बादलको अभिव्यक्तिप्रति विष्णुको आपत्ती, एमालेमा बिवाद

बुटवल, चैत १९ गते । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिले एमालेमा बिवाद उत्पन्न भएको छ । बिहीबार संसदमा संसदीय दलका नेता रामबहादुर थापाको अभिव्यक्ति एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालबाटै बिरोध गरेका छन् ।

थापाले प्रतिनिधिसभा बो७कमा बोल्दै जेनजी आन्दोलन र रास्वपामाथि कटाक्ष गरेका थिए । सोही अभिव्यक्तिप्रति उपाध्यक्ष पौडेलले आपत्ति जनाएका छन् । फेसबुकमा लेख्दै उपाध्यक्ष पौडेलले भनेका छन् – दलको नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् ।पौडेलले थापाको उक्त अभिव्यक्तिप्रति भोली शुक्रबारको केन्द्रीय समितिको बैठकमा छलफल र निर्णय हुने बताएका छन् ।

पार्टीको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने उपाध्यक्ष पौडेलले फेसबुकमा लेखेपछि एमालेमा थप बिवाद शुरु देखिन्छ ।
संसदीय दलको नेता रामबहादुर थापालाई चुनेपछि एमालेका थुप्रै नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुले सामाजिक सञ्जालहरुबाटै पार्टीको निर्णयको बिरोध गर्दै गालीका वर्षा निकालेका छन् ।

एमालेका कार्यकर्ताले महासचिव शंकर पोखरेलको पुत्लासमेत जलाएका थिए । अहिले एमालेमा ठूलो बिवाद शुरु भएको छ ।