धरौटीमा छुटे रवि

बुटवल, माघ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर सोमबार छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् रविले धरौटी रकम बुझाएको बताईएको छ ।

रविलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।