शंकरनगर खानेपानीको अध्यक्षमा झविन्द्र भण्डारी, कांग्रेस, एमालेमा विवाद

बुटवल, माघ २४ गते । शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा विवादबीच चुनाब भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका झविन्द्र भण्डारीले ४४ मत ल्याएर निर्वाीचत भएका छन् । उनका प्रतिष्पर्दी एमालेकै रुद्र श्रेष्ठले ३१ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य बेलप्रसाद शर्माले जानकारी गराए ।

निर्वाचन समितिका सदस्य बेलप्रसाद शर्माका अनुसार उपाध्यक्षमा कांगे्रसका चन्द्रकान्त खनालले ४८ मत प्राप्त गरेर निर्वाीचत भएका छन् । उनका प्रतिष्पर्दी कांगे्रसकै महेन्द्र बस्नेतले ४४ मत ल्याए । त्यस्तै सचिवमा एमालेकी कमला ज्ञवाली र कोषाध्यक्षमा कांगे्रसका भिमलाल पौडेल निर्विरोध निर्वाीचत भएका छन् ।
आठवटा क्षेत्रगत संयोजक मध्ये ५ जना निर्विरोध निर्वाीचत भएका छन्, भने ३ वटा संयोजकहरु मतदान प्रकृयाबाट निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ५ को संयोजकमा मानबहादुर थापाले ८ मत ल्याएर निर्वाचित भएका छन्, भने उनका प्रतिपर्दी टिकाराम खनालले ७ मत ल्याएर उपविजेता बनेका छन् । क्षेत्र नम्बर ८ को संयोजकमा ८ मत ल्याएर राजेन्द्र घिमिरे निर्वाचित भएका छन्, भने उनका प्रतिपर्दी उमाकान्त सापकोटाले ४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्कर ६ को संयोजकमा माओवादी केन्द्रका शौरभ भुसालले ८ मत ल्यार निर्वाचित भएका छन्, भने उनका प्रतिष्पर्दी ज्ञानु आत्रेयलाई ५ मत परेको थियो। त्यस्तै क्षेत्र नम्बर १ को संयोजकमा एमालेका खिलबहादुर पौडेल, क्षेत्र नम्बर २ को संयोजकमा कांगे्रसका गोपाल थापा, क्षेत्र नम्बर ३ को संयोजकमा कांगे्रसका दुर्गबहादुर क्षेत्री क्षेत्र नम्बर ४ को संयोजकमा एमालेका पुष्करनाथ पन्त र क्षेत्र नम्बर ७ को संयोजकमा कांगे्रसका जनकलाल पाण्डेय निविरोध निर्वाचित भएका छन् ।

निर्वाचन प्रक्रियबाट निर्वाचित भएका क्षेत्र नम्बर ५ का संयोजक मानबहादुर थापा कांगे्रसका हुन् ।क्षेत्र नम्बर ६ संयोजक शौरभ भुसाल माओवादी केन्द्रका हुन, भने क्षेत्र नम्बरब ८ का संयोजक राजेन्द्र घिमिरे नेपाली कांगे्रसका हुन् ।
लेखा संयोजकमा कुलबहादुर भण्डारी र लेखा सदस्यमा सुरज थापा निर्विरोध निर्वाचित भएका छन्, भने कमल कुवंर केसीले निर्वाचनको पक्रियाबाट निर्र्वाचित भएको निर्वाचन समितिले बताएको छ ।

शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा कांगे्रस र एमालेले दलीय भागबण्डा गरेपनि दुवै पार्टीले गरेका निर्णयविरुद्द दुबै पार्टीबाट बागी उम्मेदवार बनेपछि खानेपानीको चुनाबले दुबै पार्टीमा विवाद उत्पन्न भएको थियो ।

अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी परेपछि कांगे्रेस र एमाले भित्र ठूलो विवाद भएको थियो । अहिले निर्वाचन सम्पन्न् भएपनि चुनावको मुखमा दुई पार्टीबाटै बागी उम्मेदवार उठेपछि दुबै दलभित्र रडाको मच्चिएको छ ।