प्राबिधिक कर्मचारी पेशाकर्मीहरुको प्रदेशस्तरीय भेला बुटवलमा

बुटवल, मंसिर ५ । लुम्बिनि प्रदेसको निजामति सेबाका विभिन्न प्राबिधिक सेवा समूहमा कार्यरत प्राबिधिक कर्मचारी पेशाकर्मीहरुको प्रदेशस्तरीय प्रथम भेला बुटवलमा भएको छ ।  भेला आयोजक समितिका संयोजक भिमार्जुन पाण्डेको अध्यक्षतामा शनिबार बुटवलमा प्रथम भेला सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष र कृषि बिकास निर्देसनालयका निर्देसक कृषि बिज्ञ एमनारायण देबकोटाले संयुक्त रुपमा गमलामा पानी सिंचित तथा पानसमा दीपप्रज्वलन गरि भेलाको उद्घाटन गरिएको थियो ।
भेलामा आयोजक समितिका सदस्य अनिल कुमार मरासिनिले अबधारणा पत्र प्रस्तुत, एम बहादुर केसीले बिधान मस्यौदा पत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अबधारण पत्र र बिधान मस्यौदा पत्र उपर छलफल गरी हाउसबाट पारित गरिएको लोकराज भुसालले जानकारी गराउनुभयो ।
उक्त प्रथम भेलामा लोकराज भुसालले प्रस्तुत गरेको समसामियिक ११ बुधे प्रस्ताव पनि भेलाबाट पारित गरी घोषणा गरिएको छ ।
भेलाले बिधान अनुसार भिमार्जुन पाण्डेको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति र ७ सदस्यिय सल्लाकार समिति सर्वसम्बत रुपमा चयन गरेको छ । भेलामा लुम्बिनि प्रदेसका करिब १५० निजामती प्राबिधिक पेशाकर्मीको सहभागिता रहेको थियो । लोकराज भुसालको सञ्चाल र नारायणदेव भट्टराइले स्वागत गर्नुभएको थियो ।