एम्सको पहिचान, टोपी दिवसमा रक्तदान


बुटवल, पुस १८ गते । नियमित शिक्षण शिकाईसंगै रचनात्मक कार्यक्रमलाई महत्व दिंदै आएको बुटवलको एम्स कलजले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने गरेको छ । विद्यार्थीका लागि पढाई मात्रै नभएर अतिरिक्त क्रियाकलापसंगै मानवीय सेवासंग जोडिएर रक्तदान कार्यक्रम आयोजना गरेका हो एम्स कलेज बुटवलले । 

एम्स कलेजले बुधबार शीरमा ढाकाटोपी लगाएर रक्तदान गरेको हो । कलेजले टोपी दिवसको अवसर पारेर यस वर्षपनि रक्तदान कार्यक्रम गरेको छ ।
स्कलर्स होम बोर्डिङ स्कुल, काउन्सिल अफ एम्सको सहकार्य र नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कलेजले आफ्नै परिसरमा रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय तथा अभिभावक, पत्रकार, समाजसेवी, जनप्रतिनिधहरुको सहभागिता रहेको थियो ।
ब्ुटवल उपमहानगारपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठको ्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।

रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठले रक्तदान कार्यक्रम उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले शिक्षण संस्थाहरुले समाजमा पुराएको योगदान उच्च रहेको बताउंदै एम्स कलेजले रक्तदान कार्यक्रम आयोजना गरेर मानवीय का गरेको बताए ।
विद्यार्थीलाई शिक्षासंगै सामाजिक कार्यमा अग्रसर गरार समाजप्रतिको दायित्वमा विद्यार्थीलाई अग्रसर गराउनुले सकरात्मक सन्देश दिएको भन्दै एम्सकलेजको कार्यप्रति प्रशंसा गरे ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले विद्यार्थीलाई रक्तदानमा सहभागिता गराएर कलेजले उक्तम काम गरेको बताउंदै रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । मानिसको शरिरमा प्रत्येक ३ महिनामा नयां रगत उत्पादन हुने भएकाले विद्यार्थीसंगै हरेक मानिसलाई रक्तदानमा कार्यक्रममा प्रेरित गर्नुपर्नेमा जोड दिए ।
कलेजका प्राचार्य दिपक ढकालले रक्तदान कार्यक्रमबारे जानकारी गराउंदै कलेजले टोपी दिवसलाई विशेष प्राथमिकता दिएकाले ब्राण्डको रुपमा पहिचान बनाउन सफल भएको बताए ।
विद्यालय प्राचार्य बाबुराम बन्जाडेले विद्यार्थीलाई नियमति बढाईसंगै अतिरिक्त क्रियाकलाप अन्तरगत रक्तदान, खेलकुंद, विभिन्न विषयमा प्रतियोगिता, सरसफाईलगायत थुप्रै विषयमा दक्ष बनाउने गरी कार्यक्रम आयोजना गर्ने गरिएको बताए ।
उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोहरि बश्याल, क्यासका निवर्तमान अध्यक्ष लक्षिता खनाल, क्यासका पूर्व अध्यक्ष ईसा भट्टराईले संस्कृति जर्गेनासंगै सामाजिक क्षेत्रमा कलेजले आफ्नै प्रकारको योगदान दिंदै आएको बताए ।
कार्यक्रमको अवसरमा कलेजबाट बिबिएसमा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रम संयोजक यज्ञ न्यौपानेले हरेक महिना कलेजले विभिन्न विद्यामा कार्यक्रमहरु गर्दै आएको र टोपी दिवसको अवसरमा यस वर्षपनि सदाका जस्तै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।























