मिडिया काउन्सिल विधेयक पारित

बुटवल, माघ २८ गते । राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरका हुन् ।

राष्ट्रिय सभाको अर्को बैठक आगमी फागुन ४ गते आइतबार बस्नेगरी स्थगित भएको छ ।