असमान सन्धिहरु र एमसीसी खारेजी गर्नुपर्छ – हर्क


बुटवल, चैत १९ गते । असमान सन्धिहरु र देशमा एमसीसी परियोजनाको कुरो उठ्दासाथ तत्कालिन सांसद चित्रबहादुर केसी, दुर्गा, पौडल, पे्रम सुवाल लगायका केही सांसदहरुले संसदमा कडा बिरोध गर्दै खोरीको माग गरेका थिए ।
पछिल्लो नयां सरकार बनेपछिका नयां सांसद हर्क साम्पाङले पनि बिहीबारको संसदमा एमसीसीको बिरोध गर्दै खोरज गर्नुपर्ने माग गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले भने – विकासका नाममा गरिएका असमान सन्धिहरु र एमसीसी खारेज गर्नुपर्छ ।

बैठकमा समयमा शुरु नहुने विषयमा असन्तुष्टि जाहेर गर्दै तोकिएको समय भन्दा आज पनि बैठक १६ मिनेट ढिलो भएको र अबदेखि बैठक समयमै शुरु हुनुपर्ने माग गरेका छन् । उनले बैठकमा विपक्षी सांसदहरुलाई तोकिएको समयप्रति असन्तुष्टि जनाउदै जनताका विषय राख्न समय पाउनुपर्ने बताए ।
उनले डिस्कोर्डमा बनाइएको योजना, भदौ २३ गतेको आन्दोलनमा विद्यालयका बालबालिकालाई ड्रेसमा बोलाउने र आन्दोलनमा लगाउने, भदौ २४ को विध्वस्तको छानबिन गर्न आयोग गठन गर्न माग गरेका छ ।

अध्यक्ष साम्पाङले पूर्व मन्त्री र सांसदहरुको मात्र सम्पत्ति छानबिन गरेर नहुने बताउदै हालका प्रधानमन्त्री, मन्त्री र सांसदहरुकै सम्पत्ति छानबिन गरेर सुशासनको शुरुवात गर्नुपर्ने बताए । उनले किसानका समस्या समाधान नगरेसम्म देशको आर्थिक वृद्धि नहुने बताउदै योजना बनाउदा किसानलाई केन्द्रमा राख्न माग गरेका छन् ।
उनले संसदको पहिलो बैठकमै सरकारले विपक्षी दलहरुसँग छलफल गरेर योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।























