स्व. नेता चन्द्रबहादुर चन्दको स्मृतिमा देशभर श्रदाञ्जली सभा

आर्दश नेता ‘वीरजंग’को संक्षिप्त जीवनी

बुटवल, कार्तिक १० गते । विप्लव नेतृत्व नेपाल कम्युष्टिले पार्टीका नेता तथा केन्द्रिय सदस्य चन्दबहादुर चन्द बिरजंगको स्मृतिमा देशभर श्रदाञ्जली सभा गरेको छ । सोही पार्टी भित्रका असल, इमान्दार, सरल जनप्रीय नेताको रुपमा स्थापित नेता चन्दबहाद’रको गत असोज २० गते असमायिक निधन भएको थियो ।
क्रान्तिकारी स्प्रीट बोकेका नेता चन्दको निधनप्रति नेकपाले शोक व्यक्त गर्दै देशभर श्रदाञ्जली सभाहरुको आयोजना गरी नेता चन्दप्रति श्रदाञ्जली र घरपरिवारप्रति समवेदना प्रकट गरेको छ । श्रदाञ्जी सभा गर्ने क्रममा सो पार्टी तथा नेकपाले पश्चिम नवल परासी र नवलपुरमा पनि विशेष कार्यक्रमको आयोजना गरी श्रदाञ्जली अर्पण गरेको हो ।
चन्दबहादुर चन्द बिरजंगको असमायिक निधने सिङो कम्युष्ट आन्दोलनलाई क्षती पुगेको सो पार्टीका नवलपुर – नवलपरासी इन्चार्ज शरद ओलीले बताएका छन् ।
कम्युनिष्ट पार्टीको राज्यय व्यवस्था ल्याउन बिरजंगको पार्टी क्रान्तिमा पुराएको योगदानको उच्च मुल्याकंन हुने र बिरजंगका सपना र बाकी कार्यभारहरुलाई एकीकृत जनक्रान्ति मार्फत पुरा गर्ने नेता शरद ओलीले बताए ।
धिरज रानाको अध्यक्षता र प्रतापको सञ्चालनमा पश्चिम नवलपरासीमा आयोजीत श्रदाञ्जली सभामा स्थानीय नेता रामप्रीत, विद्यार्थी नेता विकल्व खत्री, स’नम ज्ञवालीले बोल्दै बिरगंजको निधनप्रति दुख व्यक्त गरेका छन् ।
त्यस्तै नवलपुरमा आयोजित श्रदाञ्जलस् सभामा पार्टीका नेता विश्वास, सित्तल, किसन गैरे, धनबहादुर कुमाल लगायतका नेताहरुले बोल्दै बिरगंजप्रति श्रदाञ्जली अर्पण गरेका थिए । क्रान्तिकारी स्प्रीट बोकेका नेता बिरगंजको गत असोज २० गते निधन भएको थियो ।

((((((((((
कम्युनिष्टका आर्दश नेता ‘वीरजंग’को संक्षिप्त जीवनी

बुवा चित्रबहादुर चन्द र आमा कुसमाया चन्द को जेष्ठ सुपुत्रको रुपमा ०१७ साल फागुन ७ गते रोल्पाको इरिबाङमा जन्मिनुभएका कमरेड वीरजङ्ग (चन्द्रबहादुर चन्द) एक स्थापित एवम् परिचित नाम हो । केवरी प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा लिनुभएका विरँजगले बालकल्याण मावि लिवाङमा माध्यामिक शिक्षा हासिल गर्नुभयो । राजकुमारी शाहँसँग बैबाहिक जीवनमा बाधिएका चन्दका हाल ९३ बर्षिय आमा, २ जना भाई ,२ दिदीहरु १ बहिनीहरु २ छोरा बुहारी छन् । उहाँहरु २०४५ सालमा सपरिवार कपिलवस्तुको शिवगढीमा बसाई सरी आउनुभएको हो । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् ।

राजनीतिक जीवन ः
माध्यामिक शिक्षा सुरु गरेसँगै राजनीतिक आबद्धता सुरुवात भएको देखिन्छ । सुरुमा अखिल छैठौंको जिल्ला सदस्य भई राजनीतिक प्रारम्भ गरेका विरजंगले आफ्नो अध्ययनपछि लगत्तै गाउँपञ्चायतको सचिव पदमा जागिर खाई सरकारी सेवासमेत गर्नुभएको थियो । २०४५ सालमा शिवगढी आएलगत्तै उहाँले एकता मसालको पार्टी सदस्यता लिई २०४६ सालमा पार्टीको जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो ।

२०३५÷३६ को विद्यार्थी आन्दोलनमा रोल्पाबाटै होमिएका विरजंग २०४६ सालको जनआन्दोलनमा कपिलवस्तुबाट भूमिका खेल्नुभएको थियो । विद्यार्थीकालमै पञ्चायती कालरात्रीका विरुद्ध राजनीतिक यात्राको थालनी गर्नुभएका कमरेड वीरजङ्ग नेकपा (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), नेकपा–माओवादी र नेकपाको पोलिटब्युरो सदस्य (हाल केन्द्रीय सदस्य) हुनुहुन्थ्यो २०४७ सालमा आफूले खाईरहेको गाविस सचिवको सुविधासम्पन्न जागीरबाट पूर्ण राजीनामा दिई पूर्णकालिन राजनीतीमा होमिनुभयो ।

२०४८ सालमा निर्वाचिन उपयोग गर्ने तत्कालिन नेकपा मसालको नीतिअनुरुप साविक शिवगढी गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित समेत भएका थिए । गाविस अध्यक्ष भएपछि पनि निरन्तर उत्पीडित जनता र वर्गको पक्षमा काम गर्दै जादा शोषक र सामन्त उहाँको निम्ती दुश्मन बनेर आए । त्यतिबेलैदेखी उहाँमाथि झुटा मुद्दा हाल्ने, गिरफ्तारी समेत गराउने प्रपञ्चकोसमेत डटेर सामना गर्नुभयो ।
क. विरजगँ २०५२ साल फागुन १ गतेदेखी शुरु भएको माओवादी सशस्त्र आन्दोलनका थालनीकर्तामध्येका एक हुनुन्थ्यो । सुरुमा कपिलवस्तु जिल्लामै रहेर भूमिगत जिवन विताएका विरजंगले २०५३ सालमा बाग्लुङ र म्याग्दीको जिम्मेवारी लिएर कपिलवस्तुवाट विदाई हुनुभएको थियो । बाग्लुङ म्याग्दीको सेक्रेटरी त्यसपछि इन्जार्च हुँदै जनमुक्ती सेनाको प्लाटुन कमिसार हुँदै बटालियन कमिसार भई जनयुद्धका महत्वपूर्ण मोर्चाहरुमा अग्रमोर्चामा खडा भई प्रत्यक्ष भाग लिनुभएको थियो । म्याग्दीको बेनी आक्रमणको क्रममा उहाँलाई गोली लाग्यो, तर जनमुक्ति सेना लगायत पार्टीका नेता कार्यकर्ताले उद्दार गरी निको भएपछी उहाँ पुन रुपन्देहीको इन्चार्जको जिम्मेवारी सम्हालेर पार्टी राजनीतिमा खट्नुभयो । शान्ती प्रक्रिया मार्फत तत्कालिन नेकपा माओवादीले हतियार विसाएपछि उहाँ कपिलवस्तुको इन्चार्ज रहनुभयो ।त्यसपछी मोहन बैद्यसँगै पार्टी पुनगर्ठनमा सक्रिय उहाँले दोस्रो पटक नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन भएपछि पनि नेकपाको केन्द्रीय सदस्य, लुम्बिनी व्यूरो इन्चार्ज, पोलिट्व्यूरो सदस्य हुँदै मध्यपश्चिम कमाण्डकै इन्चार्जको रुपमा काम गर्नुभयो । पार्टीमाथि प्रतिबन्ध पश्चात २०७६ सालमा बैठक बसिरहेको बेला दाङ्गबाट गिरफतार पर्नुभयो । १९ महिनासम्म जेल जीवनको क्रममा उच्च मनोबलका साथ क्रान्ती र देशप्रती इमान्दार रही जेलमोर्चामा समेत अब्ब्ल मानिनुभएका विरजंगलाई जेल हिरासतकै क्रममा विभिन्न झुटा मुद्दामा फसाउने, विभिन्न जिल्ला घुमाउने, अदालतबाट रिहा हुने र बाहिर गेटबाट फेरी पक्राउ पर्ने अनेकौं षडयन्त्रको सामना कमरेड विरजंगले गर्नुभयो ।त्यसैक्रममा उहाँ कोभिड १९ को महामारीबाट समेत संक्रमित हुनुभयो । सरकारले उहाँको उपचारमा वास्ता नगर्दा उहाँको स्वास्थ्य दैनन्दीन विग्रदै गईरहेको थियो । पार्टी र सरकारबीच भएको ३ बुँदे सहमतिपश्चात चितवन कारागारबाट उहाँ रिहाँ हुनुभयो । रिहा भएलगत्तै उपचारको लागी अनेकौ कोशिसहरु भए, नेपालका थुप्रै अस्पताल र भारतको म्याक्स अस्पतालसम्म उपचार भएपनि अन्नत उहाँको भौतिक शरिर गुमाउनु भयो । ६० बर्ष ७ महिना २१ दिन बाचेका विरजंगले एउटा किसान परिवारमा जन्मिएका विरजंगले आफूले उहाँको अदम्य शाहस,विचारप्रतीको निष्ठा, अनुशासनको दृढतापूर्वक पालन, पार्टीप्रती त्याग , तपस्या र बलिदानीभावले सधै मार्गदर्शक बनिरहे ।अलविदा कमरेड महान् जनयुद्धको येनान रोल्पामा जन्मिएर वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा श्रेष्ठ विचारयुक्त एवम् उदात्त भावनासहित होमिएको एक होनहार योद्धा, कुशल र दुर्लभ नेता हुनुहुन्थ्यो– कमरेड वीरजङ्ग ।
पन्चायतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा ०७८ असोज २० गते दुःखद् निधन भएको हो ।