एमाले रुपन्देही २ मा १० र ५ मा ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित


बुटवल, मंसिर १४ गते । आगमी मंसिरमा हुने एमालेको ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधीको लागि एमाले रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट गरिएको छ । प्रतिनिधि चयनमा सहमति नभएपछि निर्वाचन गर्नुपरेको एमालेका नेताहरुले बताएका छन् ।
रूपन्देही क्षेत्र क्षेत्र नं २ बाट ६०५१ संगठित सदस्यहरूबीच भएको मतदान प्रकक्रियाबाट १० जना उम्मेदवा बिजयी भएका छन्।
खुल्ला महिला र युवा गरी ३ वटा क्लस्टरमा बिभाजन गरीएको मतदानबाट खुल्लातर्फ बासुदेव घिमिरे गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई, कुमार थापा बिजयी भएका छन् । महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, बिमला श्रेष्ठ र युवातर्फ बालकृष्ण पाण्डे बिजयी भएको निर्वाचन समितिले जानकारी गराएको छ ।

१० जना प्रतिनिधि चयन हुने निर्वाचनका लागि २७ जनाले उम्मेदवारी दिएका थिए। त्यस्तै क्षेत्र नम्बर ५मा ६ जना चयन भएका छन् । 
भूगोलतर्फ चेतनारायण न्यौपाने, कृष्णप्रसाद घिमिरे, अब्दुल रहमान खां र खुल्लातर्फ हिमा बेल्वासे र विन्दु सिरिष निर्वाचित भएका छन् । युवा तर्फ लेखनाथ खनाल वियी भएका छन् ।























