रास्वपाले चितवनमा गर्यो खबरदारी सभा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ । सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका पार्टी सभापति रवि लामिछानेको बयान सकिएसँगै बिहीबार बिहानै पोखरा लगिएको विरोधमा रास्वपाले खबरदारी सभा गर्नुपरेको जनाएको छ ।

रास्वपाले लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारको विरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा खबरदारी सभा आयोजना गरेको जनाएको छ ।
सहकारी ठगीसहित चार वटा मुद्धामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याई प्रहरीले अनुसन्धान गरिरहेको हो । बिहीबार पोखरा पुर्याइएका उनलाई अब पर्सा समेत पुर्याइने छ ।
























