बुटवलमा भारतीय पर्यटक ल्याउन सकिन्छ पर्यटन – व्यवसायी

बुटवल, माघ १ गते । देश विकासको आधार पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि तिनै तहका सरकार र सरोकारवाला निकायबीच सहकार्य हुनुपर्ने बुटवलमा अयोजित पर्यटन गोष्ठीमा बोल्ने वक्ताले बताएका छन् । उनीहरुले पर्यटन र पर्यटकको सम्भावित क्षेत्र बुटवल भएकाले बुटवललाई पर्यटकीय विश्राम स्थलको रुपमा विकास गर्न सकिने तर्क गरे ।

लुम्बिनीसंग जोडिएको बुटवल क्षेत्रमा रामापिथेकश र जीतगढी किल्ला लगायत अन्य थुप्रै पर्यटकीय स्थलहरु भएकाले बुटवल पर्यटकका लागि उक्त पर्यटन क्षेत्र रहेको बताए ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पुस २९ गतेदेखि बुटवलमा आयोजना गरेको खाना महोत्सव तथा माघी मेलाको अवसरमा मंगलबार आयोजित पर्यटन गोष्ठीमा बोल्ने वक्ताले पर्यटन क्षेत्रको विकास लागि दिर्घकालिन योजना बनाउन आवश्यक रहेको सुझाब दिए ।

बुटवलमा भारतीय पर्यटक ल्याउन सकिने भएकाले बुटवलदेखि भारतको दिल्लीसम्म पर्यटकीय बस सेवा सञ्चालन गरेर भारतीय पर्यटकलाई मुक्तिनाथसम्म पुराएर बुटवलमा बासा बसाल्न सकिने भएकाले ब्टवललाई पर्यटकीय विश्राम स्थलको रुपमा विकास गर्न सकिने उनीहरुको धारणा छ ।
आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले पर्यटन व्यवसायको अवसर, अवरोध र निकास विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि आआफ्ना धारण राख्दै पर्यटन तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले पर्यटनको विकासमा थोरी चुनौती धेरै अवसर भएको बताए ।
उनीहरुले बुटवल तथा समग्र रुपन्देही पर्यटनमा सम्भावना रहेको बताउंदै छिल्लो समय अवरोधका रुपमा वित्तिय चुनौतीहरु रहेकाले यस विषयमा तिनै तहका सरकारले गम्भीर हुन आग्रह गरे । पर्यटन रुट तयार गर्ने, बेलहिया नाकालाई आगन्तुकमैत्री बनाउने, नुवाकोट सांस्कृतिक डबली र जितगढी किल्लामा विशेष प्याकेज स्थानीयसंग समन्वय र सहकार्य गर्न जरुरी रहेको उनीहरुको भनाइ छ ।

उक्त पर्यटन पर्यटन गोष्ठिमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पर्यटनको विकासबाट बुटवलको आर्थिक विकास हुन सक्ने बताउंदै पर्यटन व्इवसायका समस्याप्रति स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्दता जनाइन ।
परापूर्व कालको झल्को स्मरण गराउने गरी बुटवललाई पर्यटकीयस्थल बनाउन सकिने बताउंदै उनले जीतगढी किल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने र तिलोत्तमा नदी किनारमा आरती केन्द्र बनाउने योजना रहेको सुनाइन ।

पर्यटन विकास परिषद् लुम्बिनीका निर्देशक रामु जोशीले लुम्बिनी पर्यटनको लागि प्राकृतिक रुपमा नै उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै बुटवल र समग्र रुपन्देहीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग पुराउने बताए ।
कार्यपत्रमाथि टिप्पणी युवराज कंडेलले नीजि क्षेत्र र सरकारबाट एकीकृत विकासको प्रष्ट योजना नहुंदा पर्यटन क्षेत्रको विकासले सोंचेजस्तो गतिलिन नसकेको तर्क गरे ।

बुटवलसंगै समग्र रुपन्देही ऐतिहांसिक रुपले पर्यटनको सम्भावित क्षेत्र रहेको उल्लेख गर्दै पर्यटन क्षेको सवल विकासका लागि मिडियाको तर्फबाट प्रचार प्रसार आवश्य रहेको सझाब दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन व्यवसायीका समस्या र पर्यटन क्षेत्रको विकासमा संघ संस्थागत रुपमा लागि परेको बताए ।
पर्यटकीय क्षेत्रको पहिचान, प्रवद्र्धन र विकासका लागि संघ सरकार र सरोकारवाला सबै निकायसंग सहकार्य गर्दै आएको आएको भविश्यमा पनि सहकार्य र समन्वय गर्ने अध्यक्ष भण्डारीले प्रतिवद्दता जनाए ।

पर्यटन उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमाकान्त पाण्डेले बुटवलको पर्यटनले ठूलो महत्व राख्न भएकाले सुस्ताएको बुटवललाई पर्यटनको माध्यमबाट चलायमान बनाउन सकिने बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका पूर्व अध्यक्ष माधव नेपाल, अध्यक्ष हिराध्वज शाह, लुम्बिनी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, संघका सल्लाहकार समुन्द्र जीसी, कुलचन्द्र पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, पत्रकार सुदिप भण्डारी लगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक रोमाकान्त पाण्डेयको अध्यक्षता र संघका महासचिव अर्जुन थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवलमा जारी खाना तथा माघेसक्रान्ति मेला भोली माघ २ गतेसम्म चल्ने छ । उक्त खाना महोत्सव तथा मेलामा ३ करोडको आर्थिक कारोवार हुने आयोजकहरुको अपेक्षा छ ।