स्याङ्जालाई प्रतिपक्ष मुक्त जिल्ला बनाउने कांग्रेस र एमालेको सहमति


बुटवल, माघ २२ गते। सत्ता गठबन्धनमा रहेका मुलुकका दुई ठूला पार्टी कांगे्रस र एमालेले सबै ठाउंमा आफ्नो बर्चस्व कायम गर्न लाथेका छन् । गाउं टोलका गठन हुने आमा समूह, टोलविकास संस्थादेखि हरेक ठाउंमा आफ्नो कब्जामा ल्याएर सबै ठाउंको सत्ता चलाउने कांगे्रस र एमालेको रणनीति देखिन्छ । तीनै तहका सरकारदेखि स्थानीय तहका वडासम्म पनि प्रतिपक्षलाई वाइपास गरेर आफुहरु हाबी हुन लागेको कांग्रेस र एमालेको ब्यवहारले देखाएको छ ।

स्याङ्जाको एउटा घटनाले त्यसलाई थप पुष्टि गरेको छ । सत्तामा रहेका कांगेस र एमाले स्याङ्जाले ४ बुंदे सहमति गर्दै पालिकास्तरमासमेत सहकार्य गर्ने निर्णय गरेका छन् । योसंगै स्याङ्जा सत्ताको हिसाबले प्रतिपक्ष नभएको जिल्ला बनेको छ । कांगे्रस, एमाले कसैलाई पनि प्रतिपक्ष नस्वीकारने र आफ्नो सत्ता चलाउने दाउमा रहेको स्याङ्जाले पुष्टि गरेको हो ।
स्याङ्जाका सबै पालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टीका जनप्रतिनिधि सम्मिलित स्थानीय तहहरु देखिन्छन् । यसले पालिका तहमा दुई दलहरू सम्मिलित सबै खाले निर्णयहरु अनिवार्य सर्वसम्मत जस्तो देखिने गरेको पत्रकार प्रकाश डुम्रेले स्याङ्जामा सम्पन्न कांग्रेस, एमालेको बैठकसहितको फोटा र निर्णयका बुंदा उल्लेख गरेर फेसबुकमा पोष्ट गरेका छन् ।

स्याङ्जा कांगे्रस र एमालेको बैठकसहितको फोटा पोष्ट गर्दै पत्रकार प्रकाश डुम्रेले लेखेका छन् यद्यपि कतिपय इमानदार जनप्रतिनिधिले दुई दलीय सिण्डीकेटविरुद्ध आवाज उठाउने प्रयत्न गर्लान् आशावादी पनि बनौं । केही दिन अगाडि संघीय सांसदसमेत रहेका कांगे्रस जिल्ला सभापति राजु थापा र एमाले जिल्ला ईन्चार्जसमेत रहनु भएकी पुर्व मन्त्री सिता सुन्दास लगायतका दुई पार्टीका पदाधिकारी बसेर निम्न बिषयमा सहमति गरेका छन् ।
पालिका स्तरसम्म संयुुक्त सरकारको अवधारणा अनुरुप काम गर्ने, केही बिषयमा विवादास्पद बने पनि छलफल र समन्वय गरेर मिलाउने,जिल्ला स्थिति सामाजिक संघसंस्थामा दुई पार्टीले सल्लाह गरेर टुंगोमा पु¥याउने जस्ता लिखित सहमति गरेका छन् ।
सोही सहमति अनुसार अगिल्लो विवादास्पद बनेको स्याङ्जा रेडक्रस आज दुई दलिय सहमति अनुरुप टुंगिएको छ । आगलागी, बाढी पहिरो, अन्य विपत्तिमा पुतलीबजारबाट राङखोलासमेत नकटेका एकजना व्यापारी साथीहरूलाई रेडक्रस जस्तो स्वच्छ संस्थाको चाबी दुई दलले सुम्पेका छन,् भने अन्य पदाधिकारीमा पनि दलीय भागबन्डामा टुंगाईएको छ ।
रेडक्रस भन्दै दिनरात दुख गरेका,विपत्तिमा दगुरेका ईमानदार काङ्ग्रेस एमालेकै साथीहरू रेडक्रस नेतृत्वबाट पाखा लगाईएको छ । धीखोला अवैध दोहन र दलीय लडाइले अलपत्र परेका स्याङ्जाका दर्जनौं खानेपानी योजनाका बारेमा यो संयन्त्रको धारणा के हो ? समस्याग्रस्त सहकारीको बारेमा यो संयन्त्रको धारणा के हो ? समाधान कसरी गराउने योजना छ ? स्याङ्जामा ढुकुटीको नाममा करोडौं रकम अपचलन भएको छ ।
ढुकुटीमा यहीँ संयन्त्र निकट नेताहरू जोडिएका छन्,यसको समाधान कसरी गर्ने निति बनाउनु भएको छ? सिद्धार्थ राजमार्गको स्तरउन्नतीको बारेमा धनराज गुरुगं र पदमा अर्याल लगायतहरुले संयुक्त सरकार भएको बेला आउंदो असारको बजेटमा समावेश गर्ने बिषयमा एजेन्डा बनाएर स्याङ्जाको भबिस्य उज्यालो बनाउने बिषयमा पहल गर्न सकिन्छ कि सकिदैन ?
चुनावमा मतगणना गर्न वालिङ् नगरपालिकाको गेटमा हप्तौं दिनसम्म तान्डब नाच देखाउने साथीहरू अन्ततः जिल्ला,पालिका हुदै वडा तहसम्म संयुक्त संयन्त्र बनाएर अगाडि बढ्ने सहमति भएको छ ।
एकतालाई राम्रो मानिन्छ तर एकताले स्याङ्जाली जनताको मन र भावना समेट्न मद्दत पुगोस भन्दै पत्रकारप्रकाश डुम्रेले बधाई शुभकामना भनेका छन् ।























