गृहमन्त्री गुरुङले बोलाए प्रहरी प्रमुखहरुलाई सिंहदरबारमा

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै महानिरीक्षकलाई गृहमन्त्रालयमा छलफलमा बोलाएका छन्। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल शनिबार साँझ सिंहदरबार पुगेका छन्।

साथसाथै नेपाल प्रहरीको कार्यविभागका एआईजी उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका छन्। प्रहरीका उच्च अधिकारीहरुसँग गृहमन्त्री सुदन गुरुङ छलफलमा बसेको गृह स्रोतले जानकारी दिएको छ।

शुक्रबार दिउँसो शपथ खाएका गृहमन्त्री गुरुङ शनिबार राति पनि प्रहरी प्रमुखद्वय कार्की र अर्यालसँग छलफल गरी शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गराएका थिए।