नेपालमा संघीयता असफल – नेता थापा

दाङ, माघ १३ गते । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संघीयता असफल प्रमाणित भैसकेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा गढवा गाउपालीका दाङ देउखुरीको आयोजनामा भएको अन्तरक्रियामा बोल्दै हिजो संघीयता ल्याउन बल गरेकाहरु नै संघीयताबाट पछि हटेको बताए ।

उनले संघीयताले उत्पन्न संकट र त्यस विरुद्धको राजधानी केन्द्रित आन्दोलनको प्रस्न विषयक अन्तरक्रियामा पार्टीको धारणा राख्दै आगामी चैत्र २४ गतेदेखि संघीयता रुपमा खारेजका लागि काठमाडौमा आन्दोलन केन्द्रित गरिएको बताए ।
राष्ट्रिय जनमोर्चाले संघीयताको स्थापनादेखि निरन्तर संघर्ष गरेको उल्ल्ेख गर्दै देश जातीय राज्यबाट जोगिएको र धेरै प्रदेश बन्नबाट रोकिएको तर्क गरे ।
उनले देश एक मधेस एक प्रदेशबाट जोगिएको, आत्मनिर्णयको अधिकारबाट जोगिएको हुनाले हामिले यसरी बहस र आन्दोलन गर्न सकेका उनले भने । संघीयता हामिले खारेज नगर्ने हो भने, संघीयताले देश खारेजको मुखमा पुराउने दाबी गरे ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले कार्यक्रमको विषय प्रवेश गराउदै बिश्वब्यापी रुपमा अपनाइएको संघीयताको सिद्धान्तसित नेपाली संघीयताको कुनै सैद्धान्तिक आधार नभएको हुनाले नेपालको हकमा संघीयता ब्याबहारीक र सैद्धान्तिक रुपमा गलत छ भने ।
नेता आचार्यले नेपालमा कुनै पनि आधारमा संघीयता ठिक नभएको चर्चा गर्दै आगमी चैत्र २४ देखिको आन्दोलन सफल हुने बिश्वास ब्यक्त गरे।
प्रदेशलाइ पाल्दा सम्पूर्ण राज्यकोष समाप्त भएको बताउंदै सरकार बिकाश उत्पादन र रोजगारीमा लगानि गर्न नसकेको कारण युबाहरुमा निराशा र पलायनको भाबनावृद्धि भएको बताए ।

पालिका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य लालबहादुर भण्डारी , जनता समाजबादी पार्टीका पालिका अध्यक्ष महबुब ओली, नागरिक समाज गढवा गाउंपालिका अध्यक्ष खगेस्वर शर्मा, दिनमणि आचार्यलगायतले बोल्दै संघीयता नेपालका लागि गलत सावित भैसकेको स्वीकार गरेका छन् ।