सिद्धार्थनगर नगरपालिकाले मनायो ५७ औं स्थपना दिवस

औद्योगिक र पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिन सुझाब

श्यामलाल पोखरेल
बुटवल, माघ २४ गते । रुपन्देहीको सिद्दार्थ नगरपालिका स्थापना भएको ५७ औं वर्ष पुगेको छ । वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो ।

सिद्दार्थ नगरपालिकाले आफ्नो स्थापना दिवस विशेष महत्वका साथ स्थानीय विदासमेत दिएर मनायो । नगपालिकाले स्थापना दिवसका अवसरमा भैरहवाको महेन्द्र सभागृहमा विशेष कार्यmमको आयोजना गरी स्थापाना दिवस मनाएको हो ।

उक्त स्थापना दिवस कार्यक्रममा बोल्ने सरोकावालाहरुले सिद्दार्थनगर नगरपालिका सम्भावित नगरपालिका भएकाले औद्योगिक पर्यटकीय नगरको रुपमा विकास गर्नका लागि सोही अनुसारका नीति चतथा कार्यक्रम ल्याउन सुझाब दिएका छन् ।
सिद्दार्थनगर नगरपालिका भित्रको क्षेत्र आफैमा औद्योगिक क्षेत्रको रुपमा विस्तार भएको र संगै अन्तर्राष्ट्यिस्थल लुम्बिनी, अन्र्तराष्ट्यि विकानस्थल र भारतसंग सीमा जोडिएकाले औद्योगिक र पर्यटकीय हवको रुपमा सजिलै विकास गर्न सकिने उनीहरुको तर्क छ ।

शिक्षा, स्वास्थ्यको क्षेत्रमापनि सिद्दार्थनगर अब्बल नै रहेकाले अहिलेको अबस्थाबाट अझै विकासको पथमा लैजान सही प्रकारका नीति तथा कार्यक्रम बनाउन तीनै तहका सरकारसंग माग गरे ।

कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाईंले दिर्घकालिन योजनाका साथ विकासका ायोजनाहरुलाई अघि बढाउन सुझाब दिए । नगरपालिकाले गरेका कामको प्रसंसा गर्दै उनले भने आर्थिक, सामाजिक र पर्यटकीय विकासमा बढी जोग दिन नगरपालिकालाई सुझाब दिए ।भारतसँग सीमा जोडिएका कारण पर्यटनको सम्भाबना रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले काम गर्न सकेमा सिद्दार्थनगर नमुना नगर बनाउन सकिने बताए ।

सिद्धार्थनगर प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरण तथा सरसफाई लगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम गरेकोा बताए । उनले आतरिक र बाह्य पर्यटकको आगमनलाई बढाउने गरी नगरलाई सफा र हराभरा बनाउने गरी काम भएको बताउंदै नीजि क्षेत्र र आमनगरबासीको भावनालाई कदर गरेर काम गरेको दाब गरे ।

भैरहवामा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रहेकाले पर्यटकको आउने सम्भावना रहेको उल्लेख गर्दै सीमा नजिकै रहेकाले भारतीय पर्यटक भित्राउने गरी सबै सरोकारवाला निकायसंग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्दता जनाए ।

बुटवल उपमहानगरपालिकाका प्रमुम खेलराज पाण्डेले जनताको भरोसा स्थानीय सरकारमाथि भएको बताउंदै नागरिकलाई छिटो छरितो सेवा प्रवाह गर्न आवश्यक रहेको बताए ।स्थानीय सरकारहरुले भौतिक, मानवीय र अन्य विकासले गर्दा जनताले विश्वास गरेको उल्लेख गदै उनले भने जनताको भरोसा र विश्वासलाई हामीले सम्मन गरेर काम गर्नुपर्छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद ढकालले सिद्धार्थनगर पर्यटनका लागि नै बनेको नगर भएकाले औद्यागिक क्षेत्र र पर्यटनको क्षेत्रलाई प्रमुख बनाएर काम गरे सिद्दार्थनगर नगरपालिका उत्कृष्ट नगर बन्ने बताए ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताउंदै काम अनुसार परिणाम देखिएको दाबी गरिन् ।नगरपालिकाको टिमवर्कका कारण धेरै राम्रा र सकारात्मक कामहरु गरिएको बताउंदै अपुरा रहेका केही कामक्रास गर्दै जाने बताइन ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्याल र कपिलवस्तु बाणगंगा नगरपालिका उपप्रमुख रिताकुमारी चौधरीले औद्यौगिक विकास र पर्यटनको विकासमा सिद्धार्थनगरसंग समन्वय र सहकार्य गेरर काम गर्न सकिनेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, पूर्व नगर प्रमुखहरु हरिप्रसाद अधिकारी र सागरप्रताप राणा, नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्रबहादुर थापा, प्राध्यापक डा.गितु गिरी, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेयले आमजनताको भावना अनुसार जनपक्षीय काम गरेर देखाउन सुझाब दिए ।

कार्यक्रममा सिद्दार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव, २ का छेदीलाल श्रीवास्तव, सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ संजाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले बोल्दै स्थानीय सरकारले जनताप्रति जबाफदेही भएर काम गर्नुपर्ने बताउंदै उनीहरुले भने जनताको आशाको केन्द्र विन्दु भनैकै स्थानीय सरकार हुन् ।

स्थापना दिवसको अवसरमा तीन पटक वा सो भन्दा बढी पटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरु भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दीलिपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।

प्रमुख प्रशसकीय अधिकृत जनक थापासहित विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका ासाथै समाजसेवीहरुलाईसमेत सम्मान गरिएको थियो ।नगरलाई सबै भन्दा बढी कर बुझाउने भैरहवा मेडिकल कलेज र व्यक्तिगततर्फ बढी कर बुझाउने गोमादेवी पौडेल उप्रेतीलाई सम्मान गरिएको प्रमुख प्रशासकयि अधिकृत जनक थापाले जानकारी गराए ।

स्थापना दिवसको मूल समारोह अघि भैरहवाका ४० बढी संघसंस्थाको सहभागितामा नगरपालिकाको कार्यालयदेखि महेन्द्र सभागृहसम्म प्रभातफेरि निकालिएको कर्मचारी प्रशासन महाशाखाका प्रमुख देव ज्ञवालीले जानकारी गराए ।

वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट स्थापना भएको हालको हालको नगरपालिका तत्कालीन श्री ५ को सरकारद्वारा १० हजार ७ जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट स्थापना गरिएको थियो ।

स्थापनाको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा माघ २२ गतेलाई स्थापना दिवसको रुपमा मनाउन थालिएको सिद्दार्थनगरका नगर प्रमुख प्रमुख इश्तियाक अहम्मद खाँले बताए ।

न्गरपालिकाले स्थापना दिवसको अवसरमा नगरपालिकाले क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।

स्थानीय जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट र महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त खेल प्रतियोगिताहरुमा उत्कृष्ट टिम तथा खेलाडीहरुलाई पुरस्कृत तथा सम्मनसमेत गरिएको थियो ।

नगर प्रमुख खाँद्दारा धन्यबाद ज्ञापन

बुटवल, माघ २४ गते । सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद दिएको छ ।
नगर प्रमुख ईस्तियाक अहमद खाँले बिज्ञप्ती जारी गरी स्थापना दिवस सफल पार्न सहयोग गर्ने, आमनगरबासी, प्रमुख अतिथि, विष्टि अतिथि, सबै कार्यक्रमहरुमा सहभागी र सहयोगी जनप्रतिनिधि, रजनीतिक दल, संघसस्था, शिक्षक, कर्मचारी, विद्यार्थी, बुद्धिजिवी, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज लगायत सबैलाई धन्यबाद ज्ञापन गरेका हुन् ।

‘नगरको बिकास र सुन्दरिकरणमा हातेमालो गर्न चाहानुहुने यहाँहरु जस्तै सकारात्मक सोचका धनीहरुको सहयोगले कार्यक्रम सफल भएको नगर प्रमुख खांले बताएका छन् ।
नगर प्रमुख खांले आगामि दिनहरुमा पनि आम नगरवासिबाटयसरी नै सहभागिता र रचनात्मक सुझावको आफुले अपेक्षा गरेको विज्ञप्तीमा उल्लेख छ ।

 मेयर आवास कार्यक्रम अनुसार घर बन्दै

बुटवल, माघ २४ गते । मेयर आवास कार्यक्रम अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निमार्ण गरिरहेको छ । चालु आर्थिक बर्षकोमा नगरपालिकाले उक्त कार्यक्रम अन्तरगत ७ परिवारको लागी घर निमार्ण गर्दै छ ।
सात परिवारका लागि ठेक्का सम्झौता अनुसार घर निमार्णको कामले तिव्रता पाएको नगरपालिकाका प्रमुख ईन्जिनियर साकार श्रेष्ठले जानकारी गराएका छन् ।
आवास कार्यक्रमका लागि लागि सिनापा १ को नौडिहवामा मुन सरिफ, रानिगाँउमा राम शेवक अहिर, वडा नं ४ को दोघारामा जगदिश पाण्डे, एरपोर्ट नजिक मुराली केवट, वडा नं ६ को दयापथमा किस्मत हरिजन, वडा नं ८ को बसडिलियमा घनश्याम कहाँर र वडा नं ११ को भुजौलीमा अयोध्या भुँईहारको लागि घर बन्दै छ । आउने चैत मसान्त भित्र घरहरु सम्पन्न गरी घर धनिलाई हस्तान्तरण गर्ने गरी काम भैरहेको छ ।
कुल ३७ लाख ६२ हजारको लागतकमा केटिएस बिल्डर प्रालीले निमार्णको काम गरिहेको छ । एकतले टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुम सहीत एक परिवारलाई बस्न मिल्ने सुविधा युक्त घर बनाएर घर धनिलाई हस्तान्तरण गर्ने नगरपालिकाको तयारी छ ।
मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक बर्ष सूचना प्रकासित गरी बिपन्न ब्यक्ती छनौट गर्ने गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खांनले बताए ।