गृहमन्त्रीको राजीनामा माग्दै बुटवलमा प्रदर्शन


बुटवल, चैत १४ गते । केपी शर्मा ओलीको विनासर्त रिहाइ र गृहमन्त्रीको राजीनामा माग गर्दै बुटवलमा एमाले भातृसंगठनहरुले प्रर्दशन गरेका छन् । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रहरीले पक्राउ गरेको बिरोध गर्दै बिरोध प्रदर्शन गरिएको हो ।

बुटवलमा एमालेका भातृसंगन युवा संघ र अनेरास्ववियुका स्थानीय नेता तथा कार्यकर्ताले बुटवलमा पार्टी अध्यक्ष ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन्।
मिलनचोकमा एमाले कार्यकर्ताहरुले केही छिन सडकमा सरकारको बिरोध गर्दै गृहमन्त्री सुदन गुरुङविरुद्व नारावाजी गरेका थिए ।

युवा संघ रुपन्देही अध्यक्ष कृष्ण कुमाल, अनेरास्ववियु रुपन्देही अर्जुन गैरे लगायतले बोल्दै पार्टी अध्यक्षलाई विनासर्त रिहा नगरे आन्दोलन देशव्यापी बनाउने बताउंदै आन्दोलनको बलमा यो सरकारलाई हटाउने चेतावनी दिएका छन् ।























