्रिय कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले वर्तमान राजनीतक अवस्थाले देशलाई गम्भीर मोडमा पुराएको उल्लेख गर्दै भने – चुनावको परिणाम राजनीतिक इतिहांसकै सबै भन्दा गम्भीर र अवान्छित परिणाम हो ।
बरिष्ठ कम्युनिष्ट नेता सिंहले अहिलेको चुनावको परिणामलाई जनमत भन्न नमल्निे तर्क गर्दै प्रतिनिधि सभा निर्वाचन नेपालको आवश्यक्ता अनुसार नभएर अमेरिकी रणनीति अनुसार भएको दावी गरे । उनले अब बन्ने नयां सरकार पनि अमेरिकाको डिजाइनमा बन्ने दावी गर्दै उनले भने – संसद विघटनदेखि निर्वाचन सम्पन्न गर्दासम्मको सबै प्रकृयाहरु इोजनाबघ रुपमा भएको तर्क गरे ।
महामन्त्री सिंहले चैत २३ र २४ गते देशभर भएको आन्दोलनलाई मूलतः भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको जनअसन्तोषको अभिव्यक्ति भएको बताउंदै युवाहरूको स्वतःस्फूर्त सहभागिता रहेको जेनजी आन्दोलनलाई गैरजेनजी तत्वहरुले “हाइज्याक” गरेर अमेरिकी साम्राज्यवादको सेवामा प्रयोग गरिएको आरोप लगाए ।

जेनजी पुस्ताले उठाएका मागहरु ठिक भएपनि सही प्रकारको नेतृत्व नहुंदा र राजनीतिक विचारबिहिन आन्दोलन भएकाले अरुले फाइदा लिएर विध्वंस मच्चाएको नेता स्ंिहको भनाइ छ । नेता सिंहले एमसीसीजस्ता परियोजनामार्फत एसपीपी पास गराएर नेपालमा रणनीतिक प्रभाव बढाउने अमेरिकाको प्रयासलाई समयमा नै बुझेर असफल बनाउन सबै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताए ।
चैत २३ र २४ गते भएका हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति उनले आपत्ति जनाए । आन्दोलनका क्रममा सर्वसाधारणमाथि गोली प्रहार, आगजनी र तोडफोडजस्ता घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।
महामनत्री सिंहले नेपालका कम्युनिष्टहरु कम्युनिष्ट जस्ता नभएकाले कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए । नेकपा मसालले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता, पारदर्शिता र जनताको हित अनुसार राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
सोही पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनपछि नेपालको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको बताए । अध्यक्ष केसीले संसद, सिहंदरवार, सर्वोच्च अदालत, दलका कार्यालयहरु र अन्य थुप्रै भौतिक संरचना जलाउनेहरुको बोलाबोल बढेको बताउंदै यस्ता गलत काम गर्नेहरुको हातबाट देशलाई जोगाउनु पर्नेमा जोड दिए ।
एमसीसी पास गरेर अमेरिकालाई सहयोग गरेका कांगे्रस, एमाले र माओवादीहरुले एसपीपी पास गर्न नमानेकाले अमेरिकाको डिजाइनमा जेनजी आन्दोलन भड्काईएको अध्यक्ष केसीले दावी गरे ।
चुनावमा जनता झुक्कीएपनि जनताले ठिक बेठिक छुट्टाउने बताउंदे अब बन्ने नयां सरकारले देशलाई निकास दिन नसक्ने बताए ।
चुनावको हार जितमा आफ्नो पार्टीले विश्वास नगर्ने बताउंदे उनले भने – हामीले देशको हितमा जनताका मुद्दा उठाउंदै आउका छौ । अब पनि संघीयता खारेज गर्न र राष्ट्रियताको पक्षमा निरन्तर लागि पर्छौ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षता र नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।























